
कोरोना संक्रमणबाट बच्नका लागि देश लकडाउन भएको डेढ महिना बित्यो । यस अवस्थामा हालसम्म ऐरावती गाउँपालिकाले के–कस्ता अभियान तथा कार्यक्रमहरु सञ्चालन गरेको छ र के गर्ने योजनामा अगाडी बढेको छ यसै सन्र्दभमा ऐरावती गाउँपालिकाका उपाध्यक्ष बुद्धबहादुर बस्नेतसंग हाम्रो एकता सहकर्मी राधिका भुसालले कुराकानी गर्नुभएको छ ।
१) कोरोना संक्रमणबाट बच्न र बचाउनको लागि गाउँपालिकामा के कस्ता कार्य गर्दै आउनुभएको छ ?
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नको लागि सामाजिक दुरी कायम गर्दै सर्तकता अपनाउनु पर्छ । यसका साथै पहिलो चरणमा गाउँपालिकास्तरमा सचेतनाका कार्यक्रमहरु बस्तीस्तरमा पु¥याउदै गीत संगीतको माध्यमबाट आम समुदायलाई सरसफाईमा ध्यान दिनु पर्ने खानपिनमा ध्यान दिनुपर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने, भिडभाडमा नजान, जो कोहि व्यक्ति संग अंकमाल नगर्न, हात नमिलाउन र कतै बिरामीमा संक्रमणको लक्षण देखापरेमा तुरुन्त स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने भन्दै गीत संगीतको माध्यम मार्फत स्थानिय गन्दर्भ कलाकारहरुलाई परिचालन गरेका हाँै । यो कामबाट आम समुदायहरु सचेत रहेको पनि हामीहरुले महसुश गरेका छौँ ।
२) विपद्को समयमा पालिकास्तरका नागरिकहरुको सहजताको लागि राहत वितरण देखी लिएर अरु विषयहरुको कसरी व्यवस्थापन गर्दै आउनुभएको छ ?
पहिलो कुरा नागरिकहरुलाई उद्धार तथा राहत दिनका लागि गाउँपालिका अध्यक्ष नबिल बिक्रम शाहको नेतृत्वमा एउटा विपद् व्यवस्थापन समिति रहेको छ । यसको काम र कर्तव्य भनेको हाम्रो यस गाउँपालिका भित्र जुनसुकै कारणले अफ्ठेरोमा परेका नागरिकहरुका लागि राहत उद्धार र व्यवस्थापन गर्नु हो । उहाँहरुको लागि उचित व्यवस्थापन गर्नु अहिले विश्वमा देखा परेको महामारीका कारण राज्यले मुलुकभर लकडाउन गरेको छ । यस कारण जनजीवन ठप्प रहेको छ । नागरिकहरु आफनो काममा फर्कन पाउनुभएको छैन् । यस्तो बिषम परिस्थितिमा दैनिक ज्यालादारी रुपमा आफनो जीवन गुजारा गर्दै आउनुभएका र लकडाउनको कारणले प्रत्यक्ष समस्यामा परेका नागरिकको उद्धार गर्नु हाम्रो पहिलो कर्तव्य हो । त्यसैले राज्यको मुल नीति अनुसार यस गाउँपालिकास्तरिय विपद् व्यवस्थापन समितिको मातहत रहनेगरि सबै वडा पालिकाहरुमा वडा अध्यक्षको संयोजकत्वमा क्रियाशिल राजनीतिक दलका प्रतिनिधिहरु, प्रहरी प्रतिनिधि, स्वास्थ्य संस्थाका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधिहरु रहने गरि सर्वपक्षिय समति निमार्ण गरेका छाँै । यो संयन्त्रले आफनो टोलभित्रका लकडाउनको कारणले समस्यामा परेका नागरिकहरुको पहिचानगरि पहिलो चरणमा राहतको प्याकेज वितरण गरिसकिएको छ । साथै यस अवधिमा जिल्ला बाहिर वा भारत तथा तेश्रो मुलुकबाट आउने व्यक्तिहरुको तथ्यांक लिनुका साथै संकास्पद रुपमा रहेका व्यक्तिहरुलाई गाउपालिकाले निमार्ण गरेको क्वारेन्टाइन कक्षमा राख्नको लागि सिफारिस पनि गरिन्छ । सोहि बमोजिम अहिले हामीकहाँ विभिन्न व्यक्तिहरु क्वारेन्टाइनमा बस्दै आउनुभएको छ ।
३) लकडाउनले गर्दा दैनिक श्रम गर्दै आएकालाई यसले प्रत्यक्ष असर पु¥याएको छ यसलाई कसरी लिनुभएको छ ?
