आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

७५ वर्षिय बृद्ध कागतीखेतीमा रमाउँदै


सागर रिजाल

प्युठान
ऐरावती गाउँपालिका –६ काल्नेका ७५ वर्षिय डोर बहादुर खड्काले व्यवसायिक कागती खेती गर्दै आएको छन् । उमेरले डाडो काटिसकेपनि उनमा यूवाको जोस अझै सेलाएको छैन् । उनी भन्छन् बसेर खायो भने बिरामी भईन्छ । परिश्रमको फल मिठो हुन्छ , परिश्रमी बन्न कागती खेति गर्दै आएको हुँ । लामो समयसम्म उक्त गाउँमा तरकारी खेति गरेको उनले बताए । गाउँमा जन्मिए, गाउँमै हुर्किए खेति किसानी गर्दै आएको उनी बताउछन् । तरकारी खेति गर्दै आएका खड्काले तरकारी खेतिलाई समय दिन नसकेपछि कागती पेशा शुरु गरेको बताए । उनले भने,–‘समयले वुढ्यौलीपनमा पु¥यायो त्यसैले सबै गर्न सकिदोरहेनछ्, सबै छाडेर कागती खेतिमा लागेको छु । ’ ४ बहिनी छोरी र २ भाई छोरा जन्माएका खड्का अहिले गाउँको घरमा श्रीमती संग छन्। उनले भने,–‘छोरीहरुको बिहे भयो, छोराहरु व्यवसयामा शहर तिर छन्, हामी वुढावुढी गाउँमा छौँ । ’ श्रीमतीको सहयोगमा कागतीखेति गर्दै आएको उनले बताए ।
तीनवर्ष देखि कागती खेति गर्दै उनी
उमेरले बृद्ध उनी धेरै जसो समय कागतीलाई हेर्दैमा बिताउँछन् । बिहान उठेदेखि घरको काम संगै कागतीको स्याहार गर्न जानेगरेको खड्काकी श्रीमती पवित्रा खड्काले बताईन् । श्रीमानले कान सुन्नुहुन्न,उनले भनिन,–‘खाना बनाउने, नास्ता बनाउने, खुवाउने काम गरि वुढोलाई सहयोग गरेको छु । । ’ वुढा उमेरले डाडो काट्नुभयो तर काम गर्न भने छाड्न नमान्ने उनले बताईन् । छोराले कागतीका बेर्ना पठाईदिन्छन्, मान्छे लगाएर खाड्ल खन्ने, मल हालेपछि कागती लगाउने गरेको उनी सुनाउछिन् ।
खड्काले तीन वर्ष अगाडीदेखी कागती खेति गर्दै आएको बताए । शुरुमा दुई सय विरुवा रोपेर कागती व्यवसाय शुरु गरेका खड्काले अहिले ६ सय विरुवा कागती लगाएको जानकारी दिए । उनले भने,–‘पहिले गर्न सकिन्न की भनि थोरै रोपेको थिए । पछि फस्टाउदै गएपछि विरुवा थपी ६ सय पु¥याएको हुँ । ’ ६ सय विरुवा बाट वढाएर एकहजार विरुवा पु¥याउने लक्ष्य लिएको खड्काले बताए । उनले भने,–‘विरुवा लगाउनका लागि खाड््ल बनाईसकेको छु । ’
१२ रोपनी क्षेत्रफल जग्गामा कागती खेती
खड्काले काल्ने गाउँको आफ्नो १२ रोपनी जग्गामा कागती खेति गरेका छन् । जिल्ला कृषि विकास कार्यालय प्युठानको ५० प्रतिशत र आफ्नो ५० प्रतिशत लगानीमा शुरुमा व्यवसाय सञ्चालन गरेको उनले जानकारी दिए । गाउँलेले अब मर्ने बेला भयो, के भाउत ग¥या छ भन्थ्ये उनी भन्छन्,–‘अहिले गाउँलेलाई चुनौती दिई कागती खेति गरेको छु । ’
बिहान उठेपछि खाली नबसी कागती सिँचाई गर्ने, खाड्ल खन्ने, मल हाल्ने काममा व्यस्त हुने उनी बताउछन् । खाली बस्यो भने झन अल्छी भईन्छ , काम गरेर ज्यान तदुरुष्ट्र बनाउन समेत काम गर्ने गरेको उनी सुनाउछन् । उनी भन्छन् उमेरले ७५ वर्ष पुगेपनि यूवा जोस देखाएर काम गर्ने गर्दछु । कान कम सुन्छु तर केहि काममा पनि पछि नहटने उनले बताए ।
खड्काले कागती सिँचाई गर्न पोखरी पनि बनाएको समेत जानकराी दिए । उनले भने,–‘पोखरीमा सिंचित पानीले दिनदिनै कागती सिँचाई गर्ने गर्दछु । ’ ६ सय विरुवा लगाएको ५० देखी ६० वटा विरुवा मरे पनि अरु बिरुवाहरु जीवित रहेको उनले बताए । उनले अगिल्लो वर्ष कागती बेचेर १४ हजार आम्दानी भएको बताए । यो वर्ष कागतीको फल लाग्ने क्रम छ । यो वर्ष उनले कागती खेतिबाट मनग्य आम्दानीहुने आश गरेको बताए ।

कागती जोगाउँन समस्या
पछिल्लो समय कागती खेति जोगाउन समस्या भएको खड्काले बताए । जंगल जनावरले बोट खाईदिदा उनलाई समस्या भएको बताए । कागतीको हेरचाँह नगर्ने हो भने जंगली जनावरले सखाप पारिदिने उनी बताउँछन् । शुक्रबार ऐरावती गाउँपालिकाका अध्यक्ष नबील विक्रम शाहको नेतृत्वमा प्रमुख प्रशासकिय अधिकृत अर्जुनसेन ओली, लेखापाल धर्म बहादुर रावल, कृषि तथा पशु शाखाका प्राविधिकहरु काल्ने गाउँमा पुगेका हुन् । पालिकाले उनको व्यवसायलाई थप बृद्धि गर्न किटनाशक औषधी, उपकरणहरु यस पूर्व नै प्रदान गरेको थियो ।
खड्काले गाउँपालिका अध्यक्षलाई कागती बचाउन र व्यवसाय फस्टाउन सहयोग गरिदिनहुन आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top