आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

दाङवाङ स्वास्थ्य संस्थामा ‘ह्याप्पी वर्थ डे’ सञ्चयकोष स्थापना


सागर रिजाल
प्युठान,२९ बैशाख ।
ऐरावती गाउँपालिका वडा नंम्बर १ दाङ्बाङ स्वास्थ्य चौकीमा ह्याप्पी वर्थ डे सञ्चय कोष स्थापना गरिएको छ । स्वास्थ्य संस्थाको स्तरलाई माथी उठाउन र जन्मदिनको दिन अनावश्यक खर्चलाई रोकी सामाजिक कार्यमा लगानी गर्ने उदेश्यले उक्त सञ्चयकोष स्थापना गरिएको स्वास्थ्य चौकीकी अनमी लिलाकुमारी चन्द्रले जानकारी दिनुभयो । केहि समय पहिले दशौ ग्रामिण स्वास्थ्य कार्यकर्ताहरुको काठमान्डौमा भएको सम्मेलनमा यो विषयवस्तु उठेको र उक्त विषयबस्तुलाई आफ्नो स्वास्थ्यचौकीमा लाभदायी हुन्छ भन्ने हेतुले कोष स्थापना गरिएको उहाँले बताउनुभयो । स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी र स्वास्थ्य व्यवस्थापन समितिको बैठक बसी कोष स्थापना राख्ने प्रस्ताव राखे उहाँले भन्नुभयो,–‘प्रस्तावको स्वीकार गर्दै सबैको साथ पाएपछि कोष स्थापना भयो । ’


जिल्लामै पहिलो पटक यो कोषको स्थापना गरिएको छ । ऐरावती गाउँपालिकाको अत्यन्तै दुर्गम क्षेत्र दाङवाङमा स्थापना गरिएको कोषले यस क्षेत्रका जनतालाई प्रत्यक्ष फाईदा पुग्ने उहाँले बताउनुभयो ।
आईतबार जन्मदिनको अवसरमा दाङ्बाङ सामुदायिक इकाईका अहेब खेम राज आचार्यले ह्याप्पी वर्थ डे सञ्चयकोष स्थापना गर्नुभएको हो । उहाँले आफ्नो जन्मदिनको अवसरमा स्वास्थ्य संस्थालाई घडी उपहार दिनुभएको छ । आचार्यले आफनो स्वास्थ्य संस्थालाई माथि उठाउन र समाजमा सकारात्मक सोचको विकास गर्न आफ्नो जन्मदिनको अवसरपारी सञ्चयकोष स्थापना गरिएको जानकारी दिनुभयो । जन्मदिनमा कुनै सामाजिक कार्यमा लगानि गर्ने अभिप्रायले उक्तकार्य गरेको उहाँले बताउनुभयो । जन्म दिनको अवसरमा उपहार प्रदान गरिसञ्चय कोष को सुरु वात गर्ने आचार्यलाई स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, स्वास्थ्य व्यवस्थापन समितिका पदाधीकारीहरुले शुभकामना संगै बधाई दिनुभएको थियो । समाजमा आम नागरिक स्वास्थ्य सेवावाट बञ्चित नहुँनको लागि यस कोषले सहयोग पु¥याउने उहाँले बताउनुभयो । दुर्गमका क्षेत्रमा यो कार्यक्रम राम्रो छ, उहाँले भन्नुभयो,–‘यसलाई निरन्तरता दिनुपर्छ । ’

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top