आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

१ वर्षमा ३ लाख ५० हजार वढी दर्शनार्थी पुगे स्वर्गद्धारीमा


सागर रिजाल
प्युठान,७ बैशाख ।
नेपालको सात धाम मध्य एक तथा पश्चिम नेपालको ऐतिहासिक तथा पर्यटकीय धार्मिक तीर्थस्थल स्वर्गद्वारी हो । जुन प्युठानमा पर्छ । स्वर्गद्धारीमा केहि वर्ष दर्शनार्थीहरु वढेका छन् । ०७५ साल भरिमा ३ लाख ५० हजार भन्दा वढी दर्शनार्थीहरुले स्वर्गद्धारी दर्शन गरेको इलाका प्रहरी कार्यालय स्वर्गद्धारीका प्रहरी नायव निरिक्षक हरि बहादुर बस्नेतले जानकारी दिनुभयो । अगिल्ला वर्षहरुमा भन्दा ०७५ सालमा दर्शनार्थीहरु वढेको उहाँले बताउनुभयो । नयाँ वर्ष २०७६ सालमा पनि दर्शनार्थीहरु वढ्ने आंकलन गरेको उहाँले बताउनुभयो । वैशाख १ गते २ हजार भन्दा वढी दर्शनार्थी आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘बैशाख पहिला हप्ता सकिदा सम्म ४ हजार ५ सय वढी दर्शनार्थी स्वर्गद्धारी आईपुग्नुभयो । ’
स्वर्गद्धारीमा वैशाखे पूर्णिमामा ठूलो मेला लाग्दछ । यस वर्षको वैशाखे पूर्णिमा जेठ ४ गते परेको छ । यो दिन दर्शनार्थीको भिड लाग्ने गर्दछ । यो दिन ८ देखी १० हजार दर्शनार्थी स्वर्गद्धारी दर्शन गर्न आउने स्वर्गद्धारी आश्रमका सहायक कोठारी बाबुराम न्यौपानेले जानकारी दिनुभयो । बैशाखे पूर्णिमा संगै रामनवमी, शिवरात्री, गूरु पूर्णिमा संगै साउन र पुष महिनामा दर्शनार्थीको भिड हुने उहाँले बताउनुभयो ।
सड्क डिभिजन कार्यालय प्युठानले स्वर्गद्धारी जाने दर्शकको मध्यनजर गर्दै सड्क स्तरउन्नती गरेको छ । सड्क चौडा वनाउने, सरसफाई बनाउने, नाली खन्ने कार्य ईन्जीनियर मिनराज तामाङले जानकारी दिनुभयो । यस आर्थिक वर्षको असार सम्ममा २ किलोमिटर सड्क कालोपत्रे गरिने उनले बताए । सड्क संगै प्रचारप्रसारले पनि स्वर्गद्धारीमा दर्शनार्थी वढेको सहायक कोठरी न्यौपानेले जानकारी दिनुभयो । धरमपानी देखी स्वर्गद्धारी मन्दिर पुग्नका लागि सिडी समेत राखिएकाले पनि दर्शनार्थीलाई सहयोग भएको उहाँले बताउनुभयो ।

