आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

अबैध रुपमा सञ्चालनमा आएको उद्योगमा नदिजन्य पदार्थको जिल्ला स्तरिय अनुगमन तथा समन्वय समितीको ताला


सागर रिजाल
प्युठान,२१ चैत ।
नदिजन्य पदार्थको जिल्ला स्तरिय अनुगमन तथा समन्वय समितले अबैध रुपमा सञ्चालनमा आएको उद्योगमा ताला लगाएको छ । जिल्लाको माण्डवी गाउँपालिका –५ चेरनेटा झिमरुक किनारमा सञ्चालनमा रहेको स्वर्गद्धारी एग्रीगेट उद्योगमा बुधवार ताला लगाईएको हो ।
बालुवा प्रशोधन गरि बिक्रीवितरण गर्ने अनुमति लिएपनि क्रसर उद्योग सञ्चालनमा आएको भद्यनै ताला लगाईएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले बताए । उद्योगको आइए समेत नगरिएको उनले बताए । प्रक्रिया पूरा नगरि संचालन गरेको र अनुमति नै नलिकन क्रसर समेत उत्पादन तथा बिक्री बितरण गरेको पाइएकोले क्रसर उद्योगमा ताला लगाईएको प्रजिअ गैहृेले जानकारी दिए ।
२ वर्ष अगि देखी उद्योग सञ्चालन
उक्त ठाउँमा ०७३ साल असारबाट उद्योग सञ्चालनमा आएको हो । हाँलसम्म कोही अनुगमनमा आउनुभएको थिएन उद्योगका सेयरहोल्डर भोजबहादुर बस्नेतले भने,–‘एक्कासी अनुगमनमा आउनुभएको समुहले सुझावनै नदिई मुचुल्का उठाएर ताला लगाईदिनुभयो । ’ ७ जना सेयरहोल्डरबाट खोलीएको उक्त कम्पनीमा हाँल २ जना थपिएर ९ जना सेयरहोल्डर रहेको उनले जानकारी दिए ।
स्थानिय निकायको कानुन अनुसार माण्डवी गाउँपालिकामा दर्ता गरि उद्योग सञ्चालन गरेको सेयर होल्डर बस्नेतले बताए । गाउँपालिकामा ढुङ्गा, गिट्टी, प्रशोधधनका लागि अधिकार लिएका छौ ,बस्नेतले भने,–‘आई ई ए नगरेको भन्दै उद्योगमा ताला लगाईदिनुभयो । ’
३ करोड पूजीँ राखेर उद्योग सञ्चालन
तीन करोड पूजीँ राखेर उद्योग सञ्चालन गरिएको सेयरहोल्डर बस्नेतले बताए । बालुवा, गिट्टी, ढुङ्गा उत्खननका लागि मेसीन औजार, गाडीहरु खरिद गरेको उनले जानकारी गराए । बस्नेतले आफुहरुले सञ्चालनमा ल्याएको उद्योगमा २५ जना व्यक्तिलाई रोजगारी दिएको समेत बताए । स्थानिय संगै बाहिर जिल्लाकालाई समेत रोजगारी गरेको उनको भनाई छ ।
समितिको अनुगमन कार्य तिव्रता
जिल्लामा गठित नदिजन्य पदार्थको अनुगमन तथा समन्वय समितले अबैध रुपमा हुने नदिजन्य पदार्थमा कडाई गरेको छ ।
पहिलो चरणको अनुगमन कार्यक्रम अन्त्रगत बुधबार स्वर्गद्वारी नगरपालिका,सरुमारानी गाउँपालिका र मान्डवी गाउँपालिका अन्र्तगत पर्ने विभिन्न घाटगद्दी र क्रस उधोगहरुमा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी गैहृेले जानकारी दिए । जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यको नेतृत्वमा अनुगमन गरिएको उनले बताए ।
जिल्लामा अबैध रुपमा नदिजन्य पदार्थहरु चोरी निकासी हुनसक्ने भन्दै अनुगमन कार्यलाई तिब्रता दिईएको जिल्ला समन्वय समिति प्रमुख केशवराज आचार्यले जानकारी दिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top