नौबहिनी गाउँपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्याउनुभएका खेलाडीहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नौबहिनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको मिति २०८१ पौष २६ गते बसेको कार्यपालिकाको निर्णयानुसार नौबहिनी गाउँपालिकामा जन्मनु भइ राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा योगदान पुर्याउनु भएका खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत ७ जना खेलाडीहरुलाई सम्मान गरिएको हो ।
नौबहिनी गाउँपालिका(५, निवासी हालै सम्पन्न नेपाल प्रिमियर लिग(एनपिएल बिजेता टिमका राष्ट्रिय कृकेट खेलाडी तुल बहादुर थापा, नौबहिनी गाउँपालिका(१, निवासी अन्तरास्ट्रिय अल्ट्रा धावक दामोदर बुढा मगर, हुमि बुढा मगर अन्तर्राष्ट्रिय अल्ट्रा धावक, गुमान घर्ती मगर अन्तरास्ट्रियरप्रोफेसनल थाइ बक्सिङ खेलाडी, नौबहिनी गाउँपालिका(७, निवासी अन्तर्राष्ट्रिय सितोरियो कराते खेलाडी नमराज राना मगर र यु(१६ राष्ट्रिय कृकेट खेलाडी करण घर्ती मगर सम्मानित हुनुभएको छ ।
सम्मानित हुने ७ जना यी सम्पुर्ण विधाका खेलाडीहरुलाई नगद रु। २० हजार, सम्मान पत्र, मायाको चिनो, पालिकाको दायरी सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले खेल क्षेत्रबाट आफ्नो र आफ्नो क्षेत्रको देश तथा विदेशमा पहिचान दिने खेलाडी भएकाले सम्मान गरिएको बताउदै आगामी दिनम समेत खेलाडीको हौसलाको लागि आफू र स्थानीय सरकार सकारात्मक रहेकोे बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष विस्ना थापा, नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष श्रीराम भण्डारी, ४ नं। वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता भिम बहादुर घर्ती मगर लगायतले गाउँपालिकाले गरेको यस्ता कार्यक्रमहरु प्रसंशनीय भएको भन्दै सम्मानित खेलाडीहरुलाई शुभकामना दिनुभएको थियो ।
सम्पुर्ण खेलाडीहरुको तर्फबाट आफ्नो भनाइ राख्दै अन्तर्राष्ट्रिय अल्ट्रा धावक दामोदर बुढा मगरले खेल जीवन निकै कष्टकर रहेको बताउदै पालिकाले गरेको सम्मानले हौसला बढेको भन्दै धन्यवाद समेत दिनुभएको थियो ।
नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा योजना तथा प्रशासन प्रमुख अरविन्द्र ब्रह्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन तेजेन्द्र बुढा मगरले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस !