
प्युठान ।
हाम्रो एकता साप्ताहिककी कार्यकारी सम्पादक राधिका भुसाल वैवाहिक जीवनमा बाधिएकी छिन् । माण्डवी गाउँपालिका वडा नं ३ जस्पुरका लवकुमार अधिकारीसंग बुधवार वैवाहिक जीवनमा बाधिनुभएको हो । हाम्रो एकता प्रकाशन परिवार सहकर्मी भुसालको सुखद दाम्पत्य जीवनको कामना गर्दछ ।
महासंघमा अक्षयकोष स्थापना

नपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानकी सहसचिव समेत रहेकी भुसालले आफ्नो विवाहको अवसरमा फजुल खर्च बचाएर शाखामा स्वर्गीय हजुरआमा विष्णा भुसालको नाममा विष्णा भुसाल स्मृति अक्षयकोष स्थापना गरेकी छिन् । प्युठान नगरपालिका वडा नं ५ जुम्रीकाढाँकी महिला पत्रकार भुसालले आफ्नो स्वगीय हजुरआमाको सम्झनामा पत्रकार महासंघमा ५५ हजार पाँच सय ५५ रुपिँयाको अक्षयकोष बुधवार विवाहको अवसरमा स्थापना गरेकी हुन् । भुसालले अक्षयकोषमा जम्मा हुने गरि महासंघका पुर्वअध्यक्ष सुशील पोख्रेललाई चेक हस्तान्तरण गरेकी हुन् ।
६ वर्ष यता क्रियाशिल रुपमा पत्रकारिता गर्दै आएकी भुसालले पत्रकार महिलाहरुको हौसलाका लागि अक्षयकोषको ब्याज बापतको रकम खर्च गर्ने उदेश्यले सहयोग गरेको बताईन् । पत्रकार महिलाहरुलाई काम गर्न निकै चुनौती छ भुसालले भनिन,–‘विशेष गरी विवाह पछि पत्रकारिता पेशालाई निरन्तता दिन सकिरहेको अवस्था छैन ।’ अक्षयकोषबाट प्रदान गरिने पुरस्कारले उनीहरुलाई हौसला बढाउने अपेक्षा गरेको उनले बताईन् । सह सचिव भुसालले प्युठान जिल्लाबाट रोतोपाटी अनलाइन मिडिया र दैनिक लुम्बिनीमा संवाददाताको भई काम गर्दै आएकी छिन् ।
कमेन्ट गर्नुहोस !