
दाना केसी
मैले जीवनको निकै महत्वपूर्ण समय एउटा कार्यक्रममा उपस्थित हुने मौका पाए, यो मेरो जीवको गौरबको दिन रहने छ । किनकी यस्ता कार्यक्रममा सहभागि हुने मौक कमैले पाउने गर्दछन् । त्यो हो दोश्रो विश्व महिला सेमिनार तथा (सैद्धान्तिक गोष्ठी) ।
हाम्रो संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौ पूर्ण बैठक हुनु भन्दा अगाडि तीन दिनसम्म ११,१२,र १३ गते जुन दिन २५ नेभेम्वर १६ दिने महिला हिंसा विरुद्ध अभियानको पहिलो दिन थियो, त्यसै दिन संयुक्त महिला संगठनको तर्फबाट अन्तराष्ट्रिय सेमिनारमा आएका विदेशी महिला प्रतिनिधिहरु सहित काठमाडौको शान्तिबाटिकामा संयुक्त रुपमा ऐक्यवद्धता मनायो । काठमाडौ बुढानिल कण्ठ कपन, बालुवाखानी सुकुन्दा ब्याङ्केटमा दोश्रो विश्व महिला सेमिनार तथा सैद्धान्तिक गोष्ठी सम्पन्न भयो । चार महादेश ः एसिया, युरोप, ल्याटिन अमेरिका, अफि«का र नेपाल लगायत २८ देशबाट महिला प्रतिनिधिहरुको सहभागिता रह्यो । यो सेमिनारमा जम्मा ३२५ जना सहभागि थिए, जसमा २१८ जना नेपाली महिलाहरु रहेका थिए भने बाकी विदेशी आगन्तुक थिए । नेपालबाट सहभागि हुने संगठनहरु अखिल नेपाल महिला संघ क्रान्तिकारी विप्लव नेतृत्वको नेकपा (माओवादी), अखिल नेपाल महिला संघ (क्रान्तिकारी) प्रचण्ड नेतृत्वको नेकपा, अखिल नेपाल महिला संघ (नेकपा मसाल), क्रान्तिकारी महिला संगठन (वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी), समाजवादी महिला संगठन(असोक राई) लगायत वैज्ञानिक समाजवादी महिला संगठन र केही वामपन्थी महिलाहरुको पनि सहभागिता रहएको थियो ।
यो सेमिनारमा महिला सहभागिता, विषय वस्तु माथि वहस, छलफल र व्यवस्थापन लगायत सबै कोणबाट सहभागि सबैका लागि उत्कृष्ट र प्रेरणादायी बनेको छ । सेमिनारमा मुलुकको विद्यमान परिस्थिति छटपाटाई रहेको अवस्थामा महिलाहरुका बारेमा के कस्ता रहेका छन् र विश्वमा सापेक्षित हिसाबले महिलाहरुको नीति, अवस्था र दृष्टिकोण कस्तो छ र यसका निम्ति विश्व महिला सेमिनारले के गर्न सक्छ भन्ने कुरामा व्यापक छलफल भएको थियो । हिंसाका विविध रुपहरु हुन्छन् । पछिल्लो स्थितिमा भएको सूचना विकासले मानिसलाई धेरै कुरामा सहजता त ल्याएको छ, तर त्यसको दुरुपयोगले पैदा गर्ने जटिलता पनि त्यतिकै रहेको छ । यसमा प्रविधि मार्फत गरिने महिला हिंसाले सिङ्गो समाजलाई नै डरलाग्दो स्थितिमा पु¥याएको छ । त्यसको लागि प्रविधिको सही प्रयोगको चेतना जागृत गर्न जरुरी रहेको छ र यसबाट हुने खतरा प्रति महिलाहरु स्वयम् सचेत हुनु त पर्छ नै समाजका चौतर्फी क्षेत्र पनि सचेत बन्नु पर्दछ भन्ने लाग्छ ।
