शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

चुनावी तालमेल भ्रम र बास्तबिकता


हिजो आजका कुरा …..
ईमानसिंह भारती
मुलुकमा तिन प्रकारको चर्चाले यति बेला बजार पाएको छ । प्रथम लिपुलेक, कालापनि दोस्रो सरकारका पछिल्ला गतिबिधि र मन्त्री फेरबदल तेस्रो उप–निर्वाचन । सरकार प्रमुखको हैसियत बाट पहिलो पटक आफ्नो मिचिएको जमिन बाट सेना फिर्ता लैजाउ भन्ने प्रधानमन्त्री के पि ओलिले मुख खोल्नु भएको छ । आपसि कुटनीति र राजनीति संवादबाट समस्या समाधान हुनेछ नभएमा अन्तराष्ट्रियकरण हुनेछ । दोस्रो सरकारले कानुन राज्यको प्रत्याभुति प्रदान गर्दैछ । जुन कानुन भन्दा माथि केही हुदैन भन्ने कुरा सावित हुदै छ । साथै प्रधानमन्त्रिको दुई बर्ष संघियतालाई संस्थागत गर्न र कानुन निर्माणमा बितेको छ । अव मन्त्रिमण्डल फेरबदल गरेर भएपनि दुइतिहाईको अनुभुति जनताले पाउनेगरी आफ्नो गतिबिधि प्रधानमन्त्रिले अगाडी बढाउदै हुनुहुन्छ । तेस्रो यहि मंसिर १४ गते उपनिर्वाचन हुदै छ । प्रतिनिधि सभा प्रदेश सभा र स्थानिय तहमा हुने निर्वाचनले यतिबेला प्यूठानलाई पनि तताएको छ । यसैबारे चर्चा गर्न गएको छु ।
प्रथमत लामो समय देखि राष्ट्रिय जनमोर्चा र तत्कालिन एमाले र माओबादी हालको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बिच चुनावी तालमेल हुदै आएका छन । २०४९ सालमा नेकपा मसालको जनबर्गिय संगठन अखिल नेपाल किसान संघको नामबाट चुनावमा भाग लिदै एमाले, संयूक्त जनमोर्चा संग जिल्ला बिकास समितिको सभापति कर्ण ध्वज के सी हुदा सम्म चुनावी तालमेल भएको पहिलो सुरुवात हो । तत्कालिन मसालको पक्षबाट मैले पनि धेरै बार्ता छलफल गरेको थिए । त्यसपछि पनि स्थानियमा मात्र होइन संसदिय निर्वाचनमा समेत तालमेल भएका छन् । एमाले २०५६ को संसदिय निर्वाचनमा प्यूठानका दुवै क्षेत्रमा राजमोलाई समर्थन गरि हरि आचार्य र नवराज सुवेदीलाई जित्ने बातावरण सिर्जना गरेको थियो ।
गएको २०७४ को स्थानिय चुनावमा पनि ४७ दिन सम्म लामो छलफल तत्कालिन एमाले र राजमो बिच भएको थियो । मुलत स्वर्गद्धारी, जुम्रिकाढा, पुजाँका ३ ओटा वडामा सहमति हुन नसक्दा ४७ दिन सम्मको लामो छलफलले सुन्य हात पार्यो जसले गर्दा चुनावी बाताबरण नै बिग्रियो । जुन रफ्तारमा चुनावी प्रचार प्रसार भएको थियो त्यसलाई बे्रक लगाउदाँ मुलत एमालेलाई धेरै नोक्सानी प–यो र त्यो लामो समय सम्म भएको सुन्यताले प्यूठानको बामपन्थी भन्ने भुमी केही गाँउपालिका सहित वडाहरु गुमे । निकै कमजोर उपस्थिति रहेको नौबहिनि गाउँपालिकामा एमालेले राजमोलाई उपाध्यक्षमा सहयोग गर्ने गरी गरिएको