शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघद्धारा नगरप्रमुख कक्षपती सम्मानित


रमेश गिरी
प्युठान,३ माघ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ ५ न प्रदेशले प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतीलाई सम्मानित गरेको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश न। ५ को दोस्रो वार्षिक साधारण सभाले ५ नम्वर प्रदेशका १२ वटा जिल्लामा रहेका स्थानीय सरकार मध्ये प्युठान जिल्लाको मध्ये क्षेत्रमा अवस्थित प्युठान नगरपालिकाको प्रमुख जस्तो गरिमामय पदमा निर्वाचित भई सामाजिक सेवामा पुराएको योगदान , आफुले गरेको समाजसेवा वाफत पाउने पारिश्रिक समाजमा रहेका विपन्न ,गरिव, दिनदुखी ,असाय तथा सामाजिक रूपमा पछाडि परेका वर्गहरूलाई वितरण गरि लोकप्रिय काम गरि समाजसेवा गरेकोले उहाँको उच्च मुल्यांकन गरि ५ न ।प्रदेशको दोस्रो वार्षिक साधारण सभाले प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतीलाई सम्मानित गरेको हो ।
गुणस्तरीय उत्पादन ,मर्यादित व्यापार ,नीति निर्माणमा पहुँच र सांगठनिक आधार भन्ने नारा सहित नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको दोस्रो साधारण सभा माघ ३ गते देखि ४ गतेसम्म ठाकुरद्धारा बर्दियामा संचालन भएको छ । कार्यक्रमका प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष मनोहरि वस्यालले पेशागत हक र व्यवसायीक सुरक्षालाई ख्याल गर्नु पर्ने, हाम्रो प्राकृतिक सम्पदा, राष्ट्रिय व्याक्तित्व, एेतिहासिक सम्पदाहरूको बारेमा लेखिएका पुस्तकहरू भन्दा विदेशी संस्कार तथा विदेशी प्रकाशकहरूका पुस्तकहरू बढी प्रयोगमा आएकोले यस विषयमा विशेष ख्याल गर्नु पर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रमका विशेष अतिथि प्युठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतीले सभालाई सम्वोधन गर्दै व्यवसायीहरूले नेपाल पुस्तक व्यवसायी महासंघसंग धेरै अपेक्षा राखेका छन , यो छाता संगठनले दरिलो भएर एकढिक्का भई अगाडि बढन महासंघका पदाधिकारीहरूसंग आग्रह गर्नु भएको छ । तपाईहरूले मलाई गरेको सम्मानले मलाई अझै जिम्मेवारी बढेको महशुस भएको छ भन्ने धारणा राख्नु भएको थियो । दोस्रो साधारणको सफलताको शुभ९कामना कर्णाली प्रदेशका सचिव शेर बहादुर केसी,केन्द्रीय सदस्य बुद्धि प्रकाश अधिकारी , पुर्व अध्यक्ष हरि अर्याल ,कृष्णराज पाण्डे लगायतका वक्ताहरूले शुभ कामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता ५ नम्वर ५ का अध्यक्ष वसन्त लामीछानेले गर्नु भएको थियो भने संचालन सचिव द्रोण प्रसाद भुसालले गर्नु भएको थियो । महासंघको प्रगतिप्रतिवेदन र आर्थिक प्रतिवेदन बन्दशत्रमा छलफलको लागि प्रस्तुत भएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top