शुक्रबार, साउन ८, २०८३ | Friday 24th July 2026

प्यूठान अस्पतालको विवाद मिल्यो, पीडित पक्षबीच यस्तो भयो सहमति


राधिका भुसाल
प्यूठान । जिल्ला अस्पताल प्यूठानमा  एक सुत्केरी महिलाको निधन भएसंगै चर्केको विवाद मिलेपछि तनावग्रहस्त स्थिति अहिले भने सामान्य बनेको छ ।
डाक्टरकै लापर्बाहीका कारण प्यूठान नगरपालिका २ क्वाडी निवासी उपचाररत २३ वर्षीय राधिका धामीको मृत्यु भएको भन्दै मंगलबार राती देखि आन्दोलनमा उत्रिएका मृतकका आफन्तहरुको माग सम्बोधन गरिदिने निर्णय पछि स्थिति सामान्य भएको हो । यता उपचारमा संलग्न डाक्टरले भने विरामीले वान्ता गर्दा श्वासनलीबाट पानी फोक्सोमा पुगेपछि सास फेर्न नसकी उक्त घटना हुन पुगेको बताएका छन् । यसरी भयो सहमती
– घटनाको विस्तृत छानविन गर्नको लागि प्यूठान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद भण्डारीको संयोजकत्वमा प्यूठान अस्पतालका नि.प्रमुख डाक्टर अच्युतराज कार्की र पीडित परिवारको एक जना गरी ३ सदस्य समिति गठन गरिएको छ । उक्त समितिले केही दिन भित्र घटनाको रिर्पाेट पेश गर्ने ।
– नवजात शिशुको स्वास्थ्य उपचारका लागि प्यूठान अस्पतालले आवश्यक पर्ने संघसंस्था एवं प्रेषण (रिफर) गरिएको अस्पतालहरुमा समन्वय गरी निशुल्क उपचार गर्न सहजीकरण गर्ने ।
– नवजात शिशुको पालन पोषण एवं शिक्षाको लागि प्यूठान नगरपालिकाका प्रमुख मेयर अर्जुन कुमार कक्षपतिको अगुवाइमा जिल्ला स्थित सरोकारवाला निकाय, स्थानिय निकाय, आवश्यक समन्वय गरी रु. ५ लाख नवजात शिशुको बैकं खातामा जम्मा गरिदिने निर्णय भएको छ । आज दिनभर जिल्ला अस्पतालमा बसेको सर्व पक्षीय बैठनबाट यि विषयमा सहमति भएपछि पीडित पक्षबाट गरिएका आन्दोलन, चक्काजाम जस्ता कार्यक्रमहरु फिर्ता गरिएको हो ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरे लगायतका केही व्यक्तिले तत्काल बच्चाको पोषण तथा किरिया खर्च वापत रु १४ हजार जुटाए मृतकको श्रीमान श्रीधर धामीलाई हस्तान्त्रण गरेका थिए ।
प्यूठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपतिले शोक शन्तप्त परिवार प्रति दुख्ख व्यक्त गर्दै जिल्ला अस्पातलको सेवामा गुणस्तर बनाउनको लागि सबै पक्षसंग समन्वय गरी अगाडि बढ्ने बताए ।
मंगलबार बिहान सुत्केरी बेथा लागेपछि सुत्केरी हुन अस्पताल आएकी उनको सामान्य अबस्थामा सुत्केरी हुने नसक्ने भएपछि दिउँसो बाह्र बजे अप्रेसन गरि बच्चा निकालिएको थियो । अप्रेसन गरेको करिव सात घण्टा पछि सुत्केरीको एक्कासी मृत्यु भएको थियो ।
तत्काल पीडित परिवारलाई जिल्ला स्थित राजनैतिक दल, नजप्रतिनिधि, सरोकारवाला, नागरिक समाज लगायतले उचित न्यान तथा क्षतिपूर्तीको व्यवास्था गरिदिने वचन दिएपछि आफन्तले शव बुझेका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top