शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

महाअष्टमीको अवसरमा भित्रिकोटमा दौड, लिगलिगेको झल्को



प्यूठान,सुचना पोखरेल।
सामरिक, पुरातात्तिक संगै धार्मिक महत्वको बिशेषता बोकेको ऐतिहासिक पर्यटकीय स्थल भित्रिकोटमा यसबर्ष दौड प्रतियोगिता सहित बिबिधि सांस्कृतिक कार्यक्रम हुने भएको छ । पर्यटन प्रबर्धनका लागि भित्रिकोट दौड भन्ने नारा सहित प्यूठान नगरपालिका ७ स्थित सैनिक व्यारेकमा रहेको क्षेत्रपाल मन्दीर देखि प्यूठान न पा ४ स्थित ऐतिहाँसिक महत्व बोकेको भित्रिकोट क्षेत्रपाल मन्दीरसम्म करिब ७ किलोमिटरको दुरीमा खुल्ला दौड प्रतियोगिता सञ्चालन आयोजना गरिएको प्यू न पा ७ का अध्यक्ष नेत्र बहादुर के सीले बताएका छन् । । प्रतियोगितामा प्रथम पुरस्कार १५ हजार, दोस्रो १० हजार, तेस्रो ५ हजार र सान्तोना ३ हजार रुपैयाँ कायम गरिएको छ । दौड प्रतियोगितालाई आगामी बर्षहरुमा समेत निरन्तरता दिईने  आयोजकले जनाएको छ ।  प्यूठान नगरपालिका ४, ६ र ७ नं वडाको समन्वयमा प्रतियोगिता गर्ने निर्णय भएकोछ। प्यूठान न पा ४ का वडा अध्यक्ष रेशम कार्कीले भने । ऐतिहासिक महत्व बोकेको महाअष्टमी कालरात्री दिन भित्रिकोट परिषरमा बिबिध सांस्कृतिक झाँकी, पुजाआजा लगायतका मेला समेत सञ्चालन का लागि भित्रिकोट मेला व्यवस्थापन समिति समेत गठन गरिएको छ । दौड प्रतियोगितामा सहभागी हुनेले प्यूठान न पा ७ को कार्यालयमा नाम दर्ता गर्न सक्नेछन् । अर्थात मोवाईल नंम्बर ९८४१३८४३९०,९८४७८२०२२९,९८४७८२०५२३ मा पनि नाम टिपाउन सकिने दौड प्रतियोगिता व्यवस्थापन समिति संयोजक श्रीधर पोख्रेलले जानकारी दिए । महाअष्टमीको दिन बिहान ७:३० दौड सुरु हुने र आईतबार बेलुकी ५ बजे सम्म नाम दर्ता गर्न सकिनेछ । यस बर्ष देखि सुरु हुने भित्रीकोट दौडलाई गोर्खाको लिगलिगे दौडको झल्को हुने छ ।



कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top