तालमेल प्रतित्पादक भयो । तत्कालिन एमालेका कार्यकर्ताले स्वर्गद्धारी, जुम्रिकाढा र पुजामा निर्वाचनमा बिजय प्राप्त गर्दा नेतृत्वलाई समेत मनोबैज्ञानिक ग्लानि भएको छ । २०७४ मै भएको संघिय संसद र प्रदेश संसदको निर्वाचनमा वर्तमान प्रधानमन्त्री उदार हुन भएकै हो । राप्रपा लाई झापामा, नेमकिपा लाई भक्तपुरमा, तराइ मधेशका केहि नेताहरुलाई सुर्य चिन्ह, प्यूठान र बाग्लुङमा राजमोलाई सहयोग पुग्ने गरी आफ्ना उम्मेदवार खडा नगरेको इतिहास ताजै छ । त्यसकारण ठुलो हृदयका साथ चुनावी मैदानमा पुगेकै कारण लामो समयको राजनीति अस्थिरतालाई चिर्न बर्तमान नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सफल भएकै हो ।
यतिबेला प्यूठानको ३ ओटा वडामा निर्वाचन हुदैछ । तिन ओटा मध्ये ऐरावतिको २ नं. वडा बरौलामा राजमोलाई सहयोग गर्न र बाकी वडाहरुमा नेकपालाई सहयोग पुग्नेगरी नेकपाको केन्द्रिय नेतृत्व र राजमोको केन्द्रिय नेतृत्वले तय गरेछ । त्यसमा पनि विषेश गरी बाग्लुङ जिल्लामा प्रतिनिधि सभा क्षेत्र नम्वर २ को ख मा प्रदेश सभाको निर्वाचनमा राजमोलाई सहयोग गर्ने केन्द्रिय नेतृत्वले निर्णय गर्नु उचित थियो होला तर प्यूठानको पनि वडा बारे दुवै दलको स्थानिय कमिटिले नै निर्णय गर्नु पर्दथ्यो भन्ने नेकपाको बुझाई छ त्यसैले नेकपाको जिल्ला नेतृत्व वार्ता छलफल मै थियो । तिन ओटै वडाको बास्तबिकता केहो त कस्को अवस्था कस्तो हो ? यसबारे तथ्यांकले यसो भन्छ ।
प्यूठान नगरपालिका वडा नं. २ दाखाक्वाडीमा तत्कालिन एमाले एक्लैले ८ सय २५ मत प्राप्त गरेको थियो भने रा.ज.मो, ने. का र तत्कालिन माओबादीको चुनावी गठवन्धन थियो । गठबन्धनमा रा.ज.मो.का हरि बि.एम अध्यक्ष, महिला सदस्य र दलित सदस्य ने.का र दुइ खुल्ला सदस्य माओवादीले लिएर चुनावी मैदानमा पुग्दा ५ सय ४५ मत प्राप्त भएको रहेछ । त्यसपछि तत्कालिन वडा अध्यक्षका उम्मेदवार हरी बिएम सहित ठुलो संख्यामा राजमो परित्याग गरि अहिले नेकपामा समाहित भएका छन् भने एमाले र माओबादी बिच पार्टी एकिकरण गरि तल्लो तह सम्म एकिकृत कमिटी निर्माण भएका छन् ।
यसै गरी ऐरावतीको वडा नम्वर १ को दाङवाङमा २०७४ को स्थानिय निर्वाचन पछि २१ मतदाता थपिएर २ हजार ४ सय ७३ मतदाता पुगेका छन् । त्यतिबेला नेपाली काग्रेसले १ सय २७ मत प्राप्त गरेको थियो भने एमालेले २ सय ४५ माओवादीले ६ सय ३८ र राजमोले ४ सय ५६ मत प्राप्त गरेका थिए । यसैगरी ऐरावतीकै वडा नं. २ बरौलामा नया २ सय ६८ मतदाता थपिएर २ हजार ५ सय ५३ मतदाता पुगेका छन् । तत्कालिन २०७४ मा ने.का ले ३ सय ११, एमालेले २ सय ४५, माओवादीले ४ सय २६ र राजमोले ४सय ३७ मत प्राप्त गरेका थिए । त्यसकारण सबै भन्दा कम ११ मतले बिजयी हुन बाट बञ्चित बरौलाका तत्कालिन माओबादीका उम्मेदवार भिमेश कुमार घर्तिमगर हुन । उनको १ सय ४५ मत समेत बदर भएका थिए । उनि शिक्षक पेशा बाट राजिनामा दिएर उम्मेदवार भएका समाजिक अगुवा कार्यकर्ता मानिन्छन् । जनजाति महाँसंघ प्यूठानका कार्यबाहक अध्यक्ष समेत रहेका घर्तिमगरले २ बर्ष अगाडीको घाउमा मलम पट्टी लगाउन आतुर थिए तर उनको घाउमा मलमपट्टी होइन नुनचुक छर्के जस्तो काम भएको अनुभुती उनले बताउछन् । उनि प्राविधिक कारणले निर्वाचनमा पराजय भए पनि नियमित रुपमा जनताका बिचमा क्रियाशिल रहेछन् । यस बिचमा एमालेको प्राप्त मत २ सय ४५ र बदर मत १ सय ४५ र थपिएको १ सय ६८ मतदातामा समेत बहुमत रहेको उनको दाबि छ भने पछिल्लो समय अन्य पार्टीबाट प्रवेश नेकपामा नै गरेकोले भारी मतले बिजय हुने कुरामा उनि ढुक्क छन् । साथै साना पार्टीहरुले उम्मेद्वार नै नदिइ उनैलाई नेताकार्यकर्ताको सहयोग छ भने रा.ज.मो र ने.का बाट समेत नेता कार्यकर्ताको प्रवेश गरिरहेको अवस्था छ । केन्द्रिय नेतृत्वको बुझाइमा कमि रहनु स्वभाबिक पनि देखियो । देशैभरिको वडामा सहयोग गरिरहदा प्यूठानको एउटा वडा दिदा के फरक पर्ला र भन्ने बुझाई नेकपाको रह्यो होला । यसमा राजमोको नेतृत्वले चलाखी गरेको बुझिन्छ कि जिल्लामा छलफल गर्दा नमिल्न सक्छ केन्द्रबाटै निर्देशन बजार्दा स्थानिय नेतृत्वलाई चुप लगाउन सकिन्छ भन्ने मनसायले काम गरेको हुन सक्छ नेकपा प्यूठानको बुझाइ रहेको पाइन्छ जे होस यतातिर नजाउ ।
राजमो नेकपाको मित्र शक्ति हो यसमा नेकपामा कुनै दुविधा छैन । तर स्थानिय स्तरमा कार्यकर्ता बिच भावनात्मक एकता हुन सकिरहेको छैन । दुबै पार्टीका कार्यकर्ता मित्र शक्ति हुन भन्ने भावना जागृत गर्न आवश्यक छ । रा.ज.मो ले जितेका २ गाउँपालिका मल्लरानी र झिमरुकमा नेपाली काग्रेससँग भन्दा नेकपा का कार्यकर्ता सँग बढी बिबाद देखिन्छ । यसबारे दुबै पार्टीका जिल्ला, पालिका र वडाको नेतृत्वले गम्भिर भएर छलफल गर्नु पर्छ । बाग्लुङको प्रदेश चुनावलाई कुनै असर नपर्ने गरी बरौलाको वडा अध्यक्षको निर्वाचनमा सत्रुता पुर्ण होइन मित्र शक्तिको रुपमा प्रचारमा जादा उपयुक्त नै होला जसले विजय प्राप्त गरे पनि बामपंन्थी नै अध्यक्ष हुने पक्का छ । यतिबेला नेकपाले भिमेश कुमार घर्ति मगरलाइ कारबाहि गर्न सक्ने स्थितिमा छैन । तथ्यांकले उनले सजिलै चुनाव जितेका छन् । जिल्ला, पालिका र वडामा राजमोलाई सहयोग गर्ने केन्द्रिय निर्देशनको पक्षमा खुलेर लाग्ने एकजना नेता कार्यकर्ता देखिएका छैनन् । यस्तो मत नेकपाले प्राप्त गर्न सकेको छैन । देशको ठुलो पार्टी देशबिदेश हेरेर पनि प्यूठानको एउटा वडामा भएको सहमति नेकपाको केन्द्रिय नेतृत्वले उल्टाउन नसकेको हुनुपर्छ । आगामी दिनमा केन्दले गर्ने र स्थानियले गर्ने निर्णयले पनि दुबै पार्टीलाई यो अवस्थाले राम्रो पाठ सिकाएको छ ।
राष्ट्रिय राजनितिले पनि अव धेरै पार्टीसँग होइन दुई वा तिन पार्टी बिच प्रतिस्पर्धा गर भन्ने जनमत प्राप्त भइरहेको छ । प्यूठानकै सन्र्दभमा पनि दाङबाङमा सुर्य, रुख, बरौलामा रुख, गिलास र दाखाक्वाडीमा पनी सुर्य, रुख बिच आधिकारिक चिन्हमा चुनाव हुदै छ । त्यो भनेको अन्य सयौ दर्ता भएका पार्टी हरु कहाँ गए त त्यसबाारे पनि समिक्षा हुन जरुरी छ । यदि बरौलामा सहमति केन्द्रमा नभएको भए तिनै ठाउँ सुर्य, रुख र गिलासकै बिचमा प्रतिस्पर्धा हुने थियो होला । त्यसकारण बिशेष गरेर राजमोको नेतृत्वले अहिले धेरै संचार माध्यममा नेकपाले चुनावी तालमेल बिगारेको भन्ने आरोप लगाइरहेको छ । तालमेल बिगारेको होइन तालमेल कार्यकर्ताको मनोभावना बुझेर भुगोललाई अध्ययन गरेर गर्नुपर्छ भन्ने पाठ पनि राजमोको नेतृत्वले बुझ्नु जरुरी छ । ‘एक हिउदले जाडो जादैन’ भन्ने कुरापनि दुबै पार्टीका नेतृत्वले बुझ्नु जरुरी छ ।
अहिले सञ्चार माध्यममा अएका कुराको अध्ययन गर्ने हो भने राजमोले नेकपाका कार्यकर्तालाई कारबाही गर्ने जस्तो अभिव्यक्ति देखिन्छ । त्यसले के सन्देश दिन्छ होला ? त्यसैले कार्यकर्ता भन्दापनि नेतृत्वले यसलाई हामी कहाँनेर चुक्यौ त ? समिक्षा गर्न जरुरी छ । केन्द्रमा उपसभामुख प्यूठानकै माननिय दुर्गा पौडेलको पनि चर्चा चलिरहेको छ भन्ने बुुझिन्छ । त्यसकारण पनि बरौलाको एउटा वडा नै बाधक हो भन्ने बुझाइमा फरक ल्याउ । देशैभरि सहयोग गर्ने बाताबरण लाई कायम राख्दै बरौलामा स्वच्छ प्रतिस्पर्धा गर्दै चुनाव पछि दुबै दलले समिक्षा गर्ने गरी को, कस्को कमि र कमजोरीका कारण चुनावी तालमेल प्यूठानमा हुन सकेन यस बिचमा कुनै एक दलले अर्को दललाई चिढाउने कार्यकर्ता भड्काउने नगरौ । ऐरावतीको नेकपाले हातमा छडी (लौरो) लिएर गाउँ पसेको छ । त्यो छडीको चोट नेकपालाई लाग्छ अथवा अन्यलाई मंसिर १५ को प्रतिक्षामा बसौ । भिमेश कुमारको चराइ रहेको घाउमा मलम लगाउन उनको जन्म गाउमा अरुलाइ प्रवेश नै निषेध गरेका छन् भने तत्कालिन दुवै दलका र अहिलेको नेकपाका नेता कार्यकर्ता एक मना एकताका साथ सिङगो बरौला फुलमाला, अबिर, बाजागाजा लियर बसेको बरौला पुग्दा यस्तै अनुभुति भयो यस्तै छन हिजो आजका कुरा ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top