बुधबार, फाल्गुन २७, २०८२ | Wednesday 11th March 2026

बिजय फुलबारीका वैद्य लुम्बिनीको उत्कृष्ट ब्यबस्थापक 


 

प्युठान ,लुम्बिनी प्रदेशकै उत्कृष्ट साकोस व्यवस्थापक प्युठानका  प्रकाश वैद्य  बनेका छन् ।

प्युठानको जुम्रीमा  मुख्य कार्यालय रहेको बिजय फुलबारी  बचत तथा ऋण सहकारी संस्था लि. का ब्यबस्थापक बैद्यलाइ  नेफ्स्कूनले उत्कृष्ट व्यवस्थापकको रुपमा पुरस्कृत गरेको हो ।

नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कून)ले ३८औं स्थापना दिवसको अवसरमा आज  काठमाडौंमा आयोजित कार्यक्रममा  बैद्यलाइ लुम्बिनी प्रदेशकै उत्कृष्ट व्यवस्थापक घोषणा गरी पुरस्कृत गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैद्यलाइ  उक्त पुरस्कार हस्तान्तरण गरेका थिए ।

वैद्य संग सहकारी  क्षेत्रमा काम गरेको २० वर्ष लामो अनुभव छ । २९ करोड  सम्पत्ति ,५हजार ८ सय सदस्य रहेको  बिजय फुलबारी साकोसको ब्यबस्थापकिय बागडोर  बैद्यले सम्हाल्दै आएका छन् ।

फुलबारी बचत तथा ऋण सहकारी सस्थालाइ एक उचाइमा पुर्याउदै प्रोबेसन ब्रान्ड प्राप्ती तथा एकीकरण गरि बिजय फुलबारी को रुपमा  उभ्याउदै  सस्था ब्यबस्थित गर्न उनको मुख्य भुमिका रहेको छ ।सस्था एक्सेस कार्यक्रममा आबद्ध छ ।

 

 

स्थापना दिवसको अवसरमा नेफ्स्कुनले विभिन्न ब्यक्ती तथा सस्थाहरुलाइ सम्मा ,पुरस्कृत गरेको छ । सस्थापक अध्यक्ष पुरुस्कार संघका पुर्ब सन्चालक तारा बहादुर काफ्ले,देशभरको उत्कृष्ट साकोस काभ्रेको बुडोल सामुदायिक साकोस,उत्कृष्ट ब्यबस्थापक रुपन्देहिको सामुहिक बिकास साकोसका प्रमुख कार्यकारी अधिकृत देब राज ज्ञवाली ,उत्कृष्ट कर्मचारी संघकि ब्यबसाय अधिकृत राधा कुमारी पोख्रेल र पत्रकारिता पुरस्कार कारोबार दैनिककी पत्रकार कौशिला कुवरलाइ प्रदान गरेको छ ।

त्यसै गरि कोशी प्रदेशबाट महिला साकोसकी प्रमुख कार्यकारी अधिकृत जुनुसा पुरी, मदेश प्रदेश बाट आइडिएल साकोसका ब्यबस्थापक बिनोद द कुमार साफी ,बाग्मती प्रदेश बाट हाम्रो साकोसका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरे ,गण्डकी प्रदेश बाट गौरीशंकर साकोसका प्रनुख कार्यकारी अधिकृत डम्बर सिंह बस्नेत ,कर्णाली प्रदेशबाट विरेन्द्रनगर साकोसका प्रमुख कार्यकारी अधिकृत छत्र बहादुर थापा र सुदुर पश्चिम् प्रदेश बाट जगन्नाथ महिला सस्कोसकी ब्यबस्थापक दुर्गा ठगुन्नालाइ पुरस्कृत गरिएको छ ।

लुम्बिनी प्रदेश बाट सस्था तर्फ गुल्मिको लेकाली स्वाबलम्बन साकोस,कोशी प्रदेशबाट मोरङ्गको महाभारत   साकोस ,मधेस बाट बाराको तामाकोशी साकोस,बाग्मती बाट धादिङको स्रोत परिचालन साकोस,गन्डकि बाट लम्जुङ्को हातेमालो साकोस,कर्णाली बाट रुकुमको डिग्रे शाइकुमारी साकोस र सुदुर पश्चिम् बाट कंचनपुरको मोहना लालझाडी क्षेत्र  साकोस उत्कृष्ट साकोसजो रुपमा पुरुस्कृत भएका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top