नेकपा माओबादी केन्द्रका उपमहासचिब बर्षमान पुन अनन्तले अव लोकतन्त्रलाई सर्भिसिंङ गर्नुपर्ने बेला आएको बताएका छन् । मुलुकमा नेपाली जनताले जुन अपेक्षाका साथ लोकतन्त्र स्थापनाका लागि संघर्ष गरे तर अहिले ब्यबस्था बदलिएपनि अवस्था बदलिन नसकेकोले ब्यवस्थामा आएका खराव बिकृतिलाई करेक्सन गर्न सर्भिसिंङको खाँचोमा जोड दिएका हुन् । नेता पुनले अहिले बिभिन्न स्वार्थ सम्ुह र बिचौलियाका कारण नेपालको नीतिगत तहमै गलत तत्वहरुको चलखेल बढ्दै जाँदा समग्र बिकास प्रक्रियामा समेत प्रभाबित हुन गएकाले यसतर्फ अव चनाखो हुनुपर्ने बताएका छन् ।
प्रेस सेन्टर नेपालले आज सोमवार जुम्रीमा आयोजना गरेको प्रेस भेटघाटमा उपमहासचिब पुनले मुलुकमा सामाजिक न्यायको खाँचोमा जोड दिंदै बर्तमान प्रधानमन्त्री केपी ओलीको शासन शैली सुध्रिनुपर्नेमा जोड दिएका छन् । भेटघाटमा नेता पुनले शान्ति प्रक्रियामा राजनीति गर्ने काम भएको छ यसो हुनुहुँदैन । यो हुनु भनेको नेपाली जनताको चाहना बिपरित हो । उनले थपे बर्तमान समयमा देशका २ ठूला दलले शासन गरेका छन् तर उनीहरु बीच संबन्ध चिसिंदै गएको छ । हामी उनीहरुबीच चियो चर्चो गर्न आबश्यक ठान्दैनौ ।
भेटघाटमा कार्यक्रम प्रेस सेन्टरका जिल्ला संयोजक टीकाराम पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन हरि भण्डारीले गरेका थिए ।
कमेन्ट गर्नुहोस !