शनिबार, भदौ २०, २०८३ | Saturday 5th September 2026

पार्टी एकता तथा विशाल जनसभा कार्यक्रमलाई सम्बोधन गर्न केपी र प्रचण्ड प्युठान आउँदै


सागर रिजाल
प्युठान,२१ चैत ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्युठान आउने भएका छन् । यहि वैशाख १४ गते नेकपा जिल्ला कमिटीले आयोजना गरेको पार्टी एकता विशाल जनसभा कार्यक्रमलाई सम्बोधन गर्न केपी प्रचण्ड प्युठान आउँन लागेका नेकपा प्युठानका नेता कृष्ण अधिकारी (प्रकाश) ले जानकारी दिनुभयो ।
जिल्लाको स्वर्गद्धारी क्याम्पस पुण्यखोलामा हुने कार्यक्रममा केपी प्रचण्ड संगै केन्द्रिय सचिवालय सदस्य बामदेव गौतम, स्थायी कमिटी सदस्य, पाँच नम्बर प्रदेश ईन्चार्ज तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल , स्थायी कमिटी सदस्य मणी थापा लगाएतका नेता प्युठान आउने नेता अधिकारीले जानकारी गराउनुभयो ।
केन्द्रिय स्तरका नेताहरु आउने कार्यक्रमका लागि जिल्लाका ९ वटै स्थानिय तहमा पार्टीको बैठक, ६४ वटै वडामा पार्टीको बैठक सम्पन्न भईसकेको अधिकारीले बताउनुभयो । त्यस्तै यूवा तथा जनवर्गीय संगठनको जिल्ला स्तरिय बैठक समेत सम्पन्न भएको उहाँले बताउनुभयो । कार्यक्रमका लागि मुल समारोह समिति, उपसमिति निमार्ण गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा जिल्लाका महत्वपूर्ण विकास निर्माणको बारेमा समेत सम्बोधन गरिने नेता अधिकारीले बताउनुभयो । न्युनतम ३० हजार कार्यकर्ताको उपस्थितीमा यो कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top