आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

विदेश जान छाडेर घरमै तरकारी खेती, वार्षिक १ लाख आम्दानी


प्युठान,११ बैशाख ।
प्युठान नगरपालिका–४ टारीका रेशम सुवेदी ३३ वर्ष पुगे । उनी अहिले आफ्नै तरकारी खेति गर्दै आएका छन् । निम्न वर्गिय परिवारमा जन्मिएका सुवेदी पैसा कमाउने आशमा केहि समय पहिले विदेश जाने निर्णय गरे । विदेश जान राहदानी पनि बनाए । कम्पनीलाई पैसा समेत बुझाए तर उनलाई कम्पनीले नत विदेश लग्यो नत पैसा नै फिर्ता दियो । रित्तो हात भए उनी । विदेश जाने तयारी गरेका सुवेदी विदेश जान छाडेर आफ्नै जमिनमा तरकारी खेति गर्ने निर्णय गरे ।०५६ साल देखि आफ्नै जमिनमा तरकारी खेति गर्दै आएको उनले बताए । लगानी कम्पनीले डुबाएपछि गाउँमै तरकारी खेति गरेको उनी बताउछन् ।
२० वर्षदेखि तरकारी खेति
सुवेदीले तरकारी खेति शुरु गरेको २० वर्ष भयो । एसएलसी पास गरेका सुवेदीको आमा, श्रीमती र छोरा गरि तीन जनाको परिवार छ । उनले बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन् । कुनै तालिम नलिई तरकारी खेति गरेको उनले बताए । अहिले उनले सेमी, बोडी, आलु, लसुन प्याज, करेला, गोपी, लगाएतका तरकारी उत्पादन गरेका छन् ।
आफुले उत्पादन गरेको तरकारी आफै बजारसम्म बेच्न लैजाने गरेको बताए । पहिले बोकेर मच्छी, बाहाने, भिग्री रोल्पा, लगाएतका क्षेत्रमा तरकारी पु¥याउने गर्थे । उनले भने,–‘ हाँल प्युठान नगरपालिकाकै विजुवार, जुम्री, बाग्दुला क्षेत्रमा तरकारी विक्रि गर्दै आएको छु । ’ कहिलेकाहीँ तरकारी किन्न ग्राहक घरमै आउने गरेको उनले बताए ।
३ रोपनी क्षेत्रफलमा तरकारी खेति ।
सुवेदीले आईए सम्मको अध्ययन पुरा गरेका छन् । उनले आफ्नै तीन रोपनी क्षेत्रफलमा तरकारी उत्पादन गरेको बताए । आमा र श्रीमतीको सहयोगमा तरकारी खेति गरेका उनले छोरालाई कालिका वोर्डिङमा युकेजी पढाएका छन् ।
तरकारीखेतिबाट आफ्नो घरव्यवहार चलाएको उनी बताउछन् । उनी विहान ५ बजे उठछन् अनि बारीमा जाने गरेको बताए । उनले भने,–‘विहान साझ तरकारी खेतिमै समय बिताउछु । ’ तराईबाट आएको तरकारीले जिल्लामा उत्पादन भएको तरकारीको मुल्य घटाएको उनले बताए । पानीको समस्याले तरकारी खेतिमा चुनौती दिएको उनले बताए । तरकारीले बजार पाएमा वार्षिक १ लाख रुपिँया आम्दानी हुने उनी बताउछन् ।
विदेश जादा दुख पाएका सुवेदीले आफु जस्ता यूवालाई खाडी मुलुक नजान आग्रह गरेका छन् । जहाँ भएपनि पैसा नै कमाउने रहेछ, उनले भने,–‘यूवाहरु खाडी मुलुक नगई आफ्नै भूमिमा परिश्रम गरि पैसा कमाउन सकिन्छ । ’


स्थानिय सरकारको ध्यान गएन
सुवेदीले तरकारी खेति गर्न तालिम पाएका छैनन् । आफ्नै नगरपालिका भित्र रहेको कृषि सेवा केन्द्र भएपनि आफ्नो खेतिको अनुगमन नगरिदिएको उनले बताए । तरकारी खेति गर्न तालिम, सहजीकरण संगै हौसला प्रदान गरिदिए काममा हौसला मिल्ने उनी बताउछन् । आफ्नो टोलमा पानी समस्या भएकाले स्थानिय सरकार संग तरकारी सिँचाईका निम्ती पानीको सहज आपूर्ति गरिदिन आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top