
प्युठान , प्युठान नगरपालिका – ३ स्थित प्रस्तावित जनश्रम पार्क मेथिखोलामा आज बृक्षारोपण गरिएको छ।
प्युठान नगरपस्लिकाका नगरप्रमुख बिष्णु बहादुर योगीले आप र लिचिका बिरुवा रोप्दै बृक्षारोपण कार्यक्रमको उदघाटन गर्नुभएको हो।
प्युठान नगरपालिका वडा न ३ को आयोजनामा भएको कार्यक्रममा नगरप्रमुख योगी सहित ,प्युठान नगरपालिकाका प्रबक्ता एवं वडा न ३ का अध्यक्ष सुमन राज श्रेष्ठ ,वडा सचिब ध्वज बहादुर के सि ,पार्क समितिका पदाधिकारी, स्थानीयबासीहरु लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
पार्कमा आँप र लिचिका बिरुवा बृक्षारोपण गरिएको छ ।

सार्बजनिक जग्गा तथा स्थानिय प्राकृतिक स्थलहरुको संरक्षण र प्रबर्द्धनमा स्थानिय समुदायको महत्वपूर्ण भुमिका रहने भन्दै नगरप्रमुख योगिले पार्कलाइ एउटा सुन्दर प्राकृतिक प्रयटकिय केन्द्रको रुपमा बिकास गर्न स्थानिय समुदायलाई सक्रिय भुमिका खेल्न आग्रह गर्नुभयो ।
प्युठान नगरपालिका ३ मेथिखोलाको करिब ६ रोपनी सार्बजनिक जग्गालाइ एउटा पार्कको रुपमा बिकास गरि पर्यटकिय केन्द्रको रुपमा बिकास गर्न प्युठान नगरपालिका ३ ले महत्वपूर्ण पहल लिएको छ ।
कमेन्ट गर्नुहोस !