काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचनमा पार्टी पराजयको कारण खोजी गर्न सुझाव माग गरेका छन्। भट्टराईले पार्टीको कमजोर परिणामका कारण, रूपान्तरणका सुधार र सम्भावनाबारे तीन बुँदामा राय सुझाव पठाउन आग्रह गरेका हुन् । सामाजिक सञ्जालमार्फत भट्टराईले निर्वाचनका कारण पार्टीलाई ठूलो धक्का लागेको उल्लेख गरेका छन् । प्राप्त सुझावहरुलाइ समीक्षा मार्फत जिम्मेवारी किटान र जवाफदेहिताको प्रश्न हल गर्नुपर्ने बताए।








कमेन्ट गर्नुहोस !