शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

२६ वर्ष भारतमा बिताएका खत्री  गाउँ फर्केर तरकारी खेतिमै रमाउँदै 


सागर रिजाल 
प्युठान,१० मंसीर । 
गौमुखी गाउँपालिका– ४ पुजाँका हेरमबहादुर खत्री १७ वर्षको उमेरमा मजदुरीका लागि भारत जानुभयो । पारिवारिक आर्थिक अवस्था कमजोर भएका केसी साक्षरता सम्मको अध्ययन गरि भारतमा जानुभएको थियो । २६ वर्ष उहाँले भारतमै मजदुरी गर्नुभयो । तर लामो समयसम्म भारत बस्नुभएका उहाँ गाउँमै केहि काम गर्नुपर्छ भन्ने मनोभावना बनाएर गाउँ फर्कनुभयो । गाउँमा फर्किसकेपछि उहाँ हाँल तरकारी खेति गर्दै आउनुभएको छ । ०७२ साल असार देखी ५० बोट काक्रा खेतिबाट उत्पादन क्षेत्र सुरु गरेको बताउनुभयो । ०७३ सालमा आफ्नो १२ हजार रुपिँया र मा युएस.ए.आई.डी को सहयोगमा टनेल निर्माण गरि टमाटर, बन्दा, काउली लगाएतको खेति सुरु गरेको खत्री बताउनुहुन्छ ।
चार रोपनी जग्गामा तरकारी खेति
लामो समयसम्म अर्को देशमा काम गरे, खत्री भन्नुहुन्छ,–‘भारत छाडेर आफ्नै ईच्छा अनुसार तरकारी खेति सुरु गरेको छु । ’ श्रीमती, एक छोरा र एक छोरी भएका खत्रीले हाँल चार रोपनी क्षेत्रफलमा तरकारी उत्पादन गर्नुभएको छ । हाँल उहाँले टमाटर, बन्दा, काउली, लसुन, प्याज, साग,सिमी, आलु, मुला, खुर्सानी लगाएतका तरकारी बालीहरु उत्पादन गरेको बताउनुभयो । तरकारी उत्पादनका लागि किसान परियोजना मार्फत प्राविधिक सहयोग समेत पाएको उहाँले बताउनुभयो । साथै तरकारी उत्पादनमा सहयोग पुग्ने उदेश्यले आफ्नी छोरीलाई कृषि पढाएको समेत उहाँले बताउनुभयो ।


बार्षिक एक लाख ५० हजार आम्दानी
५० वर्षिय खत्रीले उत्पादन गरेको तरकारी पछिल्लो समय फस्टाउदै गएको छ । जिल्लाको दुर्गम क्षेत्र मानिने पुजाँमा तरकारी उत्पादन बाटै उहाँले बार्षिक एक लाख ५० हजार रुपिँया आम्दानी गर्दै आएको खत्रीले बताउनुभयो । उहाँले उत्पादन गरेको तरकारी गाउँ संगै ठूलाबेसी बजार, झिमरुक गाउँपालिकाको मच्छी र प्युठान नगरपालिकाको बाग्दुलासम्म खपत हुने गरेको छ । तरकारी खेतिबाट भएको आम्दानीले घरपरिवार चलाउनुका साथै , छोरीलाई कृषि र छोरा कक्षा १० मा पढाउदै आउनुभएको छ खत्रीले । तरकारी खेतिमा श्रीमती जीवा खत्रीको साथ पाएको उहाँले बताउनुभयो । मनमा आट भएपछि जे पनि गर्न सकिन्छ । उहाँ आफु जस्ता यूवाहरु विदेशी भूमिमा पसिना बगाउनुभन्दा स्वदेशमै केहि गनुपर्ने बताउनुहुन्छ । उ समयमा कसैले निर्देशन दिएनन्, खत्रीले भन्नुभयो,–‘अहिले पछुताएर गाउँ फर्किए । ’ उहाँ भन्नुहुन्छ नयाँ पुस्ताहरु देश बाहिर नजानुस आफ्नै ठाउँमा काम गर्नुस । खत्री दम्पतीले तरकारी खेति संगै बाख्रा र एउटा भैसी समेत पालेको बताउनुभयो ।

सिँचाईका लागि पानीको श्रोत नहुँदा चुनौति
खत्रीलाई तरकारी खेतिमा सिँचाईले चुनौति दिएको छ । गाउँमा पानी नभएपछि तरकारी उत्पादनमा समस्या आएको खत्रीले बताउनुभयो । उहाँ तरकारी सिँचाईका लागि दैनिक बिहान तीन बजे उठनुहुन्छ । खानेपानी टंयाकीको ओभरफुल पानी जम्मा गरेर तरकारी सिँचाई गरेको खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो,–‘ सिँचाईको असुविधाले तरकारी उत्पादन वृद्धि हुन सकेको छैन् ।’ गाउँमा सिँचाईका लागि प्रसस्त पानी हुने हो भने तरकारी खेति फस्टाउने उहाँको भनाई छ । त्यस्तै बर्खा सिजनमा गाउँसम्म सवारीसाधन नपुग्नाले ढुवानीमा समस्या भएको खत्रीले बताउनुभयो । तरकारी खेतिका लागि यी दुई समस्याले आफुलाई अफ्ठेरो बनाएकाले सम्बन्धित निकायले ध्यान दिन उहाँले आग्रह गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top