शुक्रबार, कार्तिक २८, २०८३ | Friday 13th November 2026

डल्ले सरायँमा खैरा समुह उत्कृष्ट


प्यूठान, ऐतिहासिक महत्व बोकेको डल्ले सरायँ मेलामा खैरा समुहले उत्कृष्ट स्थान हासिल गरेको छ । सयौं बर्षदेखि भित्रिकोट राज्यमा शासन गरेको जाँट राजाको अन्त्यगर्दै लोक बिजयको खुशीयालीमा सयौं बर्षदेखि मनाइदैं आइएको भाइटिकाको दोस्रो दिन चल्ने यो सरायँ मेला २०७१ सालदेखि भने प्रतियोगिात्मक रुपमा चल्दै आएको हो । सो अनुसार यस बर्ष प्रतियोगितात्मक रुपमा सहभागि ७ समुह मध्ये खैरा समुहले प्रथम स्थान लिन सफल भएको छ । यसैगरी द्धितीयमा सापडांडा समुह र तृतीयमा पाण्डेडाडा समुहले स्थान हासिल गर्न सफल भएका छन् । उत्कृष्ट प्रतियोगिहरुलाई क्रमशः १ लाख, ७५ हजार र ५० हजारका दरले पुरस्कार बितरण गरिएको थियो । भने सहभागि समहुलाई रु २० हजारका दरले यातायात खर्च बापत उपलब्ध गराइएको आयोजक समितिले जनाएको छ । यस बर्षको सरायँ प्रतियोगितामा खैरा, कार्कीडाँडा, थापडाँडा, सारीबांग, पुण्यखोला क्वाडी र सापडाँडा गरी ७ समुहले भाग लिएका थिए । गत बर्ष भन्दा प्रतियोगिहरुको प्रतिष्पर्धा निकै पेचिलो र रोचक रहेको थियो । सरायँ प्रतियोगितामा गेहराज थापाको संयोजकत्वमा गठित ३ सदस्यीय मुल्यांकन समितिले सो मुल्यांकन गरेको थियो । य । डल्लेको सरायँ मेला जिल्लाकै प्रमुख र उत्कृष्ट सरायँ मेलाको रुपमा लिइन्छ ।
प्यूठान नगरपालिका वडा नं ७ वडाध्यक्ष नेत्र केसीको अध्यक्षतामा सम्पन्न मेला समारोह प्यूठान नगरपालिका नगरप्रमुख बिष्णु बहादुर योगीको प्रमुख आतिथ्यता तथा संघीय माननीय सांसद सुशान्त बैद्धिकको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । मेलामा अर्घाखाँची, रोल्पा गुल्मी दांग सहितका गरी २० हजार भन्दा बढीले सरायँ मेलाको अवलोकन गरेका थिए । कार्यक्रमको सञ्चालन सुशील पोखरेलले गरेका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top