शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

नवनिर्वाचित वडा अध्यक्षद्धारा सपथ ग्रहण


सागर रिजाल
प्युठान, १८ मंसिर ।

गत मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा निर्वाचित वडा अध्यक्षहरुले सफद खानुभएको छ । ऐरावती गाउँपालिका वडा नम्बर एक दाङवाङमा निवर्नचित द्रोण प्रसाद पाण्डे र वडा नम्बर दुई वरौलामा निवार्चित भिमेश कुमार घर्ति मगरलाई गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले सपथ खुवाउनुभएको भएको हो । जिल्ला समवन्य समिति प्युठानका उपप्रमुख पदम थापा, गाउँपालिकाका उपाध्यक्ष बृद्ध बहादुर बस्नेत, प्रमुख प्रसासकिय अधिकृत मणिराम खराल, गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी लगाएतको उपस्थितीमा सपथ ग्रहण कार्यक्रम भएको थियो । सपथ ग्रहण संगै उहाँहरुले रिक्त रहेको वडामा कार्यभार समाल्नुहुनेछ ।


वडा नम्बर एकका पाण्डेले ६ सय ९६ मत प्राप्त गरी विजयी हुनुभयो भने नेपालि कांग्रेसका अमर रेस्मी मगरले छ सय ८७ मत प्राप्त गर्नुभएको थियो । नौ मतान्तरले उहाँ विजयी हुनुभएको थियो । यस्तै वडा नम्बर दुईका घर्ति मगरले आठ सय ५५ मत प्राप्त गर्नुभएको थियो । निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनमोर्चाका भक्त बहादुर बिकलाई तीन सय ५१ मतले पछि पार्दै घर्तिमगर विजयी हुनुभएको हो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top