बिहिबार, फाल्गुन २८, २०८२ | Thursday 12th March 2026

लायन्स क्लब अफ प्युठान फुलबारीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न 


प्युठान ,लायन्स क्लब अफ प्युठान फुलबारीको पद हस्तान्तरण कार्यक्रम आज खैरामा  सम्पन्न भएको छ ।

क्लबका निबर्तमान अध्यक्ष निर्मला पोख्रेलको अध्यक्षता ,लायन्स district 325 N execucative chief  अर्जुन कुमार कक्षपतिको प्रमुख आतिथ्यता,मान्डबी गाउपालिका अध्यक्ष नबराज अधिकारिको बिशेष आतिथ्यतामा फुलबारी लायन्स क्लब पदाधिकारीहरुको पद हस्तान्तरण कार्यक्रम सम्पन्न  भएको हो ।

कार्यक्रममा मन्तब्य व्यक्त  प्रमुख अतिथी कक्षपतिले जिल्लाको सामाजिक अभियानमा प्युठानका लायन्स क्लबहरुले महत्वपूर्ण भुमिका खेलेको चर्चा गर्नु भयो । डायलसिसिस मेशिन खरिद देखि लिएर अन्य महत्त्वपूर्ण कार्यहरु लायन्सको माध्यमबाट अघि बढेको वहाले बताउनु भयो । बिशेष अतिथी माण्डबी गाउपालिकाका अध्यक्ष नब राज अधिकारीले धन नभएको बेला पनि मनले काम गर्न लायन्सकर्मिहरुलाइ आग्रह गर्नु भयो ।

कार्यक्रममा District 325 N का एडभाइजर झबेन्द्र शर्मा ,रिजन चेयर पर्शन खिम प्रसाद पार्धे ,लायन्स क्लब अफ प्युठान भित्रीकोटका अध्यक्ष यज्ञ बहादुर के सि लगायतका बक्ताहरुले मन्तब्य राखेका  थिए ।

 

 

 

फुलबारी लायन्स क्लबका नब निर्बाचित अध्यक्ष छन्द बहादुर बस्नेत ,प्रथम उपाध्यक्ष भोज बहादुर बस्नेत,उपाध्यक्ष नेत्रमणी आचार्य ,सचिब प्रकाश वैद्य ,कोषाध्यक्ष टोप बहादुर मल्ल ,स ह सचिब बासुदेब खनाल तथा अन्य सदस्यहरुले पदभार ग्रहण गरेका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top