शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

स्वर्गद्धारी प्युठान महोत्सवबाट के आशा गर्ने ?


सुशील पोखरेल
प्यूठानमा यतिवेला फेरी महोत्सवको सरगर्मी चलेको छ, त्यसो त बिभिन्न उद्धेश्य र नारा लिएर बिगत केही बर्षयता थालिएका महोत्सवले देशैभरी फेशनको रुप लिंदै आएका छन् । यही शिलशिलामा प्यूठान उद्योग बाणिज्य संघको अगुवाईमा आउदो फागुन ८ गतेदेखी हुने महोत्सवका लक्ष्य, उद्धेश्य, यसका आकर्षण र कार्यशैलीका वारेमा बौद्धिक बर्गबीच चासो बढेको छ ।
निश्चय नै अदभूत पर्यटकीय संभावना बोकेको सातधाम मध्येको एक महत्वपूर्ण पर्यटकीय स्थल स्वर्गद्धारी हो । यसैको नाम टेकेर कृषि, उर्जा, कलासंस्कृति र पर्यटन क्षेत्रको संबर्धन गर्ने उद्धेश्यका साथ प्यूठान प्यूठान उ.वा संघले २०६५ सालदेखी महोत्सव संचालन गर्दै आएको छ, त्यसरी हेर्दा यो चौथो महोत्सव हो । १० बर्षको अवधीभित्र तीन बर्षको अन्तरालमा ३ पटक सम्पन्न भएका बिगतका महोत्सवबाट जिल्लाले के पायो ? के गुमायो ? त्यसको समिक्षा पनि हुँदै आएका छन् तर दुखको कुरा महोत्सवप्रतिको बुझाइमा स्पष्ट दृष्टिकोण बन्न नसक्दा महोत्सवको नाम दिएर बिभिन्न ब्यक्ति र समुहको आयोजनामा बर्षेनी रमाइलो मेला वा हाटबजार मेला जस्ता गतिबिधि हँुदैगर्दा महोत्सवको गरिमा घट्ने अवस्था सृजना भइरहेको छ यो दुखको कुरा हो ।
बास्तवमा महोत्सव भनेको महापर्व हो । सत्धजपूर्वक गरिने उत्सव हो । मुलुकको आर्थिक समृद्धिमा सरकारी, सहकारी र नीजी क्षेत्रको भूमिका नै प्रधान बनिरहेको बेला निजी क्षेत्रले जिल्लाका सवै सरोकारवालाहरुलाई जिम्वेवारीबोध र अपनत्वबोध गराउन सक्ने गरी जुरुक्क उठाउन सक्यो भने मात्र महोत्सवको उपादेयता रहन्छ । नीजी क्षेत्र सरकारको सहयोगी अंग बनिरहेको परिपे्रक्ष्यमा बिकास र समृद्धिका लागि स्थानीय समुदायलाइ जागरुक बनाउने र नयाँ जागरणका साथ सरकारको ध्यानाकर्षण गराउन सक्ने हो भने महोत्सव जिल्लाको बिकासमा एक कोशेढुंगा बन्न सक्छ । त्यसैले आसन्न महोत्सवलाई बिगतका अभ्यासबाट पाठ सिक्दै त्रुटिरहित बनाउन र यसको औचित्य पुष्टी गर्नेगरी कार्यक्रम सफल पार्न आयोजक सामु कैयन चुनौती छन् । यसैले यी चुनौतीबाट उठ्दै , महोत्सवका नाममा भित्रिएका गलत प्रबृति र संस्कृतिलाई चिर्दै जनताको खल्ती रित्तिने पैसा बाहिरिने अनि छाडा तथा गलत संस्कृति भित्रिने दिशामा होइन की आयोजकले लक्षित गरेअनुसारको नारा तर्फ नै महोत्सव केन्द्रित हुनुपर्छ तवमात्र यसको सान्दर्भिकता रहन्छ भन्ने हामीलाई लाग्छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top