बुधबार, चैत्र १८, २०८२ | Wednesday 1st April 2026

भष्टाचारीलाइ ननंग्याए रास्वपा पनि हराएर जान्छ : महावीर पुन


 काठमाडौं । पूर्वशिक्षामन्त्री महावीर पुनले आगामी सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीहरूलाई नियम पुर्‍याएर कहिल्यै उठ्न नसक्ने गरी नंग्याउनु पर्ने बताएका छन् ।

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुनले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भ्रष्टाचारीहरूलाई कारबाही गर्दा नियम बाधक बने तत्काल नयाँ नियम बनाउनु पर्ने पनि बताएका छन् । ‘अब आउने रास्वपाको सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीहरुलाई नियम पुर्‍याएर कहिल्यै उठ्न नसक्ने गरी नंग्याउनु पर्छ,’ उनले लेखेका छन्, ‘नियमले छेक्यो भने तुरुन्त नयाँ नियम बनाउनु पर्छ ।’

सरकारले भ्रष्टाचार रोक्न नसके जनतालाई ठूलो धोका हुने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि कालान्तरमा हराएर जाने पूर्वमन्त्री पुनको टिप्पणी छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top