सोमवार, बैशाख ७, २०८३ | Monday 20th April 2026

प्युठान नगरपालिकामा निशुल्क शिक्षा, भर्ना अभियानमा उठाईएको ६३ लाख रुपिँया फिर्ता गरिने


सागर रिजाल
प्युठान,१९ असार ।
प्युठान नगरपालिकाले एक देखी १० कक्षा सम्म निशुल्क शिक्षाको व्यवस्था गरेको छ । चालु आर्थिक वर्ष ०७६÷०७७ को बजेट पारित गर्दै नगरपालिकाले नगरमा निशुल्क शिक्षाको अवधारणा पारित गरेको हो । शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उदेश्यले नगरपालिकाले यो निर्णय गरेको नगरप्रमुख अर्जुन कुमार कक्षपतिले जानकारी दिनुभयो । अभिभावकको सल्लाह अनुसार यो कार्य भदौबाट शुरु हुने उनले बताए । खास गरि समुदायमा रहेका गरिब तथा विपन्न परिवारका बालबालिकालाई यो अभियानले साथ दिने उनले बताए । नगर प्रमुख कक्षपतिले भन्नुभयो,–‘ बालबालिकालाई शिक्षा आर्जनवाट वञ्चित हुने अवस्था नआउन यो अभियान थालिएको हो । ’
१० हजार विद्यार्थीको ६३ लाख रुपिँया फिर्ता गरिने
नगरपालिका क्षेत्र भित्र भर्ना भएका एक कक्षा देखी १० कक्षा सम्मका १० हजार विद्यार्थीबाट नयाँ शैक्षिक सत्रमा लिएको शुल्क फिर्ता गर्ने निणर्य गरेको नगरप्रमुख कक्षपतिले जानकारी दिनुभयो । बुधबार सम्पन्न नगरपालिकाको ५ औँ नगरसभामा यस्तो निणर्य भएको उहाँले बताउनुभयो । नगरपालिकामा रहेका ५२ वटा सामुदायिक विद्यालयमा उठेको जम्मा ६३ लाख रुपिँया फिर्ता गरीने नगरप्रमुख कक्षपतिले जानकारी दिनुभयो । शिक्षाको गुणस्तर वढाउनुका साथै शिक्षण सिकाई प्रभावकारी बनाउनको लागि यो कार्यलाई निरन्तरता दिन नगरपालिका लागि परेको नगरप्रमुख कक्षपतिको भनाई छ । अब आउने दिनमा कुनैपनि बालवालिका शिक्षा आर्जनवाट टाढा नहुने अपेक्षा नगरपालिकाले गरेको छ । विद्यालयले उठाएको शुल्कलाई शिक्षाको अभिवुद्धि गर्ने, गुणस्तर वढाउने तथा विद्यालयहरुलाई अनुदानका रुपमा दिने नगरपालिकाको योजना रहेको नगरप्रमुख कक्षपतिले जानकारी दिनुभयो ।
नगर शिक्षा योजना
प्युठान नगरपालिकाले शुल्क फिर्ताको कार्यलाई कार्यान्वयन गर्न तीन वर्षको नगर शिक्षा योजना अघि सारेको छ । शिक्षालाई विषेशरुपमा प्राथमीकता दिदै जनताको जिवनस्तर माथि उकास्नको लागि यो अभियानले सहयाग गर्ने नगरप्रमुख कक्षपतिले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–‘जनताको जिवनशैली परिवर्तन संगै शिक्षाको चेतना फैलाउनका लागि यो कार्यको थालनी गरिएको छ । ’
नगर प्राथमिकतामा यी योजना
नगरपालिकाले आर्थिक वर्ष ०७६÷०७७ को निती तथा कार्यक्रम र बजेट पारित गरेको छ । नगरपालिकाले ६४ करोड ५० लाख रुपिँया बजेट पारित गरेको हो । नगरपालिकाले आगामि आर्थिक बर्ष भित्र विभिन्न नमुना कार्यहरु गर्ने नीति पनि अघि सारेको छ । पाँचौ नगरसभाबाट जेष्ठ नगरिकहरुका लागी निशुल्क आँखा उपचार सेवा प्रदान गरीने भएको छ । यस्तै जेष्ठ नागरिकहरुका लागि घर दैलोमै पुगेर उपचार सेवादिने नितिमा पारीत भएको हो । ‘ग’ बर्गको अपाङ्गता भएका व्यक्तिहरुको लागि सामाजिक सुरक्षा भत्ता , हाम्रा सन्तान हाम्रो भविष्य कार्यक्रम अन्तरगत जन्मेको ३५ दिन भित्र जन्म दर्ता गर्ने लाई बाल बचत कोष अन्तर्गत नगरपालिकाले एक हजारको खाता खोलि जम्मा गरिदिने, खरको छाना मुक्त नगरपालिका अन्तर्गत निःशुल्क जस्ता पाता वितरण गरीने भएको छ ।
त्यस्तै खानेपानिका सहज आपुर्तको लागि एक घर एक धारा अभियान अगाडी बढाउने, नगरपालिकालाई यसै बर्ष भित्र बालमैत्री नगरपालिका घोषणा गरीने, यसै बर्ष टोल फ्रि नम्बर र अडियो नोटिस वोर्डका व्यवस्था गरि गुनासो सुन्ने व्यवस्थालाई थप प्रभावकारी बनाई जनताहरुमा सुचनाको हकको पहुँच बढाउने योजना अघि सारीएको हो ।
रोजगार कार्यक्रम मार्फत रोजगारिका अवसर सिर्जना गर्ने, राजश्व तिर्नको लागि नगरपालिका सम्म आउनुपर्ने अवस्थाको अन्त्य गर्न, सबै वडाहरुमा ईन्टरनेटको पहुँच पु¥र्यार्ई वडा बाट शेवा सुविधा जनतालाई प्रदान गर्ने, नगरको मुख्य बजार क्षेत्र बाग्दुलामा तरकारी संकलन केन्द्र सञ्चालनमा ल्याउने, विजुवारमा शीत भण्डार निर्माण गरिने नितिमा उल्लेख गरएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top