
सागर रिजाल
प्युठान,४ जेठ ।
नौबहिनी गाउँपालिका अन्र्तगत लुङ्ग र फोप्लीका अनाथ तथा बिपन्न बालबालिकाहरुलाई आर्थिक सहयोग गरिएको छ । शनिवार प्यूठान सेवा समाज दोहा कतारले एक कार्यक्रम गरी यस क्षेत्रका १४ जना विपन्न बालवालिकाहरुलाई आर्थिक सहयोग गरेको हो ०७२ सालमा आएको. बाढि पहिरोमा परि ज्यान गुमाएका बाबुआमाका अनाथ छोराछोरीलाई उच्च शिक्षा हासिल गर्ने मनोबल प्रदान गर्नका लागि आर्थिक सहयोग गरिएको हो । प्रति बालबालिकालाई दुई हजार रुपिँयाको दरले पाँच नम्बर प्रदेश सभा सदस्य कृष्णध्वज खड्का र नौबहिनि गाउपालिका अध्यक्ष शिब रिजालले हस्तान्तरण गर्नुभएको हो ।
प्यूठान सेवा समाज दोहाकतारका संरक्षक लिला जिसी र अध्यक्ष मान बहादुर केसीको विषेश पहलमा आर्थिक रकम संकलन गरि एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण गर्दैै ५ नंम्बर प्रदेशका सदस्य खड्काले विदेशी भूमीमा रहेर काम गरि जिल्लामा रहेका विपन्न बालबालिकाहरुलाई सहयोग गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । गरिब, दुखी र विपन्न बालबालिकाका लागि सहयोगि हातहरु अघिसार्नुहुने सम्पूर्ण नेपालीको काम सरानिय र सम्मान गर्न योग्य रहेको उहाँले बताउनुभयो ।
दुःख र पिडामा रहेका बालबालिकालाइ पिडा भन्दा माथि ल्याउन आफूले आफ्नो क्षेत्रबाट सहयोग गर्न पछि नहट्ने उहाँले बताउनु्भयो । प्यूठान सेवा समाज दोहा कतारले यस क्षेत्रमा बाढ्री पहिरोमा परि अनाथ भएका बालबालिकालाई सहयोग गर्दै आएको सेवा समाजका संरक्षक जिसीले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !