
प्यूठान । स्रस्टाको आँखामा प्यूठान पुस्तक बिमोचन गरिएको छ । ओखरकोट पर्यटन एवं ग्रामीण बिकास समिति प्यूठानले शनिबार बाग्दुलामा एक कार्यक्रमको आयोजना गरि पुस्तकको बिमोचन गरिएको हो ।
पुस्तक बिमोचन कार्यक्रममा जिल्ला बिकास समिति प्यूठानका पुर्व अध्यक्ष बोम बहादुर खत्रीले पुस्तकले प्यूठानको सम्भावना उजागर गरेको बताउनुभयो । जिल्लामा रहेका पर्यटकीय क्षेत्रमा आवश्यक पुर्वाधार बन्न नसकिरहेको बताउनुभयो । लुम्बिनी आउने पर्यटकलाई स्वर्गद्वारीसम्म ल्याउन सकेमा जिल्लाको बिकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले जिल्ला आउने पर्यटकलाई बस्नको लागि होम स्टेको ब्यबस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले यस पुस्तकलाई आधार बनाएर जिल्लामा पर्यटन बिकास गर्न सकिने बताउनुभयो । उहाँले बिगतमा जिबिसले पर्यटन बिकास गुरुयोजना बनाएको स्मरण गर्दै जिल्लामा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्नुभयो ।
समितिका अध्यक्ष तिलक जिसीले यसअघि ओखरकोट बिश्वकोष पुस्तक प्रकाशन भएको बताउनुभयो । उहाँले समितिले ओखरकोट क्षेत्रको मात्र नभएर समग्र जिल्लाको पर्यटन प्रवद्र्धनमा काम गर्ने स्पष्ट पार्नुभयो ।
समितिका अध्यक्ष तिलक बहादुर जिसीको अध्यक्षतामा भएको
कार्यक्रममा स्वागत कोषाध्यक्ष कबिता जिसी र संचालन टिका जिसीले गर्नुभएको थियो । पुस्तकको मुल्य ५७५ रुपियाँ रहेको छ ।
source: sahara khabar.com
कमेन्ट गर्नुहोस !