आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

प्युठानमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै


सागर रिजाल
प्युठान ।
प्युठान नगरपालिका ३ विजयनगरका विष्णु न्यौपाने ५१ वर्ष पुग्नुभयो । उहाँलाई लामो समयदेखि नशा सम्बन्धि रोग थियो । पछि नशा सम्वन्धी रोग निको भयो । उहाँले गत वर्ष माघमा स्वास्थ्य बिमा लागु भएपछि स्वास्थ्य बीमा गराउनुभएको थियो । उहाँ बिमा गराएपछि स्वास्थ्य चेकजाँचका लागि अस्पताल पुग्नुभयो । अस्पतालमा उहाँलाई जाँच गर्दा पित्तथैलीमा पथ्थरी देखियो । उहाँले पथ्थरीको स्वास्थ्य बिमा मार्फत निशुल्क रुपमा उपचार गर्दै आउनुभएको छ । प्युठान अस्पतालमा उपचार सम्भव नभएपछि उहाँ काठमान्डौ पुग्नुभयो । काठमान्डौ अस्पतालमा उहाँको निशुल्क उपचार भयो । गत कार्तिकमा बिरामी पर्नुभएका उहाँ अहिले उपचारपछि सन्चो हुनुभएको छ ।
त्यस्तै स्वास्थ्य बिमा मार्फत निशुल्क उपचार गरेका विजुवारका नरेश शर्मा ४१ वर्ष पुग्नुभयोे । उहाँको लामो समयदेखी टाउको दुख्ने समस्या थियो । उहाँले अस्पतालमा निशुल्क रुपमा एमआई चेकजाँच समेत गरि अहिले स्वस्थ्य भएको बताउनुभयो । उहाँँले सम्पूर्ण प्युठानीलाई बिमा गरि निशुल्क उपचार शेवा लिन आग्रह गर्नुभएको छ । निशुल्क रुपमा अरुको बिरामी दाजोमा चेकजाँच हुदा खुसी भएको उहाँले प्रतिक्रिया दिनुभयो । आउने जाने खर्च आफ्नो लागे पनि उपचार निशुल्क भएको उहाँले बताउनुभयो ।
पछिल्लो समय प्युठानमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी देखिएको छ । गत वर्षको माघबाट प्युठानमा शुरु भएको स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्पष्ट नीति, बिधि ,प्रविधिको उपयोग तथा कार्यान्वयनका पक्ष प्रभावकारी हुदै आएको बिमा कार्यक्रममा चासो देखिएको छ । गत जेठ देखि विभिन्न नागरिकले प्युठान जिल्लामा सेवा प्रदायक ठाउँबाट सेवा लिन शुरु गरेका छन् । जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र भिग्री, प्राथमिक स्वास्थ्य केन्द्र खंलगा र लमही अस्पतालबाट प्रथम उपचारको सेवा लिन सक्ने स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो,–‘यस ठाउँमा उपचार सम्भव नभएमा केन्द्रिय अस्पतालबाट प्रेषण भई स्वास्थ्य उपचारको सेवा लिन सक्छन् । ’
जिल्लाका ६४ वटै वडामा बिमा दर्ता सहयोगीको सहयोगमा नागरिकको घरदैलोमै पुगी बिमा फारम भर्ने र तोकीएको प्रीमीयम रकम लिएर उनीहरुलाई बिमा कार्यक्रममा आवद्ध बनाएको उहाँले बताउनुभयो । बिमा योजना अन्र्तगत बहिरंग सेवा र आकस्मिक सेवा , अन्र्तरंग सेवा १ सय २८, निदानात्मक सेवा १ सय ६१ प्रकारका रोगको निधान र १ हजार १ सय २८ प्रकारका औषधी निशुल्क दिने गरेको स्वास्थ्य प्रमुख सुवेदीले बताउनुभयो ।

२७ हजार २ सयको बीमा
प्युठानमा हाँलसम्म ५ हजार ६ सय ५८ घरधुरीका २७ हजार २ सयको बीमा गरिएको छ । ३ हजार ५ सय २५ घरधुरीका मान्छे मान्छे पैसा तिरेर बीमा कार्यक्रममा सहभागी भएका छन् भने २ हजार १ सय ३३ घर परिवारका सदस्यहरुको निशुल्क बीमा गरिएको स्वास्थ्य बीमा वोर्ड प्युठानका दर्ता अधिकारी बसन्त लामीछानेले जानकारी दिनुभयो । बिमा गर्न ३५ सय रुपैया तिरी वार्षिक एक लाखसम्मको सेवा लिन सकिने समेत उहाँले बताउनुभयो । जिल्लाका कुल जनसंख्या ११ प्रतिशत जनता बीमा कार्यक्रममा सहभागी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘बीमा कार्यक्रममा अरु जनतालाई सहभागी गराउन सबैको सहयोगको अपेक्षा गरिएको छ । ’
४६ सय वढी उपचारमा सहभागी भए
बीमा कार्यक्रम मार्फत जिल्ला अस्पताल प्युठानमा हाँलसम्म चार हजार ६ सय ६७ जनाले उपचार पाएको जिल्ला अस्पताल प्युठानका मेडिकल सुपरिटेण्डेन शेषराज घिमिरेले जानकारी दिनुभयो ।
अस्पतालमा हुने उपचार अस्पतालमा गरेको उहाँले बताउनुभयो । उहाँले भन्न्ुाभयो,–‘उपचार सम्भव नहुने विरामीलाई वुटवल, काठमान्डौ पठाउने गरेका छौँ । ’

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top