
सागर रिजाल
प्युठान ९ मंसिर ।
लंैगिक हिंसा विरुद्धको १६ दिने अभियान प्युठानमा पनि सुरु भएको छ । समानताको पुस्ता ः बलत्कार विरुद्धको ऐक्यवद्धता भन्ने मुल नाराका साथ मल्लरानी गाउँपालिकाको आयोजना तथा संयुक्त राष्ट्र संघिय जनसंख्या कोष (युएनएफपिय) को आर्थिक सहयोगमा अभियानको शुरुवात गरिएको हो । अभियानका क्रममा महिला कर्मचारीको दौड प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा २६ जना महिला कर्मचारीहरु सहभागी भएका थिए । खंलगा बसपार्क देखी सुरु भएको दौड जिल्ला प्रशाशन हुँदै बजार परिक्रमा पछि बसपार्कमै पुगेको थियो । दौडमा उत्कृष्ट हुनेलाई आयोजकले पुरुस्कारको व्यवस्था गरेको थियो । जसमा प्रथम मल्लरानी गाउँपालिकामा कार्यरत अमिन पार्वता खड्का, दृतिय गाउँपालिकाकी कम्प्युटर अपरेटर तिर्सना थापामगर र तृतिय मालपोत कार्यालय खंलगामा कार्यरत चम्पा पौडे्ल भएका थिए । दुई हजार तीन सय मिटर दौड क्रमश १५,१६ र १७ मिनेटमा पार गरेका थिए । दौडमा प्रथम,दृतिय र तृतिय भएका प्रतियोगिलाई क्रमश दुई हजार, एक हजार पाँच सय र एक हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

तस्बिर ः दौड प्रतियोगितामा दायाँबाट क्रमश प्रथम,दृतिय, तृतिय महिला कर्मचारी
त्यस्तै अभियानकै अवसरमा महेन्द्र माध्यामिक विद्यालय खंलगा देखी पार्टीचोक हुदैँ जिल्ला समन्वय समितिको सभाहल सम्म विभिन्न नाराहरु सहित ¥याली गरिएको थियो । ¥यालीपछि मल्लरानी गाउँपालिका अध्यक्ष अमरध्वज रानाको अध्यक्षता तथा माननिय न्यायधिस विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्यतामा कोणसभा कार्यक्रम गरिएको थियो । कार्यक्रममा जिल्ला न्यायधिस गौतम, मानव अधिकारकर्मी पार्वता आचार्य र सहयोगी संस्था संयुक्त राष्ट्रिसंघीय जनसंख्याकोष (युएनएफपिय) का जिल्ला कार्यक्रम विज्ञ प्रेमनारायण श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । जिल्लामा अभियानका क्रममा १६ दिन सम्म विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने जनाईएको छ । कार्यक्रममा कार्यक्रममा बोल्ने बक्ताहरुले यस्ता अभियानले महिला हिंसामा कमि आउने बताएका थिए । कार्यक्रममा बिभिन्न सरकारी तथा गैर सरकारी संघसस्थाका प्रतिनिधी, सुरक्षा कर्मी, महिला, स्वयमसेबिका, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
सन् २०१० देखी युएनएफपिय
१६ दिने अभियानलाई सहयोग गरेको युएनएफपिय संस्थाले जिल्लामा सन् २०१० देखि काम गर्दै आएको छ । तत्कालिन जिल्ला विकास समिति तथा अन्य विभिन्न सरोकारवाला संघ संस्थासंग सहकार्य र समन्वय गरी परिवार नियोजन शुन्यमा झार्ने, रोकथाम गर्न सकिने मातृ मृत्युदर शुन्यमा झार्ने, लैंगिक हिंसा तथा समाजमा विद्यमान वालविवाह, छाउपडि प्रथा जस्ता हानिकारक विषयहरुलाई अन्त्यगर्ने तीन रुपान्तकारी लक्ष्यहरुका साथमा काम गरिरहेको संस्थाका कार्यक्रम विज्ञ श्रेष्ठले बताए ।
कमेन्ट गर्नुहोस !