
सागर रिजाल
प्युठान,६ साउन ।
जिल्लामा शान्ति, सुरक्षा तथा सुशासन कायम गरि समाजमा सभ्य, मर्यादित र सदाचारयुक्त बनाउने विकासका कार्यलाई सहजीकरण गर्ने र आम नागरिकमा परिवर्तन दिलाउने उदेश्यका साथ जिल्ला प्रशासन कार्यालय प्युठानले आफ्ना कार्यसम्पादन गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालय प्युठानले जिल्ला सुशासन कार्ययोजना २०७५ निर्माण गरि २०७५ भाद्र १ गतेदेखी लागु गरेको थियो । र यहि कार्ययोजना अनुसार कार्य सम्पादन गरेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले जानकारी दिए । गैहृेले गत साउन १४ गतेदेखी प्युठान जिल्लाको प्रमुख जिल्ला अधिकारीको भूमिका समालेका हुन् । उनले आफ्नो कार्यकालमा दैनिक प्रशासनीक काम संगै केहि नयाँ कामपनि गरेका छन् ।
के के हुन त नयाँ काम ?
– आपतकालिन केन्द्रको स्थापना
हाँलसम्म स्थापना हुन नसकेको आपतकालिन केन्द्र सञ्चालनमा आएको छ । ७७ वटा जिल्ला मध्ये ५३ औँ जिल्लाको रुपमा प्युठानमा केन्द्रको स्थापना गरिएको हो । केन्द्र तथा प्रदेश सरकारबाट केन्द्र सञ्चालनका लागि कुनै श्रोत नआएपनि आफ्नो कार्यकालमा केन्द्र सञ्चालन गरेको प्रजिअ गैहृेले बताए । जिल्ला विपद् व्यवस्थापन समितिको मातहतमा सञ्चालन भएको केन्द्रले विपद् सम्बन्धी सूचना संकलन र सम्बन्धीत निकायमा रिर्पोटिङको काम गर्ने प्रजिअ गैहृेले बताए । बर्खाको समय सुरु भएसंगै केन्द्र सञ्चालन गरिएको उनले बताए । वाढी, पहिरो, चटयाङजस्ता घट्नाहरु यो समयमा वढी हुने हुदाँ यी घटनालाई न्युनीकरण गर्न सहयोग पु¥याउने अपेक्षा सहित केन्द्र स्थापना गरिएको उनले बताए ।
चालु आर्थिक वर्ष ०७५÷०७६ मा वाढीपहिरो, आगलागी, चट्याङका घट्नाहरु घट्दा ६ करोड भन्दा आर्थिक क्षती भएको प्रमुख जिल्ला अधिकारी गैहृेले जानकारी दिए । त्यस्तै चालु आवमा विपद्मा परि नौ जनाको मृत्यु समेत भएको छ । विपद्का घट्नामा २१ लख भन्दा वढी राहत रकम उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
विपद्का घट्ना न्युनीकरणका लागि बाग्दुला क्षेत्रमा पानीको सतह मापन गर्ने यन्त्र, गौमुखी गाउँपालिकाको रजवारामा वर्षामापन यन्त्र, पूर्व सूचना प्रणाली यन्त्र जस्ता यन्त्रहरु पनि जडान गरिएको छ ।

– स्तनपान कक्ष स्थापना
जिल्ला प्रशासन कार्यालय प्युठानले बच्चालाई स्तनपान गराउने महिलाहरुको सुविधालाई मध्यनजर गरी कार्यालय परिसर भित्र स्तनपान कक्षको व्यवस्था गरेको छ । सार्वजनिक सेवालाई सेवाग्राहीमैत्री बनाउने अभियान अन्तर्गत उक्त कक्षको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले बताए । प्रशासन कार्यालयमा सेवा लिन आउने महिलाले आफ्ना बच्चालाई दुध चुसाउन असहज मान्ने, बच्चा रोइरहने अवस्था हुने हुँदा त्यस्तो अवस्थाको अन्त्य गरी कार्यालयलाई महिलामैत्री बनाउने उद्देश्यका साथ स्तनपान कक्षको व्यवस्था गरिएको उनले बताए ।

-दाङवाङमा प्रहरी चौकी स्थापना
ऐरावती गाउँपालिकाकै दुर्गम गाउँ दाङवाङमा स्कीकृत भएको २१ वर्षपछि प्रहरी चौकी सञ्चालन भएको छ । नेपाल सरकारबाट ०५५ सालमा स्वीकृत भएपनि यस क्षेत्रका मानिसहरुले प्रहरी चौकी राख्न अनुमती नदिएपछि सञ्चालन हुन नसकेको प्रहरी चौकीलाई गाउँपालिका अध्यक्ष नबील विक्रम शाह, उपाध्यक्ष बुद्धबहादुर बस्नेत र प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृे संगै सम्पूर्ण सुरक्षा निकाय प्रमुखहरुको पहलमा स्थापना गरिएको हो । नेपालकै ईतिहास फरक पहिचान भएको यो प्रहरी चौकीलाई आफ्नो कार्यकालमा सफल भएकोमा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले खुसी व्यक्त गरे ।

-सात स्थानिय तहमा घुम्ती शिविर
दुर्गम गाउँका स्थानियलाई घर दैलोमा पुगेर सरकारी सेवा दिने उदेश्य अनुसार आर्थिक वर्ष ०७५÷०७६ मा जिल्ला प्रशासन कार्यालय प्युठानले जिल्लाका सात स्थानिय तहमा घुम्ती शिविर सञ्चालन गरेको छ । जिल्लाका प्युठान नगरपालिका, स्वर्गद्धारी नगरपालिका, ऐरावती गाउँपालिका, झिमरुक गाउँपालिका, नौवहिनी गाउँपालिका, गौमुखी गाउँपालिका, सरुमारानी गाउँपालिकामा सञ्चालन गरेको शिविरबाट एक हजार पाँच सय ३७ जनालाई नयाँ नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी गैहृेले जानकारी दिए ।
त्यस्तै कार्यालयबाट बंशजको आधारमा सात हजार एक सय ७०, वैवाहिक अंगिकृत नागरिकता ११, नागरिकता प्रतिलिपि दुई हजार सात सय ८९ वितरण गरिएको छ । कार्यालयले साधारण राजधानी सिफारिस एक हजार आठ सय १७, दु्रत सेवाका लागि सिफारिस एक हजार दुई सय ९७ जनाको गरेको छ । १६ संघ संस्था दर्ता, ४४ नवीकरण, २७ नावालक परिचय पत्र, ठाडो उजुरी कार्वाही ६७, पेन्सनसम्बन्धी सिफारिस तीन सय ७८, अन्य शिफारिस चार सय ७१, हातहतियारको लाईसेन्स नवीकरण ५८ र नामसारी १२ वटाको भएको प्रमुख जिल्ला अधिकारी गैहृेले जानकारी दिए ।

-बजार अनुगमनपनि प्राथमिकता
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा आर्थिक वर्ष ०७५÷०७६ मा बजार अनुगमनलाईपनि प्राथमिकता दिईएको छ । विभिन्न मितिमा आँठ स्थानमा बजार अनुगमन गरिएको थियो । जसमा खाद्य पसल, होटल, रेष्टुरेन्ट, मदिरा पसल, औषधी पसल, क्लिनिक, अस्पताल, दुध डेरी, मासु पसल आदी गरि दुई सय ९६ व्यवसायिक फर्महरुको अनुगमन गरिएको छ ।

कमेन्ट गर्नुहोस !