आश्रम चलाउन भेटिकै भर
स्वर्गद्वारी आश्रम भेटीकै भरमा चलेको छ । आश्रमका लागि अहिले भक्तजनको दानदक्षिणा एकमात्र श्रोत बनेको छ । दैनिक पुज सामाग्री,यज्ञका लागि आवश्यक सामाग्री, गाई खर्च, कर्मचारी तलब, विद्यार्थी खर्च भेटिकै भरमा चलेको आश्रमका सहायक कोठारी न्यौपानेले जानकारी दिनुभयो ।
एक सय ५० जना कर्मचारी, एक सय विद्यार्थी र तीन सय ५० गाईका लागि हुने खर्चको प्रमुख श्रोत भेटि भएको उहाँले बताउनुभयो । हिन्दु धर्मअनुसार गरिने पुजाहरु यहाँ गरिन्छ । विहान ५ बजेदेखी २ बजेदेखी र साझ ५ बजेदेखी राती ११ बजेसम्म पुजा हुने उनले जानकारी गराए । पुजा आजा संगै दर्शनार्थीहरुले चढाएको भेटीनै स्वर्गद्धारी आश्रमको प्रमुख श्रोत भएको उहाँले बताउनुभयो । ईण्डीयनहरु आउँदा आश्रममा भेटि वढी हुने उहाँले बताउनुभयो । दानपत्र ६÷६ महिनामा खोलिन्छ, उहाँले भन्नुभयो, –‘०७५ पुषमा खोल्दा ८३ लाख रुपिँया संकलन भएको थियो । ’
प्रमुख आकर्षण यज्ञकुण्ड
स्वर्गद्धारी मन्दिरमा वेदमन्त्रद्वारा प्रकट गरिएको अग्निद्वारा सञ्चालित यज्ञकुण्ड यस स्थानको प्रमुख आर्कषण हो । उक्त यज्ञकुण्ड वि.स.१९५२ सालदेखि हाल सम्म पनि निरन्तर बलिरहेको छ । आश्रममा रहेको यज्ञकुण्डलाई व्यवस्थित बनाउन लागिएको छ । नेपाल सरकार पूरातत्व विभागको ५ करोड सहयोगमा यज्ञकुण्डको काम शुरु गरिएको सहायक कोठारी न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार २ वर्षमा यसको निमार्ण कार्य सकिने छ ।
स्वर्गद्धारी कसरी पुगिन्छ ?
स्वर्गद्वारीमा पुग्नका लागि दुई सडक छन् । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत दाङको भालुवाङबाट प्युठानको भिंगृ हुँदै र दाङको घोराही हुँदै होलेरी सडकबाट यहाँ पुग्न सकिन्छ । भालुवाङबाट करिब ५५ किलोमिटर पक्की सडक हुँदै स्वर्गद्वारीको आधार शिविर भिग्री पुग्नुपर्दछ र भिंगृबाट साढे १३ किलोमिटर उकालो कच्चीसडक पार गरेपछि धरमपानी बजार पुगिन्छ। धरमपानीबाट झन्डै डेढ किलोमिटर सिँढीबाट चढेपछि तिर्थस्थल स्वर्गद्धारी पुगिन्छ । त्यस्तै दाङको घोराही देखी ५५ किलोमिटर पार गरेपछि धरमपानी आईन्छ ।
धरमपानी झरेपछि लगभग १५ मिनेट पैदल हिडेपछि स्वर्गद्धारी पुगिन्छ । हिड्न नसक्नेहरु शुल्क तिरेर घोडा मार्फत पनि स्वर्गद्धारी जान सक्दछन् ।
धर्मशालाको अभाव
स्वर्गद्धारी आश्रममा आउने दर्शनार्थी बस्नको लागि धर्मशालाको अभाव छ । भएको धर्मशाला पनि सानो भएकाले दर्शनार्थी राख्न समस्या भएको सहायक कोठारी न्यौपानेले बताउनुभयो । हाँलको धर्मशालामा ३ सय भन्दा वढी दर्शनार्थी अटाएपनि सबै अटाउन नसक्ने उहाँले बताउनुभयो । धरमपानीमा ०७२ सालदेखी शुरु भएको धर्मशाला बन्न नसक्दा समस्या भएको उहाँले बताउनुभयो । जिल्ला विकास समितिको ६ करोडको लागतमा बन्ने भनिएको धर्मशालाको भवन राज्यपूर्नसंरचना पछि बजेट नआएर रोकिएको उहाँले बताउनुभयो ।
धर्मशाला संगै सड्क कालोपत्रे र खानेपानीको समस्या रहेको सहायक कोठारी न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो,–‘यी आवश्यकता परिपूर्ति हुने हो भने दर्शनार्थी वढने थिए । ’

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top