महिला माथि हुने हिंसाको मुख्य कारण भनेको असमानता, विभेद, अन्याय, अत्याचार हो ।अहिले त्यसलाई मलजल र सिंचाई गर्ने काम पुँजीवादले गरेको छ । यो गर्नु यसको धर्म जस्तै हो । पुँजीवादको मलजलमा अराजक, कुण्ठित, विकृत मनोविज्ञानले प्रविधिलाई गलत ढङ्गले प्रयोग गर्न प्रोत्साहित गर्दछ । पुँजीवादी प्रविधि यस्तो रहेछ कि कुनै पनि नकारात्मक कुरा सेकेन्ड भर मै संसार भरमा पैmलिन सक्छ, सत्य कुरालाई मोडिफाई गरेर आफ्नो अनुकुलतामा लागु गर्दछ । यसका प्रभावले मान्छेको जीवनमा क्षणभर मै विकराल समस्या पैदा गर्दछ । यसले महिलालाई पारेको प्रभाव निकै डरलाग्दो छ । जस्तै यौन हिंसा, व्ल्याकमेलिङ, चरित्रहत्या, बलत्कार,हत्या,आत्महत्या आर्थिक लेनदेन, बेचबिखन, वित्तिय कारोवार आदि जस्ता कुराहरुले महिलाहरु विशेष प्रभावित भएका छन् । अझ नेपालको सन्दर्भमा भन्दा त यस्ता घटना बढदो छ ।
विश्व महिला सेमिनार संसारभरका श्रमजीवी तथा उत्पीडित महिलाहरुको साझा पञ्च हो । यसको स्थापना सन २००८ मा भएको हो । संघर्षशील महिलाहरुले “महिला जागरणका लागि संघर्ष गर्ने समय आएको छ”भन्ने नारा सहित एउटा आन्दोलनको रुपमा आफ्नै बल र विवेकमा चल्ने, आफैले योजना बनाउने र स्वतन्त्र रहने विशेषता सहित यो मञ्च अगाडि बढेको छ । यसमा खास गरी उत्पीडित, श्रमजीवी महिलाहरुको अधिकारका लागि संघर्ष गर्ने महिलाहरु आवद्ध छन् । यो विश्व महिला मञ्चले सन २०११मा भेनेजुएलाको काराकासमा प्रथम अन्तराष्ट्रिय सम्मेलन गरी यसको नाम विश्व महिला सम्मेलन राखिएको थियो । यसै गरी यसको दोश्रो अन्राष्ट्रिय सम्मेलन सन् २०१६मा नेपालको काठमाडौमा सम्पन्न भएको थियो, भने तेश्रो अन्तराष्ट्रिय सम्मेलन सन् २०२२मा ट्युनिसियाको ट्युनिस सहरमा सम्पन्न भएको थियो । यसको पहिलो सैद्धान्तिक सेमिनार सन् २०१८मा भारतको ब्यङ्लोरमा सम्पन्न भएको थियो । यो दोस्रो सेमिनार सन् २०२५मा नेपालको काठमाडौमा भर्खर सम्पन्न भयो । यसको विशेष उद्देश्य भनेको संसार भरका सबै देशहरुमा साम्राज्यवाद तथा पुँजीवाद विरोधी महिला आन्दोलनलाई बलियो, अभियानात्मक र तल्लो तहका महिला संगठनलाई सुदृढ बनाउनु हो ।
साम्राज्यवाद विरोधी महिलाहरुको साझा मञ्च भएकाले संसारभरका श्रमजीवी तथा उत्पीडित महिलाहरुले भोग्नु परेको पिडासँग सम्बन्धित तुलनात्मक रुपले महिलाहरुका विषय उठाउने र आन्दोलन गर्ने व्यक्ति,संस्था,अभियान र संगठनहरु यसमा आवद्ध भएका छन् । अधिकतम विश्वव्यापी रुपमा साम्राज्यवादले गरेको दमन र हिँसाका कारण मुलतः विकासोन्मुख देशहरुमा गरेको राजनैतिक हस्तक्षेप, प्राकृतिक हस्तक्षेप जस्तैः प्राकृतिक श्रोतसाधन माथिको ब्रम्हलुट, महिलामाथि थोपरिएका विविध हिंसाका घटनाहरुर पुँजीवादका कारण पैदा भएको विश्व वातावरणीय संङ्कटहरु छलफलका मुख्य विषय