काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ । निगमले काठमाडौं–दुबई रुटमा २५ मार्चमा उडान राखेको छ । दुबई–काठमाडौं रुटको उडान २६ मार्चमा हुने भएको छ । निगमका अनुसार यी उडानहरू स्थानीय समय अनुसार राति ११ बजेर १५ मिनेटमा काठमाडौंबाट उड्नेछन्। २८ फेब्रुअरीदेखि मार्चसम्म टिकट लिएर यात्रा गर्न नसक्ने यात्रुलाई प्राथमिकता दिइने निगमले जनाएको छ। यसैगरी काठमाडौं–दुबई अर्को उडान २७ मार्चमा राखिएको छ । सो जहाजले दुबई–काठमाडौं उडान २८ मार्चमा गर्नेछ । निगमका अनुसार यी उडान काठमाडौंबाट स्थानीय समय अनुसार राति ११ बजेर १५ मिनेटमा उड्नेछन्








कमेन्ट गर्नुहोस !