पहिलो कुरा लकडाउन भनेको आफैमा जटिल परिवेश हो । लकडाउनको अर्थ सबै व्यक्ति आ आफनो ठाउँमा लक भएर बस्ने भनेको हो । त्यसैले गर्दा अहिले नेपालको अवस्था भयावह भएको छैन् । तर दैनिक श्रम गरेर बाचेकाहरुका लागि यसले प्रत्यक्ष असर पारेको छ । अन्य आर्थिक श्रोत भएका नागरिकका लागि यो अवधिसम्म खासै प्रभाव नपरेको होला, तर कतै न कतै श्रम गरेर बाच्नेहरु यतिबेला उहाँहरुको घरमा चुलो बोल्ने सकेको छैन् । अन्य आवश्यकता ठप्प छन् त्यसैले हामीलाई पिडा बनाएको छ । अब सिंगंो राज्यको ध्यान ती पिडामा रहेका नागरिकको उद्धारका लागि जानुपर्छ । तर हामीले पनि हाम्रो पालिका भित्र रहनुभएका यस प्रकारका नागरिकहरुको तथ्यांक लिने काम सुरु गरेका छौ । र उहाँहरुलाई तत्काल दिर्घकालिन रुपमा राहत पु¥याउने कुरामा आवश्यक छलफल पछि निणर्य गर्छौ । लकडाउनलाई आम नागरिकको बिचमा पूर्ण रुपमा पालना गराउनका लागि जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी र राजनीतिक दलको अतुलनीय भूमिका रहेको देखिन्छ ।
४) श्रमिकहरु समस्यामा पर्दै आएको समयमा यहाँहरुले दिएको राहतले मात्र जिविकोपार्जन होला त ?
यो तपाईको पश्नले मलाई अत्यन्त गम्भिर बनायो । यो वर्गिय समाजमा हरेक तहका नागरिक रहेका छन् । हरेक तहका नागरिक रहने गर्छन् । त्यसमा पनि उहाँहरुको वास्तविक पहिचान गर्नुपर्ने हुन्छ । र हामीले यहाँका नागरिकहरु पनि सबै एकनासको हुनुहुदैन र ती समस्यामा परेका श्रमीकहरुलाई हामीले दिएको राहतले सबैलाई पुग्दैन् । यो त तत्कालको लागि मलमपट्टि मात्रै हो । अब हामीले उहाँहरुको दिगो जिविकोपार्जको लागि केहि सोच्नै पर्छ । एउटा कुरा त स्थानियतहकाट सञ्चालित विकास निमार्णका कार्यक्रममा उहाँहरुलाई जोड्न सकिने र अर्कोतर्फ दिगो आयश्रोतको लागि सिप विकासको तालिम संगै काममा लगाउने पनि हो । आगामि दिनमा यसतर्फ हाम्रो गम्भिर रुपले ध्यान जाने छ ।
५) संक्रमणबाट सचेत रहन सरकारले थालेको अभियानलाई नागरिकहरुले कत्तिको सहयोग गरेको पाउनुभएको छ ?
