
राधिका भुसाल
प्यूठान, जिल्लालाई सभ्य, सुरक्षित समाज निमार्ण गर्नका लागि जिल्ला प्रहरी कार्यालय प्यूठानले नयाँ शैली थालको छ ।
नागरिकहरुलाई सचेतना बनाउन धेरै जनचेता मुलक कार्यक्रम भइसके पनि हिंसा घटनाहरु भइरहेको हुंदा अहिले सांस्कृतिक अभियान थालिएको हो । जिल्लामा बालविवाह, बहुविवाह, लैगिंक हिंसा लगाएतका घट्ना न्यूनीकरण गर्नको लागि घुम्ती सांस्कृतिक कार्यक्रम गरिएको लैगिंक हिंसा न्यूनीकरण कार्यकारिणी समितीका संयोजक एवं मानव अधिकारकर्मी पार्वता आचार्यले बताइन । उनले भनिन्,‘सबै नगरपलिका तथा गाउँपालिका, वडावासी र बस्ती बस्तीमा पनि यो कार्यक्रम लैजान जरुरी छ ।’
जिल्लामा दिन प्रतिदिन वढदै गइरेका विभिन्न प्रकृतिका हिंसाजन्य घटनाहरुलाई न्यूनिकरण गरी सभ्य र सुरक्षित समाज निर्माणका लागि सांस्कृतिक कार्यक्रम अगाडि सारेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख राजेन्द्र पोखरेलले बताए । ‘यो अभियानले घट्ना न्यूनीकरणमा सहयोग पु¥याउने छ ।’ उनल भने– ‘जिल्लाको ९ वटै पालिकासंग सहकार्य गरी गाउँपालिका तथा नगरपालिकाको पाएक पर्ने ठाउँहरुमा सचेतनामुलक अभियान सञ्चालन छौं ।’ 
सचेतना कार्यक्रममा स्कूल परिशरभित्र जाडरक्सीको वेचविखन गर्न नपाउने, जाडरक्सी सेवन गर्न नपाईने, वालविवाह, वहुविवाह, वालहिंसा गर्न नपाईने विषयमा लोकदोहोरी, लोकगित, सचेतनामूलक सड्क नाटकका माध्यमबाट नागरिकहरुलाई शुसुुचित गरिएको थियो ।
कार्यक्रमकले हाम्रो समाजमा भइरहेको यथार्थ रचनात्मक चित्रण पस्केको हुंदा समाजमा हुने विकृति, विसंगती घटाउन मद्त गर्ने जनप्रतिनिधिहरुले अपेक्षा लिएका छन् ।
झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसीले गाउँगाउँमा यस्ता प्रकारका कायृक्रमले थप सकारात्मक शन्देश फैलाउनूका साथै राष्ट्रनिमार्णमा समेत थप टेवा पुग्ने बताए । पछिल्लो समय टेक्नोलोजीको विकासले पनि केही हदसम्म समाजमा नकारात्मक प्रभाव पारेको हुंदा यसलाई रोक्नका लागि यि यस्ता अभियानले महत्वपूण भुमिका खेल्न सक्ने जनप्रतिनिधिहरुको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय लैगिंक हिंसा न्यूनीकरण कार्यकारिणी समिती प्यूठानको आयोजना तथा स्थानीय गाउँपालिका, नगरपालिका र राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान प्यूठानको समन्वयमा सचेतनामूलक कार्यक्रम गरिएको हो ।
जनचेतना मुलक घुम्ती सांस्कृतिक कार्यक्रम जिल्लामा लागु औषध, मदिरा सेवन, गुन्दागर्दी लगायतका विषयहरुको नकरात्मक पक्षलाई उजागर गर्दै शान्ति सुरक्षाको वातावरण बनाउन नागरिक सहकार्य सृजना गर्ने, प्रहरी प्रशासनले अख्तियार गरेको रणनीति बारेमा जानकारी गराउने र शान्ति सुरक्षा र अपराध न्यूनिकरणको लागि जन सहभागिता बढाउने लगायतको उदेश्य रहेको डिएसपी पोखे्रलले जानकारी दिए । 
जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार गतहप्ता देखि सुरु भई जिल्लाका २ नगरपालिका र ७ गाउँ पािलकाका अभियान शुक्रबार सम्पन्न भइसकेको छ ।
कमेन्ट गर्नुहोस !