आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

जिल्ला प्रशासन कार्यालय प्युठानमा ‘स्तनपान कक्ष ’


सागर रिजाल
प्युठान,१ जेठ ।
जिल्ला प्रशासन कार्यालय प्यूठानले बच्चालाई स्तनपान गराउने महिलाहरुको सुविधालाई मध्यनजर गरी कार्यालय परिसर भित्र स्तनपान कक्षको व्यवस्था गरेको छ । प्युठानका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको सार्वजनिक सेवालाई सेवाग्राहीमैत्री बनाउने अभियान अन्तर्गत उक्त कक्षको व्यवस्था गरिएको हो ।
स्तनपान कक्षको बुधवार एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी गैह्रेले उद्घाटन गरेका हुन् । स्तनपान कक्षको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी गैह्रेले नवजात शिशुका लागि आमाको दुध अमृत समान भएको र आमाको दुध खान पाउने बच्चाको अधिकार भएको बताउनुभयो ।
प्रशासन कार्यालयमा सेवा लिन आउने महिलाले आफ्ना बच्चालाई दुध चुसाउन असहज मान्ने, बच्चा रोइरहने अवस्था हुने हुँदा त्यस्तो अवस्थाको अन्त्य गरी कार्यालयलाई महिलामैत्री बनाउने उद्देश्यका साथ स्तनपान कक्षको व्यवस्था गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘यसले सुत्केरी महिलालाई सेवा प्रवाहमा सहजता प्रदान गर्नेछ । ’
त्यस्तै जिल्ला प्रशासन कार्यालयले कार्यालयलाई सेवाग्राही मैत्री बनाउन सहायता कक्षको व्यवस्था, सुद्ध खानेपानीको व्यवस्था, प्रतिक्षालयको सुधार, महिला पुरुष छुट्टै शौचालय, डिजिटल नागरिक वडापत्र, मोवाइल एप्स आदिको व्यवस्था गरेको र यस्ता कार्यलाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो ।
जिल्लामै पहिलो
जिल्ला प्रशासन कार्यालय प्युठानले जिल्लामै पहिलोपटक स्तनपान कक्ष स्थापना गरेको प्रजिअ गैहृेले जानकारी दिनुभयो । सरकारी कार्यालयका प्रमुख, महिलाको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिको उपस्थितीमा पहिलो पटक कक्षको उद्घाटन गरिएको हो । उद्घाटन सत्रमा प्यूठान क्याम्पसका प्रमुख कल्पना खड्का तथा महिला सहयोग मञ्चकि पूर्व अध्यक्ष पार्वता श्रेष्ठले जिल्ला प्रशासन कार्यालयले कार्यालयलाई महिलामैत्री बनाएकोमा प्रशंसाा गर्दै अन्य कार्यालयले पनि यस्ता कार्यको सुरूवात गर्नुपर्ने बताउनुभएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top