बनेका थिए । प्रतिनिधिका तर्फबाट आ–आफ्नो देशको विशेषतामा आधारित १६वटा कार्यपत्र प्रस्तुत गरिए । ती कार्यपत्र सुन्दा र अध्ययन गर्दा साम्राज्यवाद र पुँजीवादको विश्वव्यापी विध्वंसकारी चरित्र स्पष्ट देखिन्थ्यो र ती देशका महिलाहरुले भोग्नु परेका पीडाहरु निकै दर्दनाक छन् । सेमिनार अवधि भर प्रस्तुत भएका १६वटा कार्यपत्र र हलमा सहभागिताबाट करिब ६०–७० जना प्रतिनिधिहरुको प्रतिनिधिमुलक जिज्ञासा र टिप्पणीले बसहलाई निकै सघन र चाखलाग्दो बनाएको थियो ।
साम्राज्यवाद तथा पुँजीवादले गर्ने पर्यावरणीय असर, सामाजिक असर, आर्थिक असर, राजनीतिक असर तथा पारिवारीक असरले विशेष गरी महिला र बालिबालिकालाई प्रभावित पारेको छ । नेपाल, भारत, टर्की,ल्याटिन अमेरिका, थाइल्यान्ड, डेलाल, स्पेन, जर्मन, युरोप, अपि«mका, मिडिल इस्ट, इरान, स्पेन, कङ्गो, अष्ट्रेलिय, सिरिया, फिललिपिन्स, सिङ्गापुर लगायत २८ देशका मजदुर महिलाहरुले यस सैद्धान्तिक गोष्ठीमा प्रतिनिधित्व गरेका थिए । यस विश्व महिला मोर्चाले विश्वमा भएका विभिन्न किसिमका विभेद, अन्याय, अत्याचार र शान्ती चाहन्छ । साम्राज्यवादलाई परास्त गर्न एकजुट भएर संघर्ष गर्नु पर्ने देखाउछ । पितृसत्ता भनेको आफैमा सामन्तवाद हो, यसले महिलालाई परिवारको मात्र जिम्मेवारीे बस्तु बनाइएको छ । लोकतान्त्रिक व्यवस्थामा राज्य सत्ताको पुँजी र महिला मुद्धा मुट्ठीमा अटाउन सकिरहेका छैनन् । यस्तो अवस्थामा महिला आन्दोलनलाई फरक आन्दोलन भनेर बुझ्नु विडम्बना हो । यहाँ हरेक काम महिला र पुरुषले कसरी गर्न सक्छन् भन्ने कुरा हो । चाइनामा माओले महिलाले संघर्ष गर्दा पुरुषलाई पनि सँगै लानु पर्दछ भन्ने सिद्धान्त ल्याउनु भएको थियो । यसले गर्दा पाइलै पछिका संघर्षमा दुवैलाई सहज हुन्छ र पितृ सत्ता हावी हुन पाउदैन, पुरुषले महिलाको संघर्षलाई गहिरो गरी व्यवहारिक रुपले बुझ्न पाउँछ । साम्राज्यवाद, पुँजीवाद त छदैछ त्यसमा पनि पृत्तिसत्ताले छोपिएका मान्छे हौ हामी । प्यालेस्टाइन (गाजा), इजरायल,सिरिया जस्ता देशमा भएका युद्धको कुरा गर्ने हो भने त्यहाँ अधिकतम क्षती महिला र बालबालिकाहरुको भएको छ । उनीहरुले भनेको स्थान र चाहेको समयमा आफ्ना आफन्तको लास उठाउन नपाएका कारुणीक घटनाहरु सुन्दा निकै मुटु पोल्दो छ । प्रत्येक देशको महिला माथि हुने विभेद आ–आफ्नै प्रकारका छन्, तर पिडा एउटै छ । यसका लागि हामीले विश्वव्यापी अभियानात्मक गठबन्धन कसरी बनाउन सक्छौ भन्ने कुरा नै मुख्य रहेको छ । हाम्रा लागि हामीले सक्नु पर्दछ । विभिन्न देशमा विभिन्न साहस भएका महिलाहरु छन् । यो बलियो छ, तर असुन्तलित छ र पनि सम्भव छ यो विश्वव्यापी रुपमा बलियो मञ्च बनेको छ ।
कमेन्ट गर्नुहोस !