आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

झिमरुकका किसानलाई अनुदानमा मौरीको घार वितरण


सागर रिजाल
प्युठान
झिमरुक गाउँपालिकाले किसानलाई मौरीको घार बितरण गरेको छ । गाउँपालिकाका मौरीपालक कृषकलाई प्रोत्साहन गर्न तथा महमा आत्मनिर्भर गर्न आधुनिक मौरीको घार बितरण गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको एक लाख र कृषक र सहकारीको एक लाख गरी दुई लाख रुपैयामा मौरीघार बितरण गरीएको गाउँपालिकाका सुचना अधिकारी निमप्रसाद भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो,–‘व्यवसायिक मौरीपालक कृषकलाई ५० प्रतिशत अनुदानमा घार बितरण गरेका हौँ । ’
झिमरुक गाउँपालिकाको ५० प्रतिशत अनुदानमा ४५ वटा आधुनिक मौरीघार बितरण गरेको हो । गाउँपालिका मौरीपालनका लागी उपयूक्त बातावरण भएकोले यस क्षेत्रमा मौरीपालन गर्न ईच्छुक भएको ले घार वितरण गरिएको गाउँपालिकाका कृषि शाखाका प्रमुख टेक बहादुर विश्वकर्माले बताउनुभयो । झिमरुकभित्र परम्परागत रुपमा मौरीपाल्दै आएको र ब्यवसायिक रुपमा मौरी पालन् गर्न चाहाने कृषक,सहकारी र कृषि फर्मका लागी अनुदानमा घार दिएको उहाँले बताउनुभयो । उहाँका अनुसार ३० वटा प्रगतिशील कृषि सहकारी सस्था लिमिटेड, १० वटा प्रसंसा मिलिजुली कृषि फर्म र ५ वटा मौरी घार कृषकलाई बितरण गरिएको हो ।
कृषि समुहलाई हाते ट्याक्टर बितरण
झिमरुक गाउपालिकाले कृषि क्षेत्रमा आधुनिकीकरण गर्न ५० प्रतिशत अनुदानमा गाउपालिकाका ५ वटा कृषि समुहलाई हाते ट्याक्टर बितरण गरिएको छ । गाउँपालिकाको २ लाख २० हजार र कृषि समुहको ५० प्रतिशत गरी ४ लाख ४० हजारको लागतमा हाते ट्याक्टर बितरण गरिएको झिमरुक गाउँपालिकाले जनाएको छ ।
आधुनिक तरिकावाट कृषि गर्ने उद्धेश्यले कृषि समुहलाई हाते ट्याक्टर बितरण गरिएको हो । गाउँपालिकाका जीसी कृषि फर्म, नवनिर्मित कृषि महिला समुह,सिर्जनशील बहुउद्धेशीय कृषि समुह,आत्मनिर्भर महिला कृषि समुह र सिद्धेश्वरी तरकारी उतपादन समुह गरी पाच वटा कृषि समुहलाई ५० प्रतिशत अनुदानमा १÷१ थान हाते ट्याक्टर बितरण गरिएको कृषि शाखाका प्रमुख विश्वकर्माले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top