आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

वडाका कर्मचारी गाँउपालिकामा तानिए एक्लै कार्यालय चलाउँदै वडा अध्यक्ष बस्नेत


 

प्यार अलि खाँन

झिमरुक गाँउपालिकाका अध्यक्ष तिलकबहादुर जिसीको ठाडो आदेशले वडा नंंं ८ को वडा कार्यालय कर्मचारी बिहिन छ । वडा कार्यालय कहाँ राख्ने भन्ने विषयमा वडा अध्यक्ष तुलसबहादुर बस्नेतसंग विवाद उत्पन्न हुँदा पालिका अध्यक्ष जिसीले वडामा कार्यरत सरकारी कर्मचारीलाई गाँउपालिकामा तानेका हुन् । कर्मचारी नहुँदा विहानबाट साँझसम्म जनताका कामहरु आफुलेनै गर्दै आईरहेको वडा अध्यक्ष बस्नेतले बताए । ‘म जनताको जनप्रतिनिधि हो, मैले जिम्मेवारी पुरा गर्नुपर्दछ ।’ बस्नेतले भने, ‘जन्मदर्ता, मृत्युदर्ता, बसाइँसराई, नागरिकता सिफारीस लगाएतका कामहरु म आफै गर्दै आएको छुु ।’ वडा सचिव, सामाजिक परिचालक, प्राविधिक सहायक,कार्यालय सहयोगी कोही पनि नभएको उनले बताए । ‘सबै कर्मचारीलाई पालिका अध्यक्षले तान्नुभएको छ ।’ बस्नेतले भने, ‘नेपालकै सायद पहिलो वडा होला जो वडा अध्यक्षले मात्रै कार्यसम्पादन गर्दैआएको छ ।’ निर्वाचन पछिको केही महिना पछिबाट नै
कर्मचारीहरु नभएको बस्नेतले बताए । ‘कार्यालय सहयोगी राखेको थिए ।’ बस्नेतले भने, ‘करिब १ वर्षसम्म कर्मचारीको सेवासुविधा गाउँपालिकाले भुक्तानी नै दिएन ।’ अन्य वडामा भने तात्कालीन समयमा वडा अध्यक्षहरुले विज्ञापनबिना राखेका कर्मचारीहरुलाई भने पालिकाले पारीश्रमिक भुक्तानी दिईरहेको उनको भनाई छ ।

वडा कार्यालय साविकको जनता मावी स्थित टिमुरचौरमा स्थापना गरे बहुसंख्यक जनतालाई सरकारी सेवासुविधा लिन पायक पर्ने बस्नेतको भनाई छ । सुरुदेखिनै वडा कार्यालय कहाँ राख्ने भन्ने विषयमा आवस्यक प्रक्रिया चाल्दै आएको तर पालिका अध्यक्षले कुनै चासो र सुनुवाई नै नगरेको बस्नेत बताउँछन् । वडाले कर्मचारी नपाएकोबारे समस्या राख्दा कतैबाट सुनुवाई नभएको बस्नेतले गुनासो गरे ।  बहुसंख्यक नागरिकको मागलाई बेवास्था गर्दै पालिका अध्यक्ष जिसीले वडा कार्यालय फुलबारी तोकेका छन् । हालको वडा केन्द्र राख्ने भनिएको फुलबारी साविकको तुषारा गाविसको एउटा वडा गोब्दीका स्थानियहरुलाई मात्रै पायक पारेर तोकीएको स्थानिय गाउँलेहरुले बताउँछन् । उता पालिका अध्यक्ष जिसीले भने गाँउसभाको दुईतिहाई बहुमतले वडा केन्द्र टुङ्गाएको जिकिर गर्छन् । ‘मैले रोकेको छैन्, पद्धति विधिलाई त सबैले मान्ने होला नी ।’ गाँउसभालाई वडा नं. ८ ले त्यतीबेला बहिस्कार गरेको वडा अध्यक्ष बस्नेत बताउँछन् ।

विवाद मिलाउन जिल्ला समन्वय समितिको सकृयतामा वडा केन्द्र सिफारीस गर्न बनेको कार्यदलले वडाको भुुगोल, जनसंख्या अध्ययन पश्चात् वडाको केन्द्र झालापोखरी काभ्रारुख हुने निश्कर्ष निकालेको छ । राजनीतिक दल, प्रजिअ, समन्वय समितिका संयोजक सम्मीलित कार्यदलले दिएको सुझाव पालिका अध्यक्ष जिसीले नमान्ने भएका छन्् । ‘हामीले निर्णय गरिसक्योँ यसबाट बाहिर जादैनाँै ।’ अध्यक्ष जिसीले भने, ‘गाँउसभाले विवादको टुङ्गो लगाईसक्यो ।’

तात्कालीन माओवादीबाट निर्वाचीत वडा अध्यक्ष बस्नेतको वडाबाट जनमोर्चालाई सबैभन्दा कम मत आएकाले वडा कार्यालयका लागि चरम अस्वस्थ राजनीति भएको स्थानियहरु बताउँछन् । पालिका अध्यक्ष जिसीले जनमोर्चालाई भोट दिएको गोब्दी फुलबारी क्षेत्रलाई मात्रै ध्यान दिएर वडाकै छेउ तथा पुछारमा वडा केन्द्र राख्न जिद्धि गरेको टिमुरचौरका स्थानिय लाल बहादुर सुनारले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top