शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

कुकुरलाई साथी बनाएका डनेको दर्दनाक अवस्था, घर बनाउने सहयोग खाज्दै


३० भाद्र । राधिका भुसाल
प्यूठान, माथिवाट २ वटा जस्तापाता राखेको । वरीवरी बाँसले बारेर सानो खोपी जस्तो संरचना बनाइएको । भित्र हेर्दा न लिपपोत छ, नत पकाएर खाने भाडाकुडा, नत अन्नपात नै, छ त केबल गुन्द्रीमाथि राखेको एकसेट कपडा । अभावमै वितेको छ डनेको जीवन ।
केही वर्ष यता प्यूठान नगरपालिका ५ धाइरे निवासी ५१ वर्षिय डन बहादुर पुन संकटमै गुजारा चलाउदै आएका छन् । इतिहास सम्झिदै उनी भन्छन्–‘दुई–तिन पटक बिहे गरे तर, श्रीमती टिक्दैनन् छोरा बुहारीले पनि छुट्टाएर फाले अनि यही बुकुरो(छाप्रो)मा बस्दै आएको छु ।’ करिब २ वर्ष देखि छोरा बुहारीसंग छुट्टै बस्ने गरेको बताउदैं गाउँलेहरुको सहयोगमा भर्खरै मात्र आफ्नो छाप्रो बनाएको बताए । आफुले कमाउने बेला सम्पूर्ण लगानी छोराछोरी माथि गरेता पनि बुढेसकालमा एक्लीएर बेवारिसे जस्तै बन्नु परेको पुनले गुनासो गरे । ‘हात पाखुरो लाग्दासम्म त काम गरेर पनि खान्छु’–गहभरी आशु ल्याउदै उनले भने–‘अब काम गर्ने उमेर ढल्किदै छ, न ओत लाग्ने छानो छ, नत बस्ने खानेको टुंगो ।’ बस्नको लागि घरसम्म भएपनि अझै केही समय त काम गरेर पनि खान सक्ने उनले बताए ।
परिवार बिर्साउने कुकुर
परिवारको माया र साथ नपाएका डन बहादुरको साथमा केवल कुकुरको साथ छ । छिमेकी छविलाल पुनका अनुसार परिवारले बेवास्था गर्दा डन बहादुरको दैनिकी संकटमा परको हो । कुकुरले उनलाई असाध्यै माया गर्ने समेत उनले बताए । दिनभरको ज्यालाले खाना खाने र सडक पेटी बस्ने गरेको छिमेकीहरु बताउछन् । गाउँमा सबैले उनलाई डने पुन भनेर नै चिन्ने गर्दछन् ।
वडाबाट जस्तापाता सहयोग


डन बहादुरको अवस्था दयनीय भएपनि वडाबाट जस्तापाता भन्दा केही सहयोग गर्न नसेकेको वडा अध्यक्ष लछुमन भण्डारीले बताए । आफु घरमै भएको बेला भोको छदा खाना दिने गरेता पनि व्यक्तिगत रुपमा अरुकेही गर्न नसकेको भण्डारीले बताए । उनले भने– ‘कतैबाट सहयोग जुटाएर घरसम्म बनाइदिने पाए हुन्थ्यो, पेटपाल्न त आफै काम गरेर पनि सक्छन् ।’ यता प्यूठान नगरपालिकाका उपमेयर शान्ता आचार्यले पनि अभियान चलाएर भएपनि घर बनाइदिनु पर्ने बताइन । गाइ वस्तु बस्ने जस्तो ठाउँमा मान्छे बसिरहेको देख्दा साह्रै दुःख लागेको बताउदैं सबै मिलेर सहयोग जुटाएर घर बनाइदिनु पर्ने उनको भनाई छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top