शनिबार, जेष्ठ ३२, २०८२ | Saturday 14th June 2025

निर्माण ब्यबसायी संघ प्युठानको नबनिर्बाचित कार्यसमितिको पदभार ग्रहण 


 

प्युठान ,निर्माण ब्यबसायी संघ प्युठानको नब निर्बाचित समितिले आज पदभार ग्रहण गरेको छ ।

संघको पाँचौ कार्यसमितिद्वारा नब निर्बाचित छैटौं कार्यसमितिलाई संघको कार्यालय बिजुवारमा एक कार्यक्रम गरि पद हस्तान्तरण तथा पदभार ग्रहण गराइएको हो ।

संघका पुर्ब अध्यक्ष पशुपती नारायण नकर्मिले नब निर्बाचित अध्यक्ष नवीन कुमार श्रेष्ठ ,महासचिव आर्जु बाबू के सि र कोषाध्यक्ष माधव  प्रसाद भन्डारिलाइ कार्यकक्षमा लागि सिटमा बसाली पदभार ग्रहण गराएका थिए ।

निर्बाचित समितीलाई निर्वाचन समिती संयोजक रामेश्वर सुवेदी,निर्माण ब्यबसायी संघका केन्द्रीय सदस्य बालाजु श्रेष्ठ ,निबर्तमान अध्यक्ष पशुपती नारायण नकर्मि ,पुर्ब अध्यक्ष शोभाराम भन्डारिले प्रमाणपत्र प्रदान गर्नुका साथै   खादाले सम्मान गरेका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्य बालाजु श्रेष्ठ ,पुर्ब अध्यक्ष शोभाराम भण्डारी ,निबर्तमान अध्यक्ष पशुपती नारायण नकर्मी ,सस्थापक सदस्य दिपेन्द्र कक्षपतीले बधाइ तथा शुभकामना मन्तब्य राखेका थिए ।नब निर्बाचित अध्यक्ष नवीन कुमार श्रेष्ठले प्रतिबद्धतामुलक मन्तव्य राखेका थिए ।

प्रमुख अतिथी केन्द्रीय सदस्य बालाजु श्रेष्ठले नबनिर्बाचित समितिलाइ ब्यबसायिक हक हितका लागि काम गर्न अनुरोध गरे ।

ब्यबसायिका मागहरु राज्य तहबाट सम्बोधन गराउन निर्माण ब्यबसायी संघ प्युठानको नबनिर्बाचित समितिलाई महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

निर्बाचन समिती संयोजक रामेश्वर सुबेदिको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन निर्बाचन समिती सदस्य प्रकाश बैद्यले गरेका थिए ।

स्मरण रहोस निर्माण ब्यबसायी संघ प्युठानको निर्बाचन कार्यक्रम गत बैशाख ११ गते सम्पन्न भएको थियो  । निर्माण ब्यबसायी संघ प्युठानको छैटौ अधिबेशनबाट अध्यक्ष नवीन कुमार श्रेष्ठ ,प्रथम उपाध्यक्ष शोभाराम न्यौपाने,द्वितीय उपाध्यक्ष केशब खड्का ,महासचिव आजुबाबु के सि,सचीव अर्जुन सिंह बि क ,कोषाध्यक्ष माधब प्रसाद भण्डारी निर्बाचित भएका छन् ।त्यस्तै सदस्यहरुमा कमल श्रेष्ठ ,अर्जुन श्रेष्ठ ,राजेन्द्र श्रेष्ठ ,प्रबिण चन्द्र प्रधान ,निकोन शाही ,त्रिभुवन सुवेदी ,इन्द्र बहादुर जि सि,ध्रुब कुमार बिष्ट र इन्द्रमणी खनाल निर्बाचित भएका हुन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top