आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

प्यूठानमा यात्रुवाहक बस दुर्घटना, ५ को मृत्यु २५ जना घाईते


३० बैशाख २०७५ ।
प्युठान । महेन्द्रनगरबाट प्यूठान आउँदै गरेको यात्रुवाहक बस प्यूठानको सरुमारानी गाँऊपालिका वडा नं. ४ पाकुरी खोला (बड्डाँडा नजिकै) दुर्घटनामा परेको छ । घटनामा तीन महिला र दुई पुरुष गरी ५ जनाको मृत्यु भएको छ भने २५ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा बस चालक कैलाली चौमालाका वीरबहादुर थारु रहेका छन् । बाँकीको सनाखत हुन सकेको छैन् । महाकाली यातायातको ना ४ ख १८७६ नं.को बस सडकबाट करिव २०० मिटर तल खसेको छ ।
घाईते २१ जना जिल्ला अस्पताल विजुवारमा ल्याईएकोमा ५ जनालाई रिफर गरिएको छ । घटना स्थलबाटै घाईते ४ जनालाई बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
घाईते हुनेहरुमा मल्लरानी गाँऊपालिका–३ का तिर्थराज पोख्रेल (३८), गुल्मी अल्गुंगका तारा विष्ट (४५), दैलेख दुल्लु नगरपालिका–११ का हिमा बोहोरा (२५), जगदिस खत्री (२५), रिगल खातुन (२), प्यूठान नगरपालिका–३ साढेखाला इश्वर खड्का (२६), महेन्द्रनगर कंचनपुर बेदकोट नगरपालिका–६ का सुनिल रानामगर (२३), मल्लरानी गाँऊपालिका चुँजाठाटीका सुश्मा चौधरी (२०), बैतडी पुचौडि नगरपालिका–६ प्रकाश सावत, चितवन चित्रवन नगरपालिका–१७ का राजेन्द्र प्रसाद तिमलसिना (७३), रोल्पा सुवर्णावती गाँउपालिका–२ का शेरबहादुर वि.क. (४४), सपना वि.क. (१६), गौमुखी गाँऊपालिका–४ का थमजीत वि.क. (१५), कैलाली गौरीगंगा नगरपालिका–३ का राजेश चौधरी (२२), झिमरुक गाँऊपालिका–३ का प्रेम केसी (२१), प्यूठान नगरपालिका–१० दहखोला का गोमा गिरी (४९) रहेका छन् । उनीहरुके जिल्ला अस्पताल विजुवारमा उपचार भैरहेको छ ।
माण्डवी गाँऊपालिका–१ का बसन्त शर्मा (३८), रोल्पा सुवर्णावती गाँउपालिका–२ का हरि सुनार (२५), दैलेख दुल्लु नगरपालिका–११ का सफल अर्याल (७), रुपन्देही कन्चन गाँऊपालिका–३ का गोविन्द अर्याल (३५), हिमला पोख्रेल (२९) लाई थप उपचारका लागि रिफर गरिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको टोली खोज तथा उद्धार कार्यमा सक्रिय रहेको प्यूठान प्रहरी प्रमुख डिएसपी राजेन्द्र पोख्रेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top