
अग्निधर चन्द बोहोरा
प्युठानको उत्तरी क्षेत्रमा पर्ने गौमुखी गाउँपालिका अहिले बिद्यमान शैक्षिक अवस्थामा शैक्षिक सुधार कसरी गर्न सकिन्छ भन्ने चिन्तनका साथ सो बिषयको गहन अध्यायन गर्दै अघि बढिरहेको छ।सामुदायिक बिद्यालयमा हुँदै गरेका राम्रा र कमजोरी पक्षलाई केलाइ राम्रो र गुणस्तरीय शिक्षा प्रदान गर्ने बिद्यालयलाई थप कसरी गुणस्तरीय बनाउन सकिन्छ र कमजोर अवस्था भएका बिद्यालयलाई कसरी उत्कृष्ट बनाउने उदेश्यका साथ आफ्नो अध्ययन तथा अनुगमन कार्य अघि बढिरहेको छ।
कुनैपनि क्षेत्रको बिकास तथा उन्नति गर्न गर्नको लागि सर्बप्रथम शिक्षा क्षेत्रमा बिकास हुनु जरुरी हुन्छ।यदि शिक्षाको बिकास हुन सक्दैन भने,अन्य क्षेत्रको पनि बिकास र परिवर्तन सम्भब हुँदैन ।सायद यहि गहन दृस्टिकोणलाई हृदयङ्गम गरेर होला,गौमुखी गाउँपालिकाले नयाँ शिक्षा निति निर्माण र शैक्षिक क्षेत्रमा परिवर्तनको उत्कट चाहना राख्दै एउटा ” शैक्षिक सुधार सुझाव योजना कार्यदल”गठन गरेको छ।उक्त कार्यदलमा पाँच सदस्यीय रहोको छ।गाउँपालिकाले सो कार्यदललाई गाउँपालिकामा रहेका ४५ वटा बिद्यालय र अन्य बालबिकास केन्द्रहरुको अनुगमन तथा सुपरिवेक्षणको जिम्मा दिँदै ती बिद्यालयहरुको शैक्ष्णिक,भौतिक , प्रशासनिक , आर्थिक आदि क्षेत्रको अनुगमन गर्दै ,तथ्यांक संकलन गर्ने जिम्मा समेत दिएको छ।कार्यदलले निश्चिति समयभित्र सबै बिद्यालयको स्थलगत अनुगमन र अध्ययन गरि बिद्यालयमा देखिएका विभिन्न अवस्था र समस्याहरु केलाउँदै,सत्य तथ्य प्रतिबेदन पेश गर्ने छ।साथै प्राप्त प्रतिवेदनको आधारमा बिद्यालयमा देखिएका समस्याहरुको यथासक्य प्रयास गर्ने र बिद्यालयको उन्नत र गुणस्तर शिक्षण सिकाइ क्रियाकलाप तथा सिकाइ उपलब्धिमा गर्ने गाउँपालिकाको मिहिन लक्ष्य रहेको गाउँपालिका उपाध्यक्ष महाबिर रानाले बताउनु भएको छ।
प्रस्तुत शैक्षिक सुधार सुझाव योजना कार्यदलले प्रत्येक बिद्यालयहरुको सत्य तथ्य डाटा संकलन गर्दै ,सबैको प्रोफाइल निर्माण समेत गर्ने छ।सो प्रोफाइल निर्माण भएपछि तत बिद्यालयहरुका हरेक स्तिथीहरु पुस्तिका मार्फत एउटा ऐनाको रुपमा छर्लङ्ग देख्न पाइने कुरा कार्यदलका एक सदस्यले बताएका छन।यो शैक्षिक प्रोफाइल निर्माण कार्य सहायक पक्ष हो भने, गहन र प्रमुख पक्ष उदेश्य चाहिँ शैक्षिक बिकास सुधार गर्नु नै हो।उहि लगानी उहीँ प्रकारको जनशक्ति परिचालित हुँदा कुनै बिद्यालयमा गुणस्तरीय पठनपाठन हुनु, भौतिक , आर्थिक ,प्रशासनिक आदिमा नमूनायोग्य हुनु तर सोही मापदण्डका बिद्यालयमा भने बिल्कुल निम्न्स्तरिय हुनु, कतिपय अवस्थामा हरेक क्षेत्रमा कमजोर स्तिथि किन सृजना भयो? भन्ने कुराको गहन र यथार्थ अध्यन नै गाउँपालिकाले बुझ्न, अध्यन गर्न र निराकरण गर्न चाहेको बिषय नै यहि हो। माथिको मौलिक बिचारमा प्रकाश पार्दै गाउँपालिका अध्यक्ष बिष्णुकुमार गिरिले आफ्नो बिचार राख्नु भयो।त्यसकारण यहि शैक्षिक सुधार सुझाब योजना कार्यदलको तथ्यगत सर्बे प्रतिबेदनको आधारमा आगामी शैक्षिक सत्रमा भाबी शैक्षिक योजना र रणनीति बनाइने लक्ष्य रहेको छ।
गाउँपालिकाको योजना र शैक्षिक सुधार सुझाब कार्यदलको दुरदृष्टीयुक्त शैक्षिक योजना आगामी दशबर्षे शैक्षिक रणनीति निर्माण गर्दै,सोही योजनामुताबिक अघि बढनु र आगामी शैक्षिक सत्रमा गाउँपालिकाका ४५ वटा बिद्यालयलाइ छनोट गरि प्रत्येक वोडाबाट कम्तिमा एक बिद्यालय नमूना बिद्यालयको रुपमा छनोट पनि गर्नु रहेको छ।यथाबत सम्भबित नमूनायोग्य बिद्यालयहरुलाइ नमूना बिद्यालय बनाउन आवस्यक भौतिक ,आर्थिक ,शैक्षिक कुराहरू यथासक्य पूरा गरेपछीमात्र नमूना बन्न सक्ने छन।आगामी शैक्षिक सत्रमा कक्षाकोठामा कहिँ न कहिँ धेरथोर मात्रमा भएपनी गुणात्मक परिवर्तन हुने अपेक्षा र लक्ष राख्दै उक्त कार्यदल आफ्नो कार्यक्षेत्रमा डटेर खटिएको छ।
गाउँ,पालिकास्तरीय शैक्षिक स्तिथिको अवस्था, सुधारका उपायहरू तथा भाबी रणनीतिका बारेमा गाउँपालीकामा पटक पटक छलफल , अन्तर्कृया तथा बैठकहरुपनि सम्पन्न भै गत माघ २२ गतेदेखि सो कार्यदल विभिन्न बिद्यालयको स्थलगत रिपोर्टिङ र तथ्यांक संकलनम सशक्त रुपमा जुटेको छ।हाल गाउँपालिकाका ३२ वटा बिद्यालयको अनुगमन तथा सुपरिवेक्षण कार्य सप्पन्न भैसकेको कुरा शैक्षिक सुधार सुझाब योजना कार्यदल सदस्यद्वय अग्निधर चन्द बोहोरा र खुम बहादुर थापाले बताउनु भएको छ।
कमेन्ट गर्नुहोस !