आइतवार, जेष्ठ १७, २०८३ | Sunday 31st May 2026

कोरोनाको क्रुरता र टुहुरो नयाँ बर्ष


सुशील पोखरेल
यतिवेला नयाँ बर्ष ०७७ साल भित्रिएको छ तर उस्तो उमंगमय छैन यो बर्ष । बितेका बर्षमा त यतिवेला शुुभकामना आदान प्रदानको लहर नै चलिरहेको हुन्थ्यो । खुशी उमंग साटासाट हुन्थे नयाँ ठाउँको घुमफिर, खानपीन, मनोरञ्जन, नयाँ योजना नयाँ पहिरन नयाँ सोंच दृष्टिकोण र भावी योजनाका तान्द्राहरु उन्दै पुरानो बर्षृको बिदाई र नयाँ बर्षको भव्य स्वागतमा आम नेपाली जुटिरहेका हून्थे हुन्थ्यौं , संचारमाध्यमहरु पनि शुभकामना सन्देशले भरिएका हुन्थे, उल्लासमय त्यो बातावरणमा बजार चकमन्न र भरिभराउ हुन्थ्यो । नेता तथा उच्च पदस्थ ब्यक्तित्वहरुबाट दिइने शुभकामनाले नयाँ अनुभुति गराइरहेको हुन्थ्यो । दुखद कुरा, जीवनमा कल्पना पनि नगरिएको ०७७ साल भने टुहुरो जस्तै भएर हाम्रा अगाडि ढिप्किएको छ । हो, रौनकता र उमंगताका दृष्टिले इतिहासका कालखण्डमा राजनीतिक संघर्षका कारणबाट कतिपय नयाँ बर्षलाई आशिंक प्रभाव नपारेको होइन तर यस्तो कहिल्यै पनि भएन र सायद कल्पना पनि गरिएन । अहिले यो घडीमा आँखाले देख्न नसकिने त्यो क्रुुर कोराना भाइरस संग संसारभरका मानिसको भिषण युद्ध चल्दो छ । मानिसले उठाउने हतियार भन्दा कैयन गुना शक्तिशाली जसले आजको बिश्व रंगमञ्चमा सामरिक शक्तिको दादागिरी गर्ने अमेरिका तथा युरोपियन मुलुकहरुलाई नै यसले अझ बढी निल्ने दौडमा छ । बिश्व समुदायलाई आतंकित, भयभित र लाखौं मानिसको ज्यान लिंदै रकेटको गतीमा बढेको यो भाइरसले क्रुरतापूर्वक हमला गरिरहेको छ । जैबिक हतियारको रुपमा बुझन थालिएको यो कोरोना घण्ट बजाएर, थाल ठटाएर, डम्फू बजाएर, मन्दिरमा प्रार्थना गरेर कदापी भाग्ने वाला छैेन । नयाँ बिवेकशीलता अपनाउन सकिएन भने यसले मानव जीवनको भबिष्यमाथी गम्भिर चुनौती खडा गर्ने निश्चित छ ।
त्यसैले अहिले नयाँ बर्षको कुरा मात्र होइन क्रमशः आउने भोलीका दिनहरु अझ कति कष्टकर हुुने हुन सोंचनीय बिषय छ । अहिलेको यो कोरोना महामारीको घटनाक्रमलाई कतिपय बिश्लेषकहरु जनसंख्या सिद्धान्तका प्रतिपादक माल्थसको सिद्धान्त संग जोडेर हेर्ने गरेका छन् ।् यसै सन्दर्भमा कतिपयले समाजवादी समाज निर्माणको बाटोमा हिंडेको चीन र बिश्व पँुजीबादी अर्थतन्त्रको नेतृत्व गरिरहेको अमेरिका बीचको शक्ति संघर्ष र तीव्र आर्थिक टक्करको दौडमा अमेरिकाले सामरिक लडाईको बिकल्पको रुपमा चीन बिरुद्ध उत्पादन गरिएको जैबिक हतियारको रुपमा पनि अर्थयाएका छन् ।
त्यसो त कोराना आज अमेरिकाकै लागि जटिल समस्या बनेको छ यस शिलशिलासंगै बिश्वमा तेस्रो बिश्व युद्ध निम्त्एिको संकेतको रुपमा पनि हेर्न थालिएको छ । जे सुकै होस अहिलेको एक्काइसौ शताब्दीमा देखिएको मानव विनासकारी कोरोना नयाँ खालको स्वास्थ्यमा देखिएको महासंकट हो यसका बिरुद्ध आज बिश्व नै जुध्नु परिहेको छ यसलाई हामीले यो शताब्दीकै ठूलो मानवीय बिपत्तीको रुपमा बुझिरहेका छौं । आखिर यस्ता घटनाक्रमहरु किन देखापर्छन बिषयबस्तु सबिस्तारको क्रममा इतिहास केलाएर हेर्ने हो भने अठारौं शताब्दीको प्रारम्भतिर थोमस रवर्ट माल्थसले जनसंख्या संबन्धि दृष्टिकोण प्रस्तुत गरेका थिए त्यतिवेला उनको अनुभवमा ब्रिटेनमा