बुधबार, कार्तिक ५, २०८३ | Wednesday 21st October 2026

दानवियता हैन मानवियता पेश गरौ …….


 

सन्तोष रोका

यतिवेला विश्व भरी नै महामारीको रुपमा फैलीएको कोरोनाको (ऋयखष्म ज्ञढ० विश्व युद्धमा हामी नेपाली पनी होमिएको छौ । यो विश्व युद्धमा कुनै एक जना नेपाली , कुनै एक जाती अनि कुनै धर्म र कुनै क्षेत्र विशेषको जितले मात्र हामी सफल हुन सक्दैनौ । हामी सवै नेपाली अनी हाम्रो देश नेपालले जित हासिल गरेमा मात्र हाम्रो कोरोना विरुद्धको लडाई सफल अनि सार्थक तुल्य पक्कै हुनेछ । यसको लागी यतिवेला सारा नेपालीहरुमा उच्च मनोवल सहित उच्च सर्तकता आवश्यक त छ नै ,,,तर तेतीले मात्र यो विश्व युद्ध हामिले जित्न सक्दैनौ । हरेक नेपालीहरुको फराकिलो मन सहितको मानवियता अनि एक अर्का विचको आत्मीयता सहितको सहयोग सदभाव नै अहिलेको विशेष आवश्यकता हो । यतिवेला हामी सवै आफनो आफनो ठाउमा विशेष उच्च सर्तकताको साथ वसेको छौ भौतिक शरिरको दुरी पक्कै यतिवेला हामी सवैको टाढा छ तर मनको दुरी भने अहिले एकदम नजिक राखी हामी सवै एक अर्काको परिपुरक वन्न सक्नु पर्दछ । कोरोना लाई परास्त गर्ने मुख्य आधार नै यहि हो ।
हामी आजभोली दैनीकी सुन्ने गरेको पनी छौ दैनीकी उपभोग्य सामानको मुल्य दोव्वर भयो , उपभोग्य सामाग्रीको अभाव भयो ,भोकमरीले जनजिवन आक्रान्त भयो , उपचार नपाएर मानिसहरुको विचल्ली भयो , भ्रष्टचार मौलायो मरेका मान्छे हरुको मलामी जाने मान्छे भएनन,यी यावत कुराहरु कति सत्य कति निराधार होलान तर यी र यस्ता कुराहरु पक्कै पनी अहिले महत्वपुर्ण विषय वनेको छन । यस्तो संकटको घडीमा यस्ता कृयाकलाप यस्ता गतिविधी मौलाउनु अतयन्त निन्दनिय घोर अपराध हो । मानविय हैन दानविय व्यवहारको पराकाष्ट हो । हाम्रो जस्तो विकासोन्मुख देशमा पक्कै पनी हामी प्रर्याप्त श्रोत साधन अनी प्रविधीमा अरु विकाशिल देश भन्दा धेरै पछाडी छौ । भोली एउटा सानो गल्तीले एउटा सानो कम्जोरीले यो महामारी विकराल वन्दै गएमा महामारी हाम्रो अधिन भन्दा वाहिर जानेछ र हामी कोहि पनी यो महामारी वाट अछुतो रहन सक्ने अवस्थामा हुनेछैनौ ,अहिलेको यो विषम परिस्थितीको माध्ययम लाई गलत तरीकाको फाइदा उठाउने हेतुले हामी आफु अनी आफनो परिवार फस्टाउन चाहने हरु वैलैमा गम्भीर वनौ आफनो मन लाई सोधौ ,,आफु भित्र रहेको दानवियता हैन मानवियता लाई जग्जगाऔ के अरुको मन रुदा हामी आफु खुशिले वाच्न सकौला रुरुरुरु आफु भित्र रहेको मानवियता लाई तिलान्जली दिई स्वार्थ र प्रलोभनको वाटो हामी रोज्दै गर्दा के हामी लाई भोली ति समाज ति समुदाय नचाहिने हो र रुरुरु भनिन्छ नि जिउदाको जन्ती मर्दाको मलामी भने झै हामी वाचुन्जेल एक अर्काको परिपुरक वनेर वस्न सक्नु पर्दछ ।
हाम्रो घरमा चुलो वल्दै गर्दा अरुको घरमा चुलो वल्यो कि वलेन भनेर हामी हेक्का राख्न सक्नु पर्दछ । भोली हाम्रो अमानविय कृयाकलापले गर्दा कुनै समुदाय कसैको घर परिवार तहस नहस हुने अवस्था आएमा तेस्को जिम्मेवार त हामी पक्कै हुनु पर्दछ नै , तर जिम्मेवार भएर मात्र मनमा शान्ति पक्कै हुने छैन हामी प्रायश्चीत समेत गर्न पाउने छैनौ । हामी मरेतुल्य सावित हुनेछौ । यो संकटको घडिमा नकरात्मक कृयाकलाप नकरात्मक सोच अनावश्यक टिकाटिप्पणी तथा अफवाहको पछि लाग्नु भन्दा पनी सकरात्मक उच्च मनोवल सहित सकरात्मक व्यवहार सहित सर्वश्रेष्ठ प्राणिको हैसियतले मानवियता आ-आफनो ठाउ वाट सवैले पेश गरौ । जहा वाट जे गर्न सक्छौ आफनो भुमिका पेश गरौ । अहिले कोरोना विरुद्धको लडाई लड्न मैदानमा उत्रिएका देशभक्त नेपालीहरु सवै लाई हौसला कायम उनीहरुको मनोवल कत्तिपनी डगमगाउन नदिऔ , हामी पनी उनीहरु संगै रहेको आभाष दिलाऔ यो लडाई हामी सवैको लडाई भएको हुदा मैदानमा उत्रिएका सिपाहिले मात्र लडेर हामी यो जित सुनिश्चीत गर्न सक्दैनौ हामी सवैले आफनो आफनो ठाउ वाट साथ सहयोग संगै मैदान वाहिर वाट आफु लाई पनी यो कोरोना विरुद्ध लड्ने सिपाहिको रुपमा अगाडी वढाऔ । यतिवेला आफु र आफनो सिमित परिवारको वारेमा मात्र सोचेर हैन सिंगो देशको वारेमा सोचौ ,,,तेसैले यो घडीमा दानवियता हैन सवैले मानवियता पेश गरौ ………

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top