
संगीता सुवेदी
अवसर छ, घरमै बसी देखाउने देश भक्ति
हिडडुल र भिडभाडको छोडेर आशक्ति
शरीर टाढा राखौ तर छोटो पारौं मनको दुरी
प्रकृतिको विरुद्ध गइ नदेखाउ है बहादुरी
योगा गरौं, पुस्तक पढौ, नयाँ योजना बुनौ
आलोचना पछी गरौंला अहिले सरकारको सुनौ
संगीत सुनौ, शान्त बनौं , रहौ सुरक्षित र सतर्क
सत्य समाचार सुन्ने गरौं छोडेर तर्क बितर्क
आत्मसम्यम, सहि खानपान अनि सरसफाइ
हतियार यिनै हुन् अनि यो रोगको दबाइ
बग्ने मात्र पानी होइन सिकौं ताल झै जम्न
आफैं भित्र प्रवेश गरि सधैं आफैं संग रम्न
बलियो राखौं मनलाइ डग्न नदिउ इच्छाशक्ति
अवसर छ है घरमै बसि देखाउने देशभक्ति
लेखक नेपाल सरकारका अधिकृत कर्मचारी हुनुहुन्छ ।
कमेन्ट गर्नुहोस !