यति बेला नागरिकतहमा संक्रमणबाट बच्नका लागि सरकारले गरेका निर्णय मान्नुको विकल्प छैन् । सरकारलाई आफ्नो देशका नागरिकलाई बचाउनको लागि लकडाउन जस्तो कठोर निणर्य लिनु प¥यो । यो असाध्यै सहि समयमा गरिएको दुरदर्शी निर्णय ठिक हो । जसका कारण नागरिकलाई दैनिक जीवन गुर्जान अफ्ठेरो त अवश्य परेको छ तर यसको बद्ला हामी सबैको जीवन बचाउन खोजिएको छ । यो कुरा आम नागरिक तहमा महसुश गरेको पाईएको छ ।
६) खास गरी यो समयमा पालिकास्तरका बासिन्दाहरुले यहाँहरु समक्ष कस्ता समस्या राख्दै आउनुभएको छ ?
यो अवस्थामा लकडाउनका कारण सहरी क्षेत्रमा जनजिवन प्राय ठप्पनै छ । हाम्रो पालिका ग्रामिण भेगमा रहेकाले बाहिरबाट आउने व्यक्तिहरुलाई हामीले पूर्णतया स्वास्थ्य जाँच गरि क्वारेन्टाइनमा बसोवास गर्ने व्यवस्था मिलाएका छौँ। र अन्य समुदाय यति बेला हिउँदे बाली भित्राउने समय परेकाले प्रायः किसानहरु खेत बारीमा सामाजिक दुरी कायम गर्दै काममा व्यस्त हुनुहुन्छ । तसर्थ अहिलेको अवस्थामा धेरै जटिल समस्या आइपरेको देखिदैन् तर मुलुकभर कोरोना संक्रमित बढेको खण्डमा र लकडाउन थपिदै जाने हो भने आगामी दिनमा जनजीवन पनि थप संकटमा पर्ने देखिन्छ । त्यसको लागि हामी स्थानिय सरकारको तर्फबाट आवश्यक कार्य योजना सहित नीति निमार्ण गर्ने तर्फमा छाँै ।
६) अन्त्यमा के भन्न चाहानुहुन्छ ?
पहिलो कुरा मिडियाको माध्यमबाट मेरो आफनो भनाईलाई नगारिकतहमा पु¥याइदिनु भएकोमा तपाई संगै हाम्रो एकता अनलाईन परिवारलाई धेरै धेरै धन्यवाद छ । दोश्रो कुरा जुन बेला राज्य संकटमा पर्ने गर्छ त्यति बेला सबै नागरिकको भुमिका सकारात्मक हुनुपर्छ । यति कुरा आम नागरिकहरुले राज्यलाई सकारात्मक तहबाट सहयोग गरेको महशुस गरिएको छ । यो बिषम परिस्थितिमा मैले सबै नागरिक समुदाय, राजनीतिकदल,संघसंस्था सबैलाई जटिल अवस्थामा सबैको बुझाई एउटै हुनका लागि अनुरोध गर्दछु । हामी जनप्रतिनिधिको नाताले हाम्रो मतदाताहरु शुभचिन्तकहरु र आम समुदायहरुलाई परेका दुखको घडीमा हरपल तपाईहरुको साथमा रहेको प्रतिवद्धता व्यक्त गर्दछु । साथै यति बेला यो नेपाल बाहिर रहनुभएका विशेष गरि भारतमा रहनुभएका धेरै युवाहरु बिचल्लीमा परको हामीलाई सुचनाहरु प्राप्त भईरहेको छन् । उहाँहरुको अब जीवन कष्टकर बन्दै गईरहेको छ । उहाँहरुलाई कसरी उद्धार गर्ने भन्ने सन्र्दभमा सरकारको उच्चतहमा पनि हामीले आवश्यक परामर्श गरिरहेका छौँ । आशा गरौ यो संक्रमणको अवस्था बिस्तारै समाधान हुँदै जाने छ । र उहाँहरुलाई पनि हामीले समयमै उद्धार गर्न सक्ने छाँै भन्ने आशा लिएको छु । र तपाईहरुको हरेक दुख सुखमा सगै रहने प्रतिवद्धता व्यक्त गर्दछ ।
कमेन्ट गर्नुहोस !