शनिबार, भदौ २०, २०८३ | Saturday 5th September 2026

यस्तो छ किम जोङ उनको सुरक्षा व्यवस्था


कोरिया-अमेरिका र उत्तर कोरियाबीच तनाब छ। दुई देशको तनाबका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच मौखिक लडाईँ त जारी नैछ। किम जोन आफैमा एक रहस्यमयी नेताका रुपमा रहेका छन्। उनको जीवनबारे निकै कम मात्र थाहा छ। यसले गर्दा विश्मा उनी पर्दा भित्रै छन्।

अमेरिकालाई चुनौति दिने यी युवा नेताको सुरक्षा कस्तो होला? यो विश्व भर चासोको विषय बनेको छ। विदेश भ्रमण गर्न नरुचाउने उनका समय समयमा तस्बिर सार्वजनिक हुने गर्छन्।

एक रिपोर्ट अनुसार उनको सुरक्षाको लागि सैनिक निपूर्णता भएका व्याक्ति मात्र होइन विचारधारामा पनि स्पष्ट भएका सैनिक खटिने गर्छन्। कम्युनिष्ट व्यवस्था रहेको उत्तर कोरियाका सर्वोच्च नेताको सुरक्षाको लागि विचारधारामा प्रतिवद्ध सैनिक सहित अन्य सैनिकको घेरा समेत रहने गर्छ। सशस्त्र सहित विना हतियारका सुरक्षाकर्मी समेत उनको सुरक्षामा खटिने गर्छन्।

उनले सुरक्षाको यति सम्म ख्याल गर्छन् की टोलीमा उनको ‘डवल पार्ट’ समेत हुने गर्छ। जसका कारण कसैले किम को हुन् भन्ने चिन्न नसकोस्। सार्वजनिक कार्यक्रमहरुमा जाँदा समेत निकै सचेत रहने उनको पूर्व सुरक्षा तयारी समेत निकै कडा हुने गर्छ।

किम आफ्नो हत्या हुन सक्ने डरमा सँधै रहने रिपोर्टहरु आउने गर्छन्। उनका हजुर बुवा र बुवा पनि यो विषयमा सचेत थिए। उनका पूर्वजहरु सुरक्षाको यति सावधानि अपनाउँथे की हवाइ जहाजको यात्रा नगरि रेलमा यात्रा गर्थे।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top