शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

दुर्गम गाउँ दाङवाङमा निशुल्क महिला स्वास्थ्य शिविर


९३ जना महिलाको चेकजाँच
सागर रिजाल
प्युठान, २९ मंसिर ।
जिल्ला स्वास्थ्य कार्यालय प्युठानको आयोजनामा एक दिने निशुल्क महिला प्रजनन स्वास्थ्य शिविर ऐरावती गाउँपालिका–१ दाङवाङमा सञ्चालन भएको छ । शिविरमा महिलाहरुको पाठेघर खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर तथा पिसाव चुहिने (फिस्टुला) समस्याको स्क्रिनिङ तथा उपचार गरिएको छ । अझै पनि धेरै महिलाहरुले आफुमा भएको रोगहरु लाज र संकोचका कारण लुकाउदा यसले बिकाराल समस्या निम्ताउने गरेको छ । आफुमा भएको समस्यालाई चेकजाँच नगर्दा समस्या आउने गरेको छ । यसैलाई मध्यनजर गरेर जिल्लाको दुर्गम ठाउँ दााङवाङमा स्वास्थ्य चौकीमा महिला स्वास्थ्य शिविर गरिएको हो ।
९३ जना महिलाले लिए सेवा
एक दिन चलेको शिविरमा ९३ जना महिलाले आफनो स्वास्थ्य जाँच गराएका थिए । डा. शान्त बहादुर रोकाको नेतृत्वमा आएको पाँच जना चिकित्सकको टोली र दाङवाङ स्वास्थ्य चौकीमा कार्यरत डाक्टरहरुको उपस्थितीमा महिलाहरुको प्रजनन् सम्बन्धी देखा परेका विभिन्न समस्याहरु चेकजाँच गरिएको थियो । जसबाट पाँच जना महिलाको पाठेघर खसेको समस्या देखा परेको थियो । यस्तै तीन जनामा (भिआर) रियाक्टिभ समस्या, एक जनामा पिसाब चुहिनि समस्या देखा परेको डा. रोकाले बताए । यसैगरी तीन जना महिलालाई गर्भनिरोधका लागि ईनप्लान्ट प्रदान गरीएको थियो भने एक जनालाई आईयुसिडिको सेवा दिईएको उनले बताए ।
उक्त शिविरमा ३० वर्ष देखि ६० वर्ष उमेर समुहका महिलाले आफनो प्रजनन् सम्बन्धीे स्वास्थ्य जेकजाँच गराएको दाङवाङ स्वास्थ्य चौकीका अनमी पार्वता पौडेलले जानकारी दिईन् । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष केशव आचार्यको अध्यक्षमा भएको शिविरमा सहभागि महिलाहरुले खुलेर जाँच गराएका थिए ।


महिलामा कस्ता लक्षण भेटिए त ?
शिविरमा उपचारमा आएका महिलाहरुमा सेतोपानी बग्ने, तल्लो पेट दुख्ने जस्ता लक्षण भेटीएको उपचारमा संलग्न जिल्ला अस्पताल प्युठानका नर्सिङ अधिकृत राधा जिसीले बताईन् । सानै उमेरमा बिबाह गर्ने, धेरै सन्तान जन्माउने, उचित खानपान र आरामनहुनु लगाएत कारणले महिलाहरुको प्रजजन स्वास्थयमा समस्या देखिने गरेको छ ।
परिवारका सदस्यबाट माया तथा हेरचाह नपाउनु, नियमित स्वास्थ्य जाँच नहुनु, शरिरीक सरसफाई नहुनु जस्ता कारणले गर्दा यौन तथा प्रजनन् स्वास्थ्य समस्या देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । आफुलाई भएको स्वास्थ्य समस्याका बारेमा सुरुमा नै खुलेर कुरा नराख्दा त्यसले पछि जटिल रुप लिने भएकाले रोग लुकाएर नबस्न चिकित्सकले महिलाहरुलाई सुझाब दिएका छन् ।
महिलाहरु खुसी
जिल्लाको दुर्गम क्षेत्र मानिने दाङवाङमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदा यस क्षेत्रका महिलाहरु खुसी भएका छन् । महिला सम्बन्धि समस्याहरु चेकजाँचकै लागि विजुवार,वुटवल लगाएतका क्षेत्रमा जानुपथ्र्यो स्थानिय भिमा आलेले भनिन,–‘ महिलाहरुलाई लक्षित गरि घरआगनमै स्वास्थ्य सेवा पाउँदा हामीहरु खुसी भएका छौँ ।’ आगामी दिनमा समेत यस्ता शिविरहरु सञ्चालन गर्नुपर्ने उनले बताईन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top