गरीब बर्ग दिनानुदिन गरीब र धनी ब्यक्तिहरु झन पछि झन धनी बन्दै गइरहेको थिए । युरोपमा युद्ध र महामारीका कारण त्रासपूर्ण बातावरण सृजन भएको थियो भने यसैका कारण मानवीय क्षती हुन पुगेको थियो । त्यतिवेलाको औद्योगिक क्रान्ति र गहिरिंदो बर्ग बिभाजनको दृश्यलाइ नियाल्दै माल्थसले जनसंख्या ब्यबस्थापनका लागि कृत्रिम र प्राकृतिक उपाय गरी २ बिधीबाट जनसंख्या नियन्त्रण हुने तर्क राखे उनको तर्क र बिचार पछाडि धेरै आलोचक जन्मिए अन्य जनसंख्या संबन्धी बिचार प्रतिपादन भए तथापी त्यस पछाडि देखिएका भूकम्प, बाढी पहिरो महामारी र युद्ध जस्ता घटनाले बेलाबेला माल्थसको जनसंख्या सिद्धान्तले झस्काइरहेको हुन्छ इतिहासका यी बिभिन्न कालखण्डहरुमा भएका राजनीतिक तथा सामरिक युद्ध र लडाईले मानवीय क्षेती नै पुरयाउदै आएको पाइन्छ । यसै प्रसंगमा सन १९१८ तिर बिश्वब्यापी रुपमा इन्फ्ल्युन्जाको महामारी फैलिएको थियो भने १९१८ देखि १९२५ को बीचमा प्रथम बिश्व युद्ध यसका साथै सन १९३७ देखि १९४५ को बीचमा भएको दोस्रो बिश्व युद्ध र आजको शताब्दीमा मानव जीवनलाई बिपतमा होम्न कोरोना अहिले क्रुरतापूर्वक देखापरेको छ ।
हेर्दा कोरोना एक भाइरस हो । यसको उदगम सन १९१९ को डिसेम्वर ३१ का दिन चीनको उहान महानगरीबाट भयो यो कोरोना भाइरस जसलाई हामी कोभिड १९ भनेर बुझ्ने गरेका छौ यसका भुक्तभोगी र यो कोरोना नै हो भनेर नामाकरण गर्ने चीनीया ३४ बर्षिय स्वास्थ्य चिकित्सक लि. लियांङ हुन । आखिर उनको जीवन कोरोनाले नै लियो अहिले कोरोना उपचार पद्धतीमा बिभिन्न अभ्यास थालिएका छन् तर सफलता हासिल भैसकेको अवस्था भने छैन यसले गर्दा अहिले बिश्व समुदाय नै आकुल ब्याकुल हुनु परेको अवस्था छ ।
कोरोना महामारी बिश्वभरी फैलिरहँदा २ धुब्रमा बिभाजित बिश्व राजनीतिक शिविरमा कुन मुलुकको भूमिका र अवस्था कस्तो छ भन्ने अध्ययनका लागि पनि यस घटनाले प्रशस्त अवसर दिएको छ । जुन वेला चीनमा कोरोना देखा पर्यो चीनले तत्कालै कडा कदम चाल्दा बिश्वका पुँजीबादी राष्टले चीनलाई गिल्ला गरे । लकडाउन गरेर कोरोना रोकथाम गर्ने प्रक्रियालाई मानव अधिकारको उल्लंघन भएको, मानवीय स्वतन्त्रताको अपहरण भएको जस्ता कुरा गरेर उपहास गरियो जव चीनले कोरोना महाब्याधीलाई लकडाउन बिधीबाटै छोटो अबधीमै नियन्त्रण गर्न सक्यो यसलाई अमेरिका युरोपले सकारात्मक रुपमा ग्रहण गर्न चाहेनन् जसको परिणाम आज अमेरिका र युरोपियन मुलुकहरुले कोरोना नियन्त्रण गर्न सकेका छैनन् उल्टो यसको असर बिश्वभर तीब्र रुपमा फैलिंदो छ । यता कोरोना ब्यबस्थापन प्रक्रियामा एउटा समाजबादी राष्टले समाज निर्माण र जनताप्रतिको उत्तरदायित्वलाई राज्यले कसरी बहन गर्छ । जनता र राज्यबीचको संबन्ध के हुनु पर्छ , कस्तो हुनुुपर्छ राज्यका संयन्त्र र जनता कसरी जुट्छन् भन्ने उदाहरण चीनले सिकाएको छ भने अर्कोतिर अमेरिका तथा युरोपमा देखिएको भद्रगोलले पुँजीबादी स्वतन्त्रताका नाममा भएको अराजकताले के स्थिति पैदा भइरहेको छ भन्ने कुराको ज्वलन्त उदाहरण पनि साथसाथै यसै बेला देखिएको छ ।
हो, पुँजीबादी राष्टमा हिजोका दिनमा उत्पादन र बितरणमा एक प्रकारको सांगठनिक अनि सहयोगात्मक भावना नभएको होइन तर त्यो एकता आज देखिदैन । कोरोना संक्रमणको यो बेला उनीहरुका सहयोगात्मक सवै कुरा लथालिंग भएका छन् । इटालीमा कोरोनाको ठुलो प््रभाव देखिंदा पनि युरोपियन युनियनले केही गरेको छैन । केही दिन अगाडि मात्रैको कुरा अमेरिकाले उत्पादन गरेका सामान थाइल्याण्ड पुगेको थियो जर्मनी पठाउन प्याक गरिएको उक्त सामान पनि अमेरिकाले थाइल्याण्डमा सेना लगाएर फिर्ता गर्यो त्यसको प्रतिरोध जर्मनले डकैती गरेको भनेर आरोप लगाएको छ । अहिले कोरोनाले गाँज्दै जाँदा नाटो (युरोपियन युनियन ) भित्र आबद्ध रहेर बिश्व पुजीबादी खेमामा रहेका मुलुक एक्ला एक्लै लडिरहेका छन, लागिरहेका छन् तर यता समाजबादको अभ्यास गरेको चीनले स्वय अमेरिकाको लागि सहयोगमा जुटेको छ । छिमेकी मुलक चीनले नेपाल लगायत कैयन मुलुकका लागि देखाएको सहयोग ुसदभाव अनुकरणीय नै छ । यस्तै समाजबादको अभ्यास गर्ने बाटोमा अग्रसर क्युवाले यसबेला आफ्नो मुलुकमा कोरोना संक्रमण छँदाछँदै पनि इटाली स्पेन लगायतका मुलुकमा स्वास्थ्यकर्मी र स्वयंसेवक पठाएर देखाएको उदारता पनि निकै प्रशंसनीय मान्नु पर्छ ।
आजको घडीमा कोरोनाले संसारभरका आम मानिसलाई आक्रान्त र त्रसित बनाएको छ । बिश्वको साढे सात अर्व जनसंख्या मध्ये ४ अर्व जनसंख्या लकडाउनमा बस्नु परेको छ । यसले आर्थिक सामाजिक लगायत समग्र बिकास प्रक्रिया थला पारेको छ । सन १९३० पछिको मन्दी भन्दापनि यसले असाधारण असर पार्ने निश्चित छ तर पनि मुख्य पक्ष मानव जीवनको सुरक्षा नै हो । कोरोनाको क्रुर आक्रमणबाट जोगिनका लागि बिश्व समुदाय एक ढिक्का भएर ठिक दिशा र उचित निर्णयका साथ लाग्ुनु पर्ने भएको छ । यसमा हामी हतास मनस्थितिमा आउनु हुदैन यस खालका रोग ब्याधी हामीले नब्यहोरेको अवस्था पनि होइन यस सन्दर्भमा एकैछिन कोरोनालाई बिर्सेर हेर्ने हो भने क्यान्सरबाट गत बर्ष बिश्वभर १४ लाख मान्छे मरेका थिए , डेंगुबाट बार्षिक औषत ८ लाख मान्छे मर्छन, निमोनियाबाट मात्र बर्षमा लाखौं मान्छे मर्छन, रुघाखोकीबाट बर्षेनी लार्खौ मर्छन, यस्तै अन्य रोगबाट उत्तिकै संख्यामा मान्छे मरिरहेका हुन्छन् । यी यस्ता रोगहरु बर्षेनी देखिरहँदापनि मान्छे अनुशासित भएको देखिदैन ।
यसर्थ, अहिले जसरी हामी कोरोना संक्रमणबाट गुर्जिरहेका छौं । एक्काइसौं शताब्दी कोरोना संक्रमणको युगको रुपमा परिभाषित हुदैछ । संक्रमणको यो बिशिष्ट घटनाक्रममा बिश्व समुदाय एकढिक्का बन्नुको बिकल्प नभएको यसले देखाइरहेको छ । कोरोना संक्रमणको अन्त्य पछि यसबाट मानव जीवन संचालनका लागि पक्कै पनि नयाँ जीवन शैलीको शुरुवात हुनेछ । हामीले भोग्यौं, देख्यौ आणबिक शक्ति र पुजीको रवाफले अरुलाई निल्न खोज्ने धृष्टताका बिरुद्ध जुध्ने जिवाणु पनि आउँदो रहेछ । हाम्रा स्वार्थ चाहे ती दलगत, गुटगत हुन या ब्यक्तिगत हुन , साथै हाम्रा आहार बिहार ,ब्यवहार र कार्यशैली जस्ता पक्षमा अनुशासन र मानवीयता हराउदै गएको, गुमाउदै गएको बिश्व परिपेक्ष्यमा कोरोनाले केही सवक अवश्य नै सिकाएको छ अहिले सम्म देखिएको यो ग्यापलाई ट्रयाकमा ल्याउन सामुहिकता र मेलमिलापको खाँचो खड्किएको छ यो नयाँ बर्षले बिश्व समुदायलाई त्यो चेतनाबोध गरोस सवैलाई उन्नती र प्रगतिको हार्दिक मंगलमय शुभकामना ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top