शनिबार, बैशाख ८, २०८१ | Saturday 20th April 2024

गुल्मीको सिद्धबाबा माविमा भूकम्पमापन यन्त्र जडान


रमेश विश्वकर्मा

गुल्मी, गुल्मीमै पहिलो पटक सिद्धबाबा माविमा भूकम्पमापन यन्त्र जडान गरियो । जिल्लामै पहिलो पटक एक विद्यालयमा भूकम्पकमापन गर्ने यन्त्र ९सिस्मोमिटर० जडान गरिएको छ ।

स्विट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानको सहयोगमा जिल्लाको रेसुङ्गा नगरापलिका वडा नं। ८ मा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा भूकम्पकमापन गर्ने यन्त्र ९सिस्मोमिटर० जडान गरिएको हो । सिद्धबाबा माध्यमिक विद्यालय भूकम्पकमापन गर्ने यन्त्र ९सिस्मोमिटर० जडान गर्ने नेपालको १३ औ र जिल्लाको पहिलो बिद्यालय समेत रहेको छ । नेपालका विभिन्न २३ विद्यालयमा यो यन्त्र जडान गर्ने अभियान रहेको स्विट्जरल्याण्डको लुजान विश्व विद्यालयमा नेपालमा भूकम्पको जोखिम विषयमा विद्यावारिधी गरिरहेका नेपाली वैज्ञानिक शिव सुवेदीले जानकारी दिए । यो यन्त्रले नेपालदेखि विदेशसम्मका एक म्याग्निच्युड भन्दा माथिका सबै भूकम्प मापन गरी त्यसको विवरण सुरक्षित राख्ने गर्दछ । शुक्रबार रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले एक कार्यक्रमका विच उक्त भूकम्पकमापन गर्ने यन्त्र ९सिस्मोमिटर० को उद्घाटन गरेका हुन । उद्घाटन गर्दै नगरप्रमुख भुसालले भने–“यो विद्यालय आफैमा नमूना विद्यालय हो । यस विद्यालयले पछिल्लो समयमा प्राविधिक शिक्षामा पनि विशेष जोड दिएको छ । यो उपकरणले सिद्धबाबालाई मात्रै नभएर भुकम्पको अवस्था, अध्ययन र जोखिमका बिषयमा सवैलाई फाइदा पुग्ने छ ।”

स्विट्जरल्याण्डको लुजान विश्व विद्यालयमा नेपालमा भूकम्पको जोखिम विषयमा विद्यावारिधी गरिरहेका नेपाली वैज्ञानिक सुवेदीको विद्यालयमा भूकम्पकमापन गर्ने यन्त्र ९सिस्मोमिटर० जडान गरिएको बिद्यालयका प्रचार्य डोर बिक्रम श्रीसले जानकारी गराए । केहि दिन अघि स्विट्जरल्याण्डको युनिभर्सिटी अफ लोजानले पोखरामा उपकरणको बिषयमा बिद्यालयमा तीन जना शिक्षकलाई पोखरामा तालिम समेत प्रदान गरेको शिक्षक टीका खड्काले बताए । उनले बिस्तारै सवै बिद्यार्थीलाई यो बिषयमा अध्ययन गराउने बताए । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख भुसाल, जनप्रतिनिधी, बिद्यालय व्यावस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी लगायतलाई भूकम्पकमापन गर्ने यन्त्र ९सिस्मोमिटर० को प्रयोग र यसको महत्वको बारेमा सुवेदीले जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top