बुधबार, जेष्ठ २०, २०८३ | Wednesday 3rd June 2026

डाम्रीमा बृहत खेलकुद एवं सांस्कृतिक कार्यक्रम हुदैँ


सागर रिजाल
प्युठान,२ मंसीर ।
‘डाम्री प्युठान जाउ, जेष्ठ नागरिक सम्मान तथा बृहत खेलकुद एवं सांस्कृतिक कार्यक्रमहरु सङ्गै रमाउ, कुसंस्कार र अन्धविश्वासलाई हटाऔ । कृषि, शिक्षा, पर्यटन, खेलकुद, भाषा, कला र संस्कृति संगै ग्रामीण क्षेत्रको विकासमा टेवा पु¥याऔ ’ भन्ने उदेश्यका साथ जेष्ठ नागरिक सम्मान तथा बृहत खेलकुद एवं सांस्कृतिक कार्यक्रम हुने भएको छ । देउराली युवा क्लब नौबहिनी गाउँपालिका –५ डाम्रीको आयोजनामा यहि मंसीर २० गतेदखी सानोडाम्री बाङ्गसरे देउराली युवा क्लबको खेल मैदानमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको क्लबका सचिव तेजेन्द्र बुढामगरले जानकारी दिए । पालिकाका सम्पुर्ण जनप्रतिनिधि, समाजसेवी, खेलाडी, कलाकार, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थितीमा उक्त कार्यक्रम गरिने समेत उनले बताए । उक्त कार्यक्रममा वडा भित्रका २५ जना गरिब तथा बिपन्न जेष्ठ नागरिकहरुलाई सम्मान गरिने छ ।
चार दिन सम्म हुने कार्यक्रममा वडा स्तरीय भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, खुल्ला लोकदोहोरी गित प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता, खुल्ला भाले पकट प्रतियोगिता संगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूद्वारा बेजोड साङ्गितिक प्रस्तुतिहरु, जादुगरबाट नेपालकै उत्कृष्ट जादु प्रदर्शन ,स्थानीय ऐतिहासिक पुख्र्यौली तपाली नाच प्रस्तुति, स्थानीय सालैजो तथा कौरा नृत्य प्रस्तुति स्थानीय ऐतिहासिक धार्मिक तथा संस्कृती झल्कने ठाउँ एवं चिज बस्तुहरु प्रदर्शन हुने क्लबका सचिव वुढामगरले जानकारी गराए । वुढाका अनुसार क्लबले ०७० सालदेखी यस्ता कार्यक्रमहरु गर्दै आएको छ ।

उत्कृष्टलाई पुरुस्कारपनि
क्लबले खेलकुदमा सहभागी जनाएर उत्कृष्ट हुने समुहलाई पुरुस्कारको समेत व्यवस्था गरेको छ । साविकको वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेलाई नगद रु २८ हजार मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई नगद रु २१ हजार मेडल र प्रमाणपत्र , तृतीय हुनेलाई नगद रु १४ हजार रुपिँया संगै मेडल र प्रमाणपत्र, सान्त्वना हुनेलाई नगद रु ७ हजार संगै मेडल र प्रमाणपत्र प्रदान गरिने छ । खुल्ला महिला भलिबल प्रतियोगितामा प्रथम, दृतिय, तृतिय र सान्त्वना हुनेलाई क्रमश १६ हजार,, १२ हजार, ८ हजार र ४ हजार संगै मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
त्यस्तै खुल्ला लोकदोहोरी गित प्रतियोगिता तर्फ प्रथम, दृतिय, तृतिय हुनेलाई क्रमश ः १२ हजार, ८ हजार र ४ हजार रुपिँया संगै प्रमाणपत्र प्रदान गरिने छ । खुल्ला एकल नृत्य प्रतियोगिता तर्फ
प्रथम , दृतिय र तृतिय हुनेलाई क्रमश ः ४ हजार, ३ हजार र २ हजार रुपिँया संगै प्रमाण पत्र प्रदान गरिने छ । र खुल्ला भाले पकड प्रतियोगितामा विजेता हुनेलाई नगद रु २ हजार बराबरको भाले प्रदान गरिने क्लबका सचिव वुढामगरले जानकारी दिए । उत्कृष्ट र अनुशासन खेलाडी लाई समेत उचित पुरस्कार को व्यवस्था गरिएको आयोजक क्लबले जानकारी दिएको छ ।
पुरुष भलिबल टीम दर्ता शुल्क नगद दुई हजार आठ सय, महिला भलिबल टीम दर्ता शुल्क नगद रु एक हजार ६ सय , लोक दोहोरी गीत टीम दर्ता शुल्क नगद रु एक हजार २ सय , एकल नृत्य दर्ता शुल्क रु चार सय र भाले पकड दर्ता शुल्क रु एक सय ५० लाग्ने समेत वुढाले जानकारी दिए । क्लबले कार्यक्रम अवधिभर सबैखाले मदिराजन्य पदार्थहरु पुर्ण रुपमा निषेध गरेको छ । यदि कसैले खाएर होहल्ला हरेको पाइएमा निश्चित जरिवाना सहित प्रशासनको जिम्मा लगाउने जनाईएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top