आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

एकल लगानीमा होमपाईप उद्योग सञ्चालन


प्युठान,१२ बैशाख ।
स्वर्गद्धारी नगरपालिका–९ लामाचौरका पूर्णप्रसाद कालाथोकी ३९ वर्ष पुगे । उनले पि डी. मल्टिप्रपोज प्राली नामक कम्पनीबाट माण्डवी गाउँपालिका–३ देविस्थानमा एकल लगानीमा होमपाईप उद्योग सञ्चालनमा ल्याएका छन् । ०७५ माघ महिनादेखि होमपाईप उत्पादन गर्न थालिएको कालाथोकीले जानकारी दिए । लामो समयदेखि कपडा पसल गरेका कालाथोकीले जिल्लामै नयाँ व्यवसायका रुपमा होमपाईप उत्पादन गर्ने व्यवसाय सञ्चालनमा ल्याएको बताए । ‘सानै देखि व्यवसाय गर्ने सोँच बनाई अगाडी वढेको थिए, सबैले जे देख्यो त्यही व्यवसायमा हात हाल्नुहुन्छ, उनले भने,–‘मैले जिल्लामै नयाँ व्यवसाय सञ्चालन गरेको छु । ’ एक वर्ष भन्दा वढी नेपालका कैयौ जिल्लाहरुमा व्यवसायिक अवलोकन गरि जिल्ला फर्किएका कालाथोकीले बर्तमान परिस्थीतीअनुसार विकास निमार्णको लागि पहाडी क्षेत्रमा अत्यन्तै आवश्यक पर्ने होमपाईप बाहिरी जिल्लाबाट ल्याएको देख्दा आफुलेनै जिल्लामा उद्योग सञ्चालन गर्नुपर्छ भन्ने मनस्थिती बनाएर उद्योग सञ्चालनमा ल्याएको बताए । उनले भने,–‘यो उद्योगले विकास निमार्णका कामलाई सघाउ पुर्याउने छ । ’
२ करोड लगानीमा उद्योग सञ्चालन
कालाथोकीले हाँल १३ रोपनी जग्गामा उद्योग सञ्चालन गरेका छन् । जग्गाको कमि भएकाले अझै थपी २० रोपनी पुर्याउने लक्ष्य कालाथोकीले लिएका छन् । बैंक तथा वित्तिय संस्थाबाट ऋण लिई २ करोड लगानीमा सञ्चालन गरिएको उद्योगलाई पूर्ण रुपमा सञ्चालन गर्न थप ३ करोड लगानी लगाउनुपर्ने उनले बताए । मुख्य सड्कदेखी उद्योग सञ्चालन क्षेत्रसम्म करिब १ किलोमिटर सड्क समेत आफैले निमार्ण गरेको बताए ।


१ दर्जन यूवाहरुलाई रोजगारी
कालाथोकीले आफुले सञ्चालनमा ल्याएको उद्योगमा एक दर्जन यूवालाई रोजगारी दिएका छन् । उद्योगमा कच्चा पदार्थ संकलन, होमपाईप उत्पादन, ड्राईभर गरि एक दर्जन यूवालाई रोजगारी दिएको उनले बताए । उनले भने,–‘आगामी पाँच वर्ष भित्रमा करिब ५ सय जना यूवाहरुलाई जिल्लामै रोजगारी दिलाउनका लागि उद्योगको क्षमता वढाउने योजना लिएको छु । ’ उद्योगमा दैनिक ८ वटा होमपाईप उत्पादन हुन्छन् । उद्योगमा उत्पादन गरिएको होमपाईप जिल्ला संगै रोल्पा, अर्घाखाँची, गुल्मी, दाङ लगाएतका क्षेत्रमा खपत हुने गरेको उनले बताए ।
हाँलसम्म उनले ३० लाख बराबरको होमपाईप विक्रि गरेको जानकारी दिए । अहिले उनको उद्योगमा झण्डै १ करोड बराबरको उत्पादन भएको होमपाईप स्टग रहेको उनले बताए । यो वर्ष प्रचार प्रसारको कम भएकोले, बाहिरी जिल्लाबाट कतिपय व्यवसायीहरुले ल्याईदिदा आफुले उत्पादन गरेको होमपाईप विक्रि नभएको बताए । उनले भन्छन्,–‘आफुले उत्पादन गरेको होमपाईप प्युठान जिल्ला संगै आसपासमा सौलिएत दरमा उपलब्ध गराउने र ५० किलोमिटरसम्मको ढुवानी निशुल्क गरिदिने व्यवस्था गरेको छु । ’
उद्योग सञ्चालनमा सहयोग पाईन्
कालाथोकीले उद्योग सञ्चालनमा कसैको साथ सहयोग नपाएको गुनासो गरे । उद्योग सञ्चालनका निम्ती सड्क निर्माण देखि विद्युत जडानसम्म निकै अफ्ठेरो परेको उनले जानकारी दिए । हाँल उद्योग विद्युत प्राधिकरण प्युठानले समयमा विद्युत जडान तथा ट्रासमिटर उपलब्ध नगराउँदा जेनेरेटरबाट सञ्चालन गरिएको छ । पटक पटक प्राधिकरणमा धाउँदा प्रक्रिया नपुगेको भन्दै फर्काएको कालाथोकीले गुनासो पोखे । उनले भने,–‘दैनिक एक हजार ५ सय देखी २ हजार सम्म जेनेरेटर सञ्चालनमा खर्च आउँछ । ’ कालाथोकी उद्योग सञ्चालन संगै कृषि तथा विभिन्न सामाजिक क्षेत्रमा आवद्ध रहेको बताए ।

#नयाँ पत्रिका दैनिकमा सागर रिजालले यो खबर लेख्नुभएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top