
प्युठान ,प्युठानका बिषयगत संघ तथा प्रारम्भिक सहकारी सस्थाहरुको सहभागितामा रणनीतिक व्यावसायिक योजना निर्माण तालिम सम्पन्न भएको छ ।
जिल्ला सहकारी संघ प्युठानको आयोजनामा भएको दुई दिने तालिम आज शनिबार जुम्रीमा सम्पन्न भएको हो ।
जिल्लाका सहकारी संघ सस्थाका अध्यक्ष ,पदाधिकारी तथा ब्यबस्थापनका कर्मचारीहरु ३४ जनाको सहभागिता रहेको तालिमको सहजीकरण कोमल राज अधिकारीले गर्नु भएको थियो ।

शुक्रबार भएको तालिमको उद्घाटन प्युठान नगरपालिकाका नगरप्रमुख बिष्णु बहादुर योगिले गर्नुभएको थियो


जिल्ला सहकारी संघ प्युठानका अध्यक्ष सुशील पोखरेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागिको तर्फबाट मन्तब्य ब्यक्त गर्दै नारायण बहादुर ,जि.सि र शर्मिला रावतले तालिम प्रभाकारी भएको चर्चा गर्दै तालिममा सिकेका बिषय सस्थामा लगेर कार्यान्वयन गर्न आफुहरु हरतवरले लागि पर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
कमेन्ट गर्नुहोस !