सोमवार, बैशाख ७, २०८३ | Monday 20th April 2026

विद्यालयलाई दुई थान कम्प्युटर हस्तान्तरण


सागर रिजाल
प्युठान,२ जेठ ।
नेपालि काग्रेसका नेता एवं राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर गोबिन्दराज पोख्रेलले प्युठान नगरपालिकाको दुर्गम क्षेुत्रमा रहेको शिद्ध माध्यामिक विद्यालय जुम्रीकाढालाई दुई थान कम्प्युटर हस्तान्त्रण गर्नु भएको छ ।
नगरपालिका क्षेत्रमै रहेको पुर्बाधारका हिसाबले कमजोर भएकाले उक्त विद्यालयलाई कम्प्युटर वितरण गरेको डा. पोख्रेलले जानकारी दिनुभयो । विपन्न समुदायका बालबालिकहरुकोे शिक्षाको लागि सहयोग पु¥याउने उदेश्यले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।
दुर्गम क्षेत्रमा रहेका विद्यालयलाई स्थानिय सरकारले समेत ध्यान पुर्याई सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । दुर्गम गाउमा रहेका बिद्यालयकोे बिकासका लागि निरन्तर रुपमा विभिन्न किसिमका सहयोगको योजना निर्माण गरी कार्यान्वयनको प्रयत्न गर्ने उहाँ बताउनुहुन्छ ।
हस्तान्त्रण कार्यक्रममा उपस्थित नेपाली काग्रेस प्युठानका सभापती अमर प्रसाद भण्डारीले नेपालि काग्रेसको नीति अनुसार विकासका हिसाबले पछाडी परेको दुर्गमका विद्यालयलाई पुर्बाधार सहयोग गर्ने रहेको बताउनुभयो । उहाँले भन्नुभयो,–‘यसै अनुसार जुम्रीकाढामा पनि वितरण गरिएको हो । ’
विद्यालयका प्रधानाध्यपाक नरबहादुर घर्तिले डाक्टर पोख्रेल नेपालकै एक बौद्धिक ब्यतmीत्व भएको बताउनुभयो । दुर्गम गाउँमा अध्ययन गरी अगाडी बढेको स्मरण गराउँदै विकासका लागि कुनै बाद , आग्रह पुर्बाग्रह नहेरी अघि बढेको बताउनुभयो । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष डोरबहादुर सुनारले पोख्रेलले दिएको कम्प्युटर मायाको चिनोको रुपमा राख्ने बताउनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top