प्रकाश बैद्य
चीनको वुहानवाट सुरु भई सिङ्गो विश्वलाई नै चुनौती दिएको कोरोना भाइरस (कोभिड १९) का विरुद्ध लड्न यतिवेला मुलुक सतर्कताका साथ अघि बढेको छ । विश्वमा कोरोना संक्रमणवाट अहिले सम्म ४७ हजार भन्दा बढि मानिसको ज्यान गइसेकेको तथा ९ लाख भन्दा बढिमा संक्रमण देखिएको अवस्थामा नेपालमा हाल सम्म ५ जनामा संक्रमण देखिएको छ जस मध्ये १ जना उपचार पछि निको भई ४ जनाको अवस्था पनि सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपाल कोरोनाको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले वेला वेला सतर्क गराउदै आएको छ । नेपालमा कोरोना संक्रमितको संख्या कम भएता पनि संक्रमणको जोखिमवाट आम नागरिकलाई बचाउन सरकारले देश नै लकडाउन गरी सतर्कता अपनाएको छ यो आफैमा सह्रानिय छ । बेलैमा सरकारले सतर्कता अपनाएकोमा आम जनमानसवाट सरकारको सतर्कताको सह्राना समेत भएको छ ।
यद्यपी लकडाउनवाट मात्र कोरोना नियन्त्रण हुदैन जसका लागि पहिलो कुरा त आम जनताले सरकारले गरेको लकडाउन हाम्रै लागि हो ,हाम्रै जीवन रक्षाका लागि हो भन्ने सम्झेर पूर्ण रुपमा पालना गरेर घर भित्रै वस्न जरुरी छ भने अर्को कुरा सरसफाईमा सतर्कताका साथै दुर दराजमा रहेका जनतालाई कोरोनाबाट बँच्नका लागि सचेतना बाँड्न तथा सहानुभुति बाँड्न जनताले निर्वाचित गरेर पठाएका स्थानीय जनप्रनिधि ,नागरिक समाज ,भद्रभलाद्मी , सञ्चारकर्मी, राजनैतिक दल ,समाजसेवी,स्वास्थ्यकर्मी सवैको भुमिका यो विपतको घडिमा विशेष रहनु पर्ने हुन्छ । विपतको यो अवस्थामा एकले अर्काको खुट्टा तान्ने प्रबृत्ति भन्दा पनि सवै तह र तप्का हातमा हात साथमा साथ मिलाएर सहकार्यताको भावनाले कोरोना संग लड्नका लागि एकजुट हुनुपर्ने छ । सवैले आ आफ्नो ठाउँवाट कहाँ के कति गर्न सकिन्छ सो को भावनाले जनतालाई सहानुभुति दिन जरुरी छ यतिवेला । डाक्टरले सहानुभुति दियो भने विरामीको आधा रोग निको हुन्छरे त्यस्तै यतिवेला पहिलो कुरा त कोरोनाको त्रासले जीवन विताएका गाउँ गाउँका जनतामा सहानुभुतिको आवश्यक्ता छ । कोरोना हावाबाट उडेर आउँदैन ,कोरोनालाई गाउँ टोलमा भित्रन नदिन हाम्रै पहल जरुरी छ, नियमित सरसफाईलाई ध्यान दिए संक्रमणवाट बँच्न सकिन्छ ,कोरोना कमजोर भाइरस हो धेरै प्रतिरोधात्मक क्षमता भएकाले यो रोग संग सजिलै लड्न सक्दछन् , यदि तपाईहरुलाई कुनै समस्या भए हर पल तपाईहरुलाई पर्दा साथ दिने हामी छौ नआत्तिनुहोला भन्ने जस्ता सहानुभुति तथा चेतना यतिलेला गाउँ गाउँ पुगेर जनप्रतिनिधी तथा गाउँका गन्य मान्य र स्वास्थ्यकर्मीकले जनतालाई प्रकट गर्न जरुरी छ । गाउँको ,टोलको ,या त नगरको ,वडाको जान्ने बुझ्ने भनेर जनताले मानेको , जनताले चुनेको व्यक्तिहरु जनप्रतिनिधि तथा गन्य मान्यले यो बेला सहानुभुति बाँडेमा जनतामा कोरोना संग लड्ने आत्मबल बृद्धि हुनेछ ।
ग्रामीण स्तरमा सवै मान्छे बुझेका हुदैनन् , कतिले बुझेर त्रासमा छन् भने कतिपय कोरोनाका नाममा अनावश्यक फैलिएका भ्रमले पनि जनता त्रसित भएको अवस्था छ । गाउँघरमा हिड्यो भने यतिवेला स साना बालबच्चा देखि लिएर जेष्ठ नागरिक सम्म धेरैको मुखवाट यो बेला कोरोना लाग्ला नी ? भन्ने जस्ता शव्दहरु सुनिन्छन् यसवाट थाहा हुन्छ कोरोनाको त्रास बढेको छ तर सतर्कता अपनाए यसवाट बँच्न सकिन्छ भन्ने कुरा आम ग्रामीण समुदायका जनतामा बुझाउन जनप्रतिनिधि तथा भद्रभलाद्मी ताथ बौद्धिक बर्गको भुमिका विशेष रहन्छ । हामीले देखेका छौ स्थानीय प्रशासनले कोरोनाको जोखिमवाट जनतालाई सतर्कता अपनाउन आग्रह गर्दै लकडाउन पालना गराउन प्रहरी परिचालन गरेको छ भने ठाउँ ठाउँमा प्रहरीद्धारा कोरोना सचेतनाका माइकिङ्ग पनि गरिएको छ । प्रशासनको मात्र एकतर्फी प्रयासले यो कार्यमा उपलव्धी हासील गर्न सकिदैन । गाउँ गाउँ ,टोल टोलमा सचेतना फैलाउन स्थानीय तहका जनप्रतिनिधि , नागरिक समाज,पत्रकार,राजनैतिक दल सवैको भुमिका अहम हुनुपर्दछ ।
हामीले देखेका छौ प्यूठान जिल्लाका कतिपय स्थानीय तहहरुले कोरोना संक्रममणवाट आ आफ्नो वडा,पालिकाका जनतालाई बँचाउन आ आफ्नै तौर तरिकाका कार्ययोजनाहरु अघि सारेका छन् ती आफैमा सह्रायिन छन् । विदेशवाट आएकालाई विशेष निगरानी गर्ने , कुनै गाउँमा कुनै सन्त्रास फैलियो भने तत्काल गएर अवस्था बुझेर सचेतना अभिबृद्धि गर्ने , मास्क वितरण गर्ने ,आफ्नो वडा ,गाउँमा माइकिङ्ग गर्ने , टोल टोलका धाराहरुमा जनप्रतिनिधि र स्वास्थ्यकर्मी पुगेर हात धुन सिकाउने , दिनभर काम गरेर पाएको ज्यालाले साँझ खाने खर्च किन्ने अवस्थाका गरीव बर्गलाई खाद्यान्न उपलव्ध गराउने जस्ता कार्यहरु प्यूठानका कतिपय जनप्रतिनिधिहरुले अघि सारेका रचनात्मक योजना हुन् जसलाई जनताले मुल्यांकन गरिरहेका छन् । यो सकट अवस्थामा आ आफ्नो गाउँ तथा वडाका लागि आफ्नो जनप्रतिनिधिले कस्तो योजना अघि सार्यो ? कस्तो तौर तरिका अघि बढायो भनेर जनताले मुल्यांकन गर्ने बेला यहि हो । यतिवेला देख्न सकिन्छ कतिपय जनप्रतिनिधिहरु दिन रात के गर्न सकिन्छ भनेर गाउँ गाउँ पुगेको पनि देखिन्छ भने कतिपयलाई वास्ता व्यस्तै छैन । कतिपय जनप्रतिनिधिहरु जनताको भन्दा आफ्नो चीन्ता भने जस्तै गाउँ गाउँ जानु त परै जाओस घर भित्रको भित्रै बसेको पनि देखिन्छ । जनतालाई आइपरेको यो संकटकालिन अवस्थामा जनताले मानेको व्यक्तिले जनताको घाउमा मलम लगाउने व्यवहार गर्न नितान्त जरुरी छ ।
आफ्नो वडाको कुनै जनता विरामी परी अस्पताल जान पो सकेको छैन की ? या त खाने खर्च नभएर भोकै वसेको छ की ? यी यावत जनाताका समस्या देखि लिएर जनतालाई सतर्कता अपनाउन विशेष भुमिका खेल्न यो समयमा स्थानीय तहका जनप्रतिनिधि तथा बौद्धिक व्यक्तित्वको खाँचो छ । लकडाउनलाई व्यवस्थित गर्ने सन्दर्भमा शहर बजार तथा मुख्य स्थानमा त प्रशासनले प्रहरी परिचालन गर्ला तर गाउँ गाउँ सवै वस्ती वस्तीमा सधै प्रहरी पठाउन पनि सम्भव नहोला त्यसैले कुन गाउँको कहाँ लकडाउन पालना भएन भन्ने देखि लिएर जनताका समस्याका साथै वस्ती वस्ती देखि जिल्ला तह सम्म ,प्रशासन सम्म पूर्याउन पुलको काम यतिवेला जनप्रतिनिधिहरुले गर्न जरुरी छ । गरीव जनता जो दिन भर काम गरेर मात्र साँझ खाने खर्च लिएर आउदथे उनिहरुको यो अवस्थामा त्यस्ता गरीव बर्गहरुलाई राहत वितरणको उचित प्याकेजको योजना बनाउन जरुरी छ । राहत स्वरुप वितरण हुने सो खाद्यान्नका सामान वितरण प्रक्रिया नितान्त लक्षित वर्ग छनौट गरी न्यायोचित रुपमा वितरण गरिनु पर्दछ । “बोल्नेको पिठो विक्ने नवोल्नेको चामल नविक्ने “भने जस्तो गरीवका नाममा वितरण हुने यस्ता राहतका कार्यक्रममा पनि टाठावाठाहरुको बर्चश्व रह्यो भने त्यो भन्दा दुर्भाग्य केहि हुने छैन । कोरोना नियन्त्रण तथा राहत वितरणको यो अभियानमा गाउँ गाउँका भद्र भलाद्मी ,बुद्धिजीवी,समाजसेवी सवैलाई साथमा लिएर गाउँ गाउँ टोल टोलमा कोरोना सतर्कता केन्द्र स्थापना गरेर जनप्रतिनिधिहरुले नेतृत्व गर्दै अघि बढि गाउँ ,वडा,पालिका हुदै जिल्ला तह सम्म जोड्न जनप्रतिनिधिहरुले विशेष भुमिका खेल्नु यतिवेलाको आवश्यक्ता हो । तसर्थ संकटको यो विषय परिस्थितिमा आ आफ्ना समस्या मनमुटाव ,चित्त नबुझेका विषय या यी यावत जे जति विषय छन् सवै थाती राखेर सवै बर्ग एकजुट भएर सवैले आ आफ्नो ठाउँवाट विशेष भुमिका खेली कोरोना नियन्त्रण अभियानमा जुट्नु अहिलेको आवश्यक्ता हो ।
कमेन्ट गर